Saturday, February 28, 2009

स्रस्टासंग अन्तरंग कुराकानी -फेब्रुअरी २००९


साहित्यमा भावना मात्र होईन बिचार पनि हुन्छ ।
-युबा साहित्यकार ईन्द्र नारथुंगे




♣ यहाँलाई साहित्यसागर ब्लगमा हार्दिक स्वागत छ ।
-म जस्तो सामान्य मान्छेलाई यति ठूलो अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यबाद छ ।

♣तपाईलाई नचिन्ने नेपाली साहित्यका पाठकहरु बीच तपाईं कसरी चिनिनु चाहनुहुन्छ ?

-किनारामा टुक्रुक्क बसी सागरमा औलो डुबाएर तैरने कल्पना गरिरहेको एउटा सामान्य मान्छे । किनकी साहित्य सागर जस्तै अनन्त छ ।

♣अहिले समय कसरी बिताईरहनु भएको छ ?

-प्रबासमा छु रोजीरोटीको लागि छुट्ट्याएको निश्चित अवधि बाहेक अध्यायन र नयाँ सिर्जनाहरु गर्ने काममै समय बितिरहेको छ । बिगतको जस्तो संघ संस्था तिर सक्रीयता नभएकोले चिन्तन गर्ने तिर पनि समयलाई छुट्याउन भ्याएको छु भनौ ।

♣ तपाईं त मलेसियाको डायस्पोरिक साहित्य आन्दोलनको एक सङ्घर्षशील हस्ती ,अचेल साहित्यिक गतिबिधि कसरी चलिरहेको छ ?

-हस्ती त नभनौ निश्छल जी,साहित्यको लागि मलेसियामा केही समय सक्रीय मात्र भैइएको हो । धेरै सक्रीय साथीहरु मेरो साथमा हुनुहुन्थ्यो ।हाम्रो संयुक्त प्रयासमा यहाँ केही साहित्यिक माहौल अवस्य बनेको थियो ।हामीले प्रबासी नेपाली साहित्यिक मन्च हुँदै अनेसासको मलेसिया शाखा स्थापना गए पछि साहित्यको लागि सङ्गठित हुने लहरको सिर्जना भएको कुरोलाई मैले नका र्न मिल्दैन ।प्रबासको ठाउमा तीन चार वटा साहित्यिक संस्थाहरु स्थापना हुनु,साहित्यिक कार्यक्रमहरु निरन्तर आयोजना गरिनु र साहित्य बिशेष पुस्तकहरु प्रकाशन हुनु भनेको पनि निक्कै ठूलो कुरा हो ।यो सबै साथीहरुको संयुक्त प्रयासको देन हो ।तर स्तरियतामा हामीले ध्यान दिएनौ कि भन्ने अहिले मलाई लागेको छ ।आज पनि मलेसियामा साहित्यको लागि भनेर मरिमेट्नेधेरै साथीहरु उसै गरी लागि रहनु भएको छ । लेख्न मन पराउने साथीहरुले लेखिरहनु भएकै छ । तर स्तरिय रचनाको खाचो भने टरेको छैन ।केबल लेख्नकै लागि मात्र लेखिएको जस्तै भईरहेको छ । यती मात्र होईन बिगतको जस्तो जमघट र जागर पनि अलिक पातलियो कि जस्तो लाग्दैछ ।

♣ए, साच्ची! अनेसास मलेसिया शाखाको दोश्रो अधिबेसनले तपाईं अध्यक्ष पदमा निर्बाचित हुनुभएको कुरा त्यहा स्थित स्थानीय नेपाली पत्रपत्रीका देखी लिएर इन्टरनेट पत्रीकाहरु बाट थाहा भयो तर फेरी केही समय लगत्तै सुनियो- तपाईंले अध्यक्ष पद बाट राजिनामा दिनु भयो । हैन के कस्तो अवस्था आयो जब कि राजिनामा नै दिनु भयो ?

-खै निश्छल जी, तपाईंलाई कसरी जवाफ दिउ, प्रश्न सोधिहाल्नु भयो ।यसो भनौ, साहित्य होहल्लाले लेखिने चिज होईन रहेछ भन्ने जब मैले महशुस गरे तब गुपचुप रहन उचित ठान्यो मनले ।यसो भन्दा साहित्यिक संघ संस्थाहरुको आवस्यकता नै छैन भन्न खोजेको अर्थ नलागोस् ।मेरो अनुभब के रह्यो भने अति ब्यस्तताले सिर्जनालाई कुण्ठित गर्दो रहेछ ।जब गहन अध्ययन र चिन्तन गर्ने समय रहदैन तब लेख्न ज्यादै गाह्रो हुने रहेछ ।लेख्न चाहनेहरुको लागि सबै भन्दा प्रिय भनेकै एकान्त हो ।त्यही ऐकान्टिकाताको मोहमा मैले पद मात्र होईन धेरै साथीहरुलाई गुमाउन राजी भए ।तर म नहुँदा पनि अनेसास मलेसिया त्यही रफ्तार मा चल्छ भन्ने मेरो पूर्व अनुमान गलत भयो ।त्यसैले आफ्नो अभिष्ट प्रति आँफै असन्तुष्ट पनि छु ।

♣बिशेष गरी तपाईंले साहित्यको कुन -कुन बिधामा कलम चलाऊनु हुन्छ ?

-साहित्यकार बन्नको लागि मैले धेरै घुम्तीहरु पार गर्नै बाकी छ ।तर पनि जानी-नजानी साहित्यको केही बिधामा हात चलाईरहेको छु ।लेखनको शुरुवात कबिताबाट भए पनि हाल कबिता सङ्गै कथा,गजल,गीत,सस्मरण र समसामयिक लेख रचनाहरु लेख्ने गरेको छु । प्रबासको ठाउमा रहेको हुनाले लेख्ने, चिन्तन गर्ने पर्याप्त समय छैन,त्यसैले लामा-लामा आख्यानहरु भन्दा कबिता ,गीत ,गजल लेख्नमै अलिक लहसिएको छु भन्दा हुन्छ ।तर मलाई मन पर्ने बिधा भनेको आख्यान नै हो ।


♣साहित्य सिर्जनामा लाग्न तपाईंलाई कसरी प्रेरणा मिल्यो ?

-साहित्य पढेर नै लेख्ने प्रेरणा मिलेको अनूभुत गर्दै छु अचेल ।जतिबेला म स्कूलको बिद्यार्थी थिए,त्यस बेला सबै भन्दा मेरो प्रिय पुस्तक भनेको नेपाली हुन्थ्यो ।नेपाली किताबमा भएका कथा कबिताहरु मलाई कण्ठ आउथ्यो ।कतिपय कबिताहरु त अझै पनि कण्ठै छ जस्तो लाग्छ ।यतिसम्म कि माथिल्लो कक्षाको नेपाली किताब पनि म पढ्न भ्याउथे ।म जहाँ जन्मे,जहाँ पढे त्यो ठाउ अति बिकट ठाउँ थियो ।तर सौभाग्यबस एकजना अमेरिकन नागरिक हाम्रो स्कूल मा दुई बर्ष को लागि पढाउन आउनु भयो ।उहाले जानेबेलामा पुस्तकालय खोलिदिनु भएको थियो ।त्यहाँ उपलब्ध भएका धेरै साहित्यिक पुस्तकहरु पढ्ने मौका पाए ।ती पुस्तकहरुको अध्ययन सङ्गै लेख्ने अभ्यास पनि शुरु भयो मेरो ।यसर्थ साहित्य अध्ययन र लेखनमा प्रेरणा दिने कोही छ भने तिनै पुस्तकहरु हुन भन्ने लाग्छ ।


♣ तपाईंको विचारमा साहित्य भनेको के हो र कस्तो हुनुपर्छ ?

-साह्रै अफ्ठ्यारो प्रश्न गर्नु भयो निश्छल जी । साहित्य सागर जस्तै अनन्त छ ।एक ठाउँमा बसेर सागरको समग्र बर्णन गर्न नसकिए झै साहित्यको समग्र परिभाषा गर्न सम्भब छैन भन्ने लाग्छ ।मेरो बिचार मा बिगत र बर्तमानमा घटेका वा घटिरहेका कुनै पनि घ ट्नाहरुले अन्तर्मन लाई छोई सके पछि उत्पन्न हुने प्रतिकृयालाई अभिब्यक्ती गर्ने एउटा माध्यम साहित्य हो ।उत्पन्न प्रतिकृयालाई अभिब्यक्त गर्दा लेखक द्वारा अपनाईने दृश्टिकोणले साहित्यको स्थान निर्धारण गर्दछ ।म त्यसैलाई असल साहित्य भन्छु जसलाई हिड्दा-हिड्दै पाईला पछाडि फर्काउने वा यथास्थानमा रोक्ने सल्लाह नदेओस् र अगाडी लम्कदै जादा भीरमा पनि नपुर्याओस् ।


♣ कस्तो अवस्थामा लेख्न रुचाउनुहुन्छ ?

-कुनै पनि घट्नाहरुले मनको सतह छोएको बेला प्राप्त हुने ऐकान्तिकतामा शब्दहरु पोख्न मन पराउछु ।

♣ सिर्जनाको बिषय सामग्री के के हुन-तपाईको?

-समाजमा घट्ने सबै बिषयहरुलाई सिर्जनाको सामग्री बनाउने प्रयत्न गर्दै आएको छु ।यसमा पनि बिगतको अनुभूतिलाई बर्तमानको तराजुमा तौलिन्दा साह्रै आनन्द आउछ ।


♣ कुनै कृतिहरु प्रकाशनको सुरसारमा हुनुहुन्छ कि ?

-तयारी त गर्दै थिए निश्छल जी । तर मैले प्रकाशन गर्न लागेको कृतिले समाजलाई के दिन्छ भनेर घोत्लिदा गतिलो जवाफ पाईन ।त्यसैले उचालेको खुट्टालाई थच्याएको छु ।जब सम्म जवाफ सन्तोषजनक आउँदैन तब सम्म प्रकाशन तर्फ ध्यान नदिउकी भन्दै छु ।


♣ अहिले आएर नेपाली साहित्यमा असङ्ख्य धार र बाद देखिन्छन ,ती मध्ये कोही सफल छन त कुनै असफल। तपाईं चाँही कुन धार पछ्याईरहनु भएको छ ?

-तपाईंले भने जस्तै साहित्यमा धारहरु,बादहरु,गुटहरु धेरै छन ।यसो हुनु नराम्रो होईन,यी सबैले साहित्यलाई आ-आफ्नै किसिमले टेवा पुर्याईरहेका छन भन्ने मेरो ठम्याई छ ।तर धार ,बाद र गुटको कुरा केबल शैलीमा मात्र हुँदै आएको छ,सिद्दान्तमा हुन सकेको छैन । लेखनमा जसरी नबिन शैली आईरहेको छ,त्यसै गरी नबिन बिचार आएको छैन ।भनौ न हालका अस्वीकृत्, रङ्गबाद्,अराजकबाद्,लीला लेखन,बिलयन आदी सबै शैलीका कुरा भए तर दर्शनका भएनन् ।साहित्यमा बिचारको लागि, दर्शनको लागि,सिद्दान्तको लागि धारको आवस्यकता छ भन्ने मैले महशुस गरेको छु । अब शैलीको साथै बिचारको लागि पनि धारहरुको निर्माण गर्नु पर्‍यो । समाज यती धेरै अगाडि बढीसक्दा पनि नेपाली साहित्य पुरानै मान्यतामा अडेको छ । समाजको लागि पथ प्रदर्शकको भूमिका खेल्नु पर्ने साहित्यनै पछाडि परे पछि समाज परिवर्तनको यो रफ्तार अराजकता तिर बढीरहेको छ ।उदाहरण को लागि राजनीतिक नारा कै साहारा लिऔ कि -समाबेशी,सङ्घियता र आत्मनिर्णयको अधिकारको कुरो सम्बद्द पक्षलाई बासी लाग्न थाली सकेको छ ।अब स्वतन्त्र राष्ट्रको नाराले राजनीतिलाई गाज्दै छ तर साहित्यले समाबेशीको "स" सम्म पनि उच्चारण गरेको छैन ।साहित्यमा भावना मात्र होईन बिचार पनि हुन्छ ।साहित्यमा बिचार राज नीतिक नारा जस्तो लहडबाजीमा आएको हुँदैन ।त्यही बिचारको खडेरीले गर्दा राज नीतिमा मात्र होईन हरेक ठाउमा अराजकताले जरो गाड्दै लगेको छ ।त्यसैले धारको कुरो बादको कुरो अब बिचारको लागि पनि गर्नु पर्‍यो ।यो अवस्थामा मैले कुनै धारको पक्ष लिने त कुरै भएन नी, होईन र?


♣ तपाईंको बिचारमा नेपालमा साहित्य लेखेर बाँच्न सक्ने समय आउँला ? यस्को लागि तपाईंहरु जस्ता युबा साहित्यकार हरुको भूमिका कस्तो हुनुपर्छ ?

-पक्कै आउछ ।नेपाली साहित्यले नबिन बिचार पक्रेर राष्ट्रीय सीमा लाई नाघ्न सक्यो भने यस्तो दिन अवस्य आउनेछ ।तर यसको लागि अध्ययन र चिन्तनको साथै अन्तरष्ट्रीय भाषाहरुमा दक्षता बढाउनु पर्‍यो ।मुनामदन जस्तो मौलिक कृतिको रचना गरेर एकै पटक नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्ने हो भने कसो नाऔँला त्यो दिन ।युबा साहित्यकारहरुको अबको भूमिका भनेकै गहन अध्ययन , नबिन चिन्तन र बहुभाषिक ज्ञान हो ।


♣ अहिले सम्म पढिसक्नु भएका कृतिहरु मध्ये कुन चाँही कृतिले तपाईंको मन जितेको छ र किन ?

-साहित्यिक पुस्तकहरु त धेरै पढियो तर कृष्ण धाराबासीको 'शरणार्थी' र नारायण वाग्लेको 'पल्पसा क्याफे' उपन्यासले मनमा बनाएको छाप अमिट छ ।एउटा ज्यूदो सर्जक र उसको कृतिमा भएको काल्पनिक पात्रलाई सङ्गै शरणार्थी उपन्यासमा पात्र बनाएर धाराबासीले जसरी नबिन शैलीको प्रयोग गरेका छन नारायण वाग्लेले उसै गरी पत्रकारिताको भाषा र शैलीले पल्पसा क्याफेलाई नबिनता दिएका छन ।यी दुबै कृतिको मन परेको पक्ष भनेको लेखन शैली हो ।


♣ प्रसँग बदलौ है , स्वदेश कहिले फिर्दै हुनुहुन्छ ?

-१ बर्ष भित्र साईत जुर्ला कि भन्ने सोचेको छु ।


♣ स्वदेश फर्के पछी राष्ट्र निर्माणमा तपाईंको भूमिका कस्तो हुनेछ ?

-एक सचेत नागरिकको रुपमा जे जती गर्न सकिन्छ त्यही नै हो ।


♣ तपाईंको भाबी योजना र जिबन लक्ष्य बारे केही जान्न सकिन्छ ?

-प्रथमत: गहन अध्ययन ,त्यस पछि चिन्तन र अन्तमा लेखन-यही योजना छ जीबनको ।लक्ष्य -अब बाकी रहेको केही समयलाई सही ठाउमा सदुपयोग गर्ने ।


♣ अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

-म जस्तो सामान्य मान्छेलाई यती ठूलो अवसर दिनु भएकोमा फेरी पनि निश्छल जीलाई धन्यबाद ।प्रबासमा रहेर पनि नेपाली साहित्यको बिकासमा टेवा पुर्‍याउने हेतुले यहाँले जुन प्रयास गरिरहनु भएको छ, यसले निरन्तरता पाउदै जाओस् भन्ने कामना गर्छु ।भन्न पर्ने कुरा भनिसकेर पनि साहित्य भन्दा अलिक फरक कुरा अझै भनौ कि जस्तो लाग्दैछ ।जहाँ जस्तो अवस्थामा बसे पनि समयलाई दुरुपयोग नगरौ ।अब यो संसार हामीबाट हाम्रो सन्ततीहरुमा हस्तान्तरण हुँदै छ ।मान्छेको लागि सबै भन्दा प्यारो चिज भनेकै सन्तानहरु हुन । हाम्रा प्यार सन्ततीहरुलाई कस्तो राष्ट्र वा समाज जिम्मा लगाउने भन्ने कुराको ख्याल आजै गरौ भन्ने अनुरोध गर्न चाहान्छु ।


Saturday, February 21, 2009

कथा







क्लब डाईनेस्टी

-राज रोबर्ट अजनबी सुब्बा
" राज! आज कुन ड्रेस लगाउ ?" बाथरुमबाट नुहाई सकेर निस्कदै गरिमाले मलाई भनी।
"साडी लगाउ न!" मैले भने।
"साडी ...? हा..हा..हा..!" अचम्म मान्दै उनी हासी।
"किन? अस्ती काठमान्डौमा त साडी लगाएकी थियौ त!" मैले भने।
"त्यो त वेडिङ पार्टी थियो, तर आज न्यूज पेपर डान्स पार्टी हो" उनले भनी।
"यो न्यूजपेपर डान्स पार्टीमा साडी बर्जित छ ?" मैले भने।
"यस्तो पार्टीमा प्राय सारी चल्दैन" उनले भनी।
"उसो भए मिनिस्कट लगाउ न त !" मैले भने।
मेरो कुरामा सहमती जनाउदै गरिमा सृङ्गार कक्षा भित्र छिरिन्।

गरिमा र म काठमान्डौ(नेपाल) बाट यहा दार्जिलिङ आएको एक हप्ता पनि भएको छैन।तर आज गरिमाकी सहेली अन्तिमा र रन्जुका साथै मेरो नातेदार बहिनी बिभिकाले कन्भर्टी टी स्ट्रीटमा अवस्थित डाईनेस्टी नाइट क्लबमा आयोजना गरेको न्यूजपेपर डान्स पार्टी मा सामेल हुन जान लागेका थियौ। बिभिका त मेरो फुपु की छोरी मेरी बहिनी। तर अन्तिमा र रन्जु मेरो लागि नया अनुहारहरु हुन्।गरिमा सङ्ग नर्थ बङ्गाल यूनिभर्सिटीमा ब्याबस्थापन बिषय लिएर सङ्गै पढेका रे यो कुरा गरिमाबाट नै थाहा पाएको थिए।

"राज! म कस्ती देखिन्छु?" कालो लेदरको स्कर्ट त्यस माथि हरियो टप्समा झुन्डिएको सेतो सन ग्लास खुट्टामा फेसिएल हिल स्यान्डल अनि कालो टप र कालो कोटमा सजिएर मेरो नजिक आई गरिमाले भनी।
"एकदम राम्री!" मैले भने।
"राज! मलाई तिम्रो गेट अप पटक्कै मन पर्दैन है।" कलर मिलाई दिएर रातो सिल्सेन टाई बाधी दिदै गरिमाले मलाई भनी।
"के भयो त?" मैले भने।
खाली सुट मात्र?" उनले भनी।
"अनि अरु के लगाउनु नि?" मैले भने।
"मङ्की वास, स्टोन वास, हिप-हप, बटन जिन्स लगाउ न। अनि जोन लेलन, बाब मार्ली, जिम मोरिसोनको मुख्रा अङ्कित टि-सर्ट हरु लगाउ। " उनले भनी।
"ठिकै छ यी सब यूरोप गए पछि मात्र है" मैले भने।
राती ९ बजे बाट शुरु हुने न्यूजपेपर डान्स पार्टी २ बजे बिहान मा मात्र सकिन्थ्यो। गेट टुगेदर,वीडिङ र वेलकम पार्टीहरुमा म पहिले पनि सरिक भएको थिए।तर न्यूजपेपर डान्स पार्टी चाहि आज मेरो पहिलो थियो।
एक क्लासका स्टुडेन्टलाई क ख पढाए झै गरिमाले मलाई पढाउन थाली।"भूइमा बिछ्याइएको न्यूजपेपर माथि नाच्नु पर्छ।न्यूजपेपर भन्दा बाहिर खुट्ट पर्यो भने आउट हुनु होला अनि मैले अर्कै सङ्ग नाच्नु पर्छ। जति जना आउट हुदै जान्छन् त्यती नै अनुपातमा न्यूजपेपर पनि हटाइन्छ।" मैले आज्ञाकारी बालकले झै 'हुन्छ'भन्ने सङ्केत टाउको हल्लाएर दिए।

बिभिका गाडी लिएर गेटमै आई पुगी। गरिमा र म बिभिकाकै गाडीमा डाईनेस्टी नाइट क्लब तर्फ चिप्लियौ।कन्भर्टी स्ट्रीटको मुटुमै ठडिएको बिशाल भवन,त्यस्को पाचौ तलामा डाईनेस्टी क्लब र अर्को तलामा पब। पहाडकी रानी दार्जिलिङ प्राकृतिक रुपले आफैमा सुन्दर त छदैछ झन् यहाको जिबन शैलीले सुगन्ध नै थपेको छ। "यूरोपको फ्रान्कफर्ट,म्यूनिख, पेरिस र लण्डन भन्दा कम छैन दार्जिलिङ" यसै भन्छन् भुक्तभोगीहरु।
गीत सङ्गित र कला साहित्यको उर्बर भूमि दार्जिलिङमा "गोर्खाल्यान्ड" को राजनीति अझै पनि जिबित नै छ। सुबास घिसिङ केन्द्रीय सरकारसङ्ग झुके पनि यहाका जनता गोर्खाल्यान्ड प्रति प्रतिबद्द छन्। उसो त दार्जिलिङ आफैम मिनि नेपाल हो भन्दा फरक पर्दैन। सन् १८१५ को सुगौली सन्धी पछि दार्जिलिङ नेपाल बाट बृटिश ईन्डियामा गाभिएको थियो। सिक्किमको नाम्ग्यल बंश तथा इस्ट ईण्डिया कम्पनी बीचको "इतल्या" सन्धीले सिक्किमको पुटेराज र तिनका सन्तती देखि लिएर कुनै बेला नेपालको अधिनमा रहेको भूभाग सम्मलाई मान्यता दिएको थियो। तर सन् १९५० को नेपाल भारत बीचको शान्ति तथा मैत्री सन्धीले त्यस पूर्ब ब्रिटिश ईण्डिया सङ्ग गरिएका सबै सन्धीहरुलाई अमान्य गर्दछ भन्ने कतिपयको भनाइ छ। यदि १९५० को सन्धीले त्यस पूर्बका सबै सन्धीहरुलाई रद्द गर्दछ भने दार्जिलिङ, सिलिगुरी र खार्साङ स्वभाबिक रुपमा नेपालकै भूभाग हुनु पर्ने देखिन्छ।

पाचौ तलामा उक्लने बितिक्कै डाईनेस्टी क्लबको सुन्दरताले मलाई मोहित बनायो। "जिगर मे पडि आग हाई" भन्ने गीत सङ्गै लाईटको साङ्गितिक प्रकाशले क्लब डाईनेस्टीको रात्री जिबन छपक्कै भिजेको थियो।
"हाई! आई एम रन्जु ।" रन्जुले हात मात्र अगाडि बढाइनन् स-शरीर नै मेरो अङ्गालोमा गर्लाम्मै ढलिन्। त्यसको लगत्तै त्यही पोजमा अन्तिमा आई। उनी सङ्ग पनि अङालो मै हराए म। उता गरिमा पनि नया पुराना साथीहरु बीच त्यसरी नै अङालोमा बेरिदै थिई।
गरिमा र मलाई अन्तिमाले छेउ तिरको टेबलमा बसाईन। वेटरले मेनु लिएर आयो।गरिमाले पिज्जा स्पाइसली रोल र पेयमा हट चोकलेट अर्डर गरिन।मैले फ्राइस र सिजलर अनि पेयमा लस्सि अर्डर गरे। एकै छिनमा परिकार आयो।लस्सि पिउदै झ्यालबाट बाहिर देखिने दार्जिलिङलाई नियाल्न थाले। सिधै अगाडि लोचननगर झिलिमिली ब्युझेको छ। कति सुन्दर छ दार्जिलिङ! काठमान्डौमा सुतेर लस एन्जल्स र लण्डनको अनि पहाडी जिल्लाको कुनै गाउमा सुतेर अरब तथा मलेसियाको सपना देख्ने नेपाली युबा युबतीहरुको दार्जिलिङ किन सपना हुन सकेन???

"राज! हार्ड ड्रिन्ग्समा के लिने?" गरिमाको शब्द सङ्गै म झसङ्ग भए ।
"नोबेल अर्डर गर न ।" मैले भने।
गरिमाले नोबेल सङ्गै खनामा बर्गर र वाल्टन् अर्डर गरिन अनि साथमा पेय मिल्क् सेक पनि।
"तिमी वाईन लिदिनौ?" मैले भने।
"लिन्छु" उनले भनी।
अनि मिल्क् सेक किन नि?" मैले भने।
" जस्ट फर यू। किन कि मिल्क् सेक तिम्रो रुचीको पेय हो।" उनले भनी।
एकै छिनमा नोबेल आयो।गरिमा र म नोबेलको चुस्कीमा हराउन थल्यौ। बिभिकाबाट न्यूजपेपर डान्स शुरु हुन लगेको घोषना हुन साथ गरिमा र म पनि नाच्नको लागि तयार भयौ।एरिक लाप्टन् को "वन्डरफुल वाएर' गीत घन्किन थल्यो। हामी डान्समा हराउन थल्यौ।नोबेलको चुस्की सङ्गै उन्मुक्त भै छचल्किएको गरिमाको जवानी मेरो ओठमा पोखिन थाल्यो। मैले पनि निरन्तर पिई रहे।
"सार्बजनिक स्थलमा मदिरा चुरोट र चुम्बन तिमीलाई असहज लाग्दैन?" गरिमाको ओठबाट मेरो ओठ छुटाउदै मैले भने।
"आफुलाई असहज लाग्ने सामाजिक मान्यताका हरेक पर्खाल हरुलाई भत्काए पछि मात्र परिबर्तन सम्भब हुन्छ त्यसैले भत्काउनै पर्छ चाहे त्यो वाईन को चुस्की लगाउने सवालमा होस् चाहे त्यो देह सुख को खोजी गर्न लाई होस्" उनले भनी।
"सेक्स र लाईफ पार्टनरमा के फरक राख्छौ त?" मैले भने।
"सेक्स सन्तुष्टी को लागि अनि लाईफ उज्ज्वल भबिष्यको लागि। तर यी दुबैको सम्योजन स्वर्गीय हुन्छ।" उनले भनी।
"के तिमी सेक्सको लागि सन्तुष्टी र लाईफ पार्टनर फरक-फरक ब्यक्ती होस् भन्ने चाहान्छौ?" मैले भने।
"सके सम्म एकै ब्यक्ती भएको राम्रो" उनले भनी।
डान्स पातलिदै गएको थियो।आउट हुनेहरु केही टेबलमै बसेका थिए,कोही गई सकेका थिए। तर गरिमा र म न्यूजपेपर माथि नै थियौ।
"राज! सेक्स, ड्रिन्ग्स , स्मोक र नाईट लाईफलाई तिमी कसरी लिन्छौ? अनि लाईफ पार्टनर र भबिष्य?" गरिमाले प्रश्न गरी।
"क्यारिएर र जिबन साथीको छनौटमा म गम्भिर छु। सेक्स,वाइन, स्मोक र नाईट लाईफ मेरो लागि सामान्य हुन्।किन भने म कौतुहलतामा बाच्न सक्दिन" मैले भने।

"गरिमा आउट!" बाहिरी सकेकी अन्तिमा कराईन्।
न्यूजपेपर भन्दा गरिमा बाहिर गएछिन्। मेरो बाहुपास बाट फुत्कदै गरिमा बाहिर निस्किन्। न्यूजपेपर माथि अन्तिम डान्सरको रुपमा, म अनि रन्जु मात्र थियौ। कुममा हात बाधेर रन्जु र म नाच्न थाल्यौ।
"यू आर सो स्मार्ट" रन्जुले अनुहार जुधाउदै भनी।
"यू आर सो सेक्सी!" मैले भने।
"नट मच!" उनले भनी।
"राज आउट! राज आउट!!" बाहिरबाट गरिमा कराईन्।
म बाहिरिए।न्यूजपेपर डान्स की बिजेता बनिन् -रन्जु मोक्तान्।पार्टी सकियो। गरिमा र म बिभिकाकै कार मा लोचननगर् हुदै फुपुको घर चौरस्ता छेउ आयौ। बिभिका पनि हामी सङ्गै बस्ने भनी नुहाउन बाथरुम तिर छिरिन् भने गरिमा र म रुम भित्र।

"राज,तिमीलाई थाहा छ? तिम्रो तिर को न्यूजपेपर मैले अरुले नदेख्ने गरि मेरो खुट्टा ले तानेर फ्याकेकी हो नि!अनि पो तिमी बाहिरिएका हौ त!" गरिमाले भनी।
"किन त्यसो गरेकी त? मैले भने।
"अरु केटी सङ्ग नाचेको मलाई मन पर्दैन।" उनले भनी।
"यदि परिस्थिति नबिग्री दिएको भए मेरो साथमा तिमी होईन अरु कोही हुन्थ्यो यसरी नै मेरो अङ्गालोमा" मैले भने।
"बोर नगर ल!" मुड्कीले हल्का मेरो छातीमा हिर्काउदै गरिमाले भनी।
"ब्रो, भोलि चौरस्तामा ल्याडिज नाईट पार्टी छ गरिमालाई लिएर जान्छु है। " बिभिकाको यी शब्द सङ्गै हामी आलिङन बाट छुट्टियौ।
"भोलि त सखारै हामी कालिम्पोङ जान्छौ ।" मैले भने।

केही छिनको गफ-गाफ पछि गरिमाले बिभिकालाई सुताउन आफ्नो रुम लिएर गईं भने म नुहाउदै ननुहाई ओछ्यानमा पल्टे डङ्ग्रगै।

-मामाखे, ताप्लेजुंग
ईमेल: atm_sms6pal@yahoo.com

Tuesday, February 17, 2009

गजल








-नेपोलियन मरहट्टा
१)
सत्ता भित्र अहंकार जनाउने नेता नै हुन्,
देश डुबाई जन्ता कंगाल् बनाउने नेता नै हुन् ।

हजारौंको भिड भित्र पनि कुनै शंका छैन,
सफा लुगा लगाए'नी गन्हाउने नेता नै हुन् ।

सन्चो हुन लागेपनि,फेरी पट्टी उक्काएर,
घाऊ माथि नून-चुक खन्याउने नेता नै हुन् ।

अस्टमीको दिन बाहेक पनि किन बली दिन्छौ ?
जन्ता मारी दशै-तिहार मनाउने नेता नै हुन् ।

२)
प्राण जाने अन्तिम अन्तिम श्वासमा छ मेरो देश,
म मुग्लानबाट फर्कि आउने आशमा छ मेरो देश ।

फेरी एकीकरण् गरी सबै एउटै बनाउनु छ,
हजार थरी जात,धर्म र भाषामा छ मेरो देश ।

जान्छु म त गुमेका ति भु-भागहरु फिर्ता लिन,
गढवाल् र सिक्किम जस्तै ल्हासामा मेरो देश ।

थाहा छैन कती खेर, जनता सहित् हारिदिन्छन,
बाह्रमासे जुवाडे नेताको पासामा छ मेरो देश ।

सक्ने छैनौ कोही पनि यो भुगोलबाट मेटाउन,
बिरताको छुट्टै एउटा ईतिहासमा छ मेरो देश ।

३)
शहीद भन्दा पनि त्यसै मर्ने ठुलो हुँदो रैछ,
उल्टो रैछ संसार यो, गफै गर्ने ठुलो हुँदो रैछ ।

पाखा लागे हिजोका ति खेल खेल्ने हस्तीहरु,
झुक्किएर च्याँखे दाउमा पर्ने ठुलो हुँदो रैछ ।

तिम्ले सत्ता पाएपनि जन्ताको भाग्य फेरिएन,
छाउरा बोकी शहर बसाइँ सर्ने ठुलो हुँदो रैछ ।

मलाई पनि देखाइ देउ,कहा बन्यो देश आज ?
चढ्ने भन्दा ओरली नै झर्ने ठुलो हुँदो रैछ ।

अब भिक्षा दिनु हुन्न, सत्ताधारी जोगीलाई,
दिने भन्दा पनि झोला भर्ने ठुलो हुँदो रैछ ।


-चितवन
ईमेल: nepoleon_b@yahoo.com

गजल







-दीपक जडित
चौरासी ब्यञ्जन त धनीका हुन्छन ।
गरिबको मुखमा कनिका हुन्छन ।

कताको दौरा खै कहाँ हो सुरुवाल ,
आङ ढाक्ने धरो नि 'जनि'का हुन्छन ।

सुनाउँ न भन्दा नि सुन्नेलाई झर्को ,
गरिबीका कुरा नै ननिका हुन्छन ।

खाद्यान्नको अहिले पो अभाव भो रे ,
हाम्रा त रोजै छाक 'बनि'का हुन्छन ।

सरस्वती लक्ष्मी छन ठुलाकै घर ,
झुप्रा'बास त राहु, शनीका हुन्छन ।

भोकसंग लड्नेलाई देशका कुरा ,
जे सुन्यो त्यही ए ! हो त निका हुन्छन ।

नबले पछि गरिबलाई 'दीपक',
अँध्यारै बरु ठिक छ निका हुन्छन

-अलास्का, अमेरिका

कबिता











मेरा रातहरु

-अनिता वाग्ले
आजकाल त साझ
त्यसै लम्पसार परिदिन्छ
रहरै नभएको पनि कहा हो र!
जाडपानीमा मस्त हुने,
बर्तमान सम्झिएर क्वा-क्वा रुने,
तर के गर्नु र यार?
खल्ती रित्तो छ,
सधै खाली कुनो भित्तो छ,
यता फर्किन्छु, उता पल्टिन्छु
निंद्रा पनि कुन डेटिङमा छ कुन्नि,
मरे फर्किन्न यार!
अनि त कसरी काट्नु र रात?
प्यास नमेटिएका मनहरु,
प्रियसीले भोगेका तनहरु
अध्कल्चिएका निदहरु
बोकेर खुसुक्क आउछन्
हो,त्यसबेला
यही सहरका ईमान्दार लामखुट्टेहरु
जोडदार साइरनका साथ
कर्तब्यनिष्ठ भएर
ब्युझन कहर लगाउछन
कर्तब्यपरायण म
जुरुक्क उठेर हाई काट्दा
किरियापुत्री बिहानीहरू
लाश बोकेर
टिभीमा नाच्दा
उफ्! उज्यालो भैसकेछ।
ओई, पृथ्बी छिटो नघुम् न यार
समय खत्तम
एउटा सपना त देख्नै पर्‍यो

अह!यो बिरानो रात
एम्बुसमा कोही पर्‍यो
न त भिडन्तमा कोही मर्यो
न घाटा न नाफा
उपलब्धी बिहिन रातहरु
आशाबिहिन मेरा रातहरु !

-सिंगापुर

Monday, February 16, 2009

गजल












-निर्मला थापा
उराठ यो जिन्दगीमा रङ्गिन बहार भर्ने मान्छे
कहाँ होला कस्तो होला मलाई माया गर्ने मान्छे

वाधालाई पन्छाएर सफलताको शिखर चुम्न
मेरो मलिन मुहारमा नयाँ आयाम छर्ने मान्छे

दैवले 'नि टार्ने छैन लेखिएको भावी भन्छन्
सयौँ पहाड छिचोलेर मेरै समिप पर्ने मान्छे

कल्पना नै गर्दा पनि साटिन्छ मुटु भन्छन्
मैले पिउने विष लागी अन्जानमै मर्ने मान्छे

हर कदम हर घडि चखेवाको जोडी जस्तै
हातेमालो गर्दै गर्दै सयौँ जङ्घार तर्ने मान्छे


-सिक्रे -३, नुवाकोट

गीत










यो जिन्दगी

-डिआर निश्छल
मदिराको तलाउमा डुबाइदिन्छु ,चुरोटको धुवा संग उडाईदिन्छु
यसै गरी यो जिन्दगीलाई झुल्याईदिन्छु , अनि बाकी सास पनि चुडाईदिन्छु

खेपू दु:ख सुख फिर्ला आश छैन, खाली पेट भोको हुन्छ गास छैन
बाचू कति यो दुनियामा पीडा बोकी, रहरलाई भोटे ताल्चा ठोकी-ठोकी
मदिराको ..................................................

अरुलाई त जे गर्दा नि चैन छ, बचाई राख्ने छुट्टै अर्को ऐन छ
आफू भने घोट्नु पर्छ हाड र छाला, तर उस्तै जहिले पनि आफ्नो हाल
मदिराको ..................................................


-महेश्वरी -२, सानोडुम्रे ,खोटांग
हाल: भिक्टोरिया ,सेसेल्स

Sunday, February 15, 2009

गजल









-नेपोलियन मरहट्टा
१)
म भित्र नि माया जाग्यो तिम्ले माया गरेपछि ,
माया नै उम्रिदो रैछ, मायाको बिउ छारेपछि ।

बगी जाने खोला जिबन, मौका आउछ पर्खिदैन,
कस्ले टिप्छ ? फूल्को थुँगा बोटबाट झारेपछि ।

नचिने कै भए पनि आजै आफ्नो बनाइहाल,
फेरि भेट नहोला कि ? अन्तै बसाइँ सरेपछि ।
तिमी मलाई विश्वाश गर, म नि तिमीलाई गर्छु
मलाई पनि ढुक्क हुन्छ, तिम्रो भर परेपछि ।

तिम्रो भन्दा मेरै माया हजार गुणा बढी हुन्छ,
कस्को माया बढी रैछ ? थाहा पाउछौ भरेपछि ।

जस्ले तिम्लाई आँखा लाउछ,त्यस्लाई छोड्दिन म,
राबण पनि मरेको थ्यो, सितालाई हरेपछि ।

२)
तिम्रो मेरो गाउँ भरी झुटो हल्ला चलेको हो,
मलाई थाहा छैन तिम्रो कसरी घर जलेको हो ?

मेरो केही गल्ती छैन तिम्ले शँका गरेपनि,
शँकाले नै तिम्रो मेरो विश्वाश यो ढलेको हो ।

तिम्लाई बदनाम् गराउन किन गर्थेँ मलजल ?
त्यो त बाँझो खेत भरी आँफै खेती फलेको हो ।

मैले तिम्रो इज्जतमा किन आगो लगाउछु र ?
ढुङ्गाहरु ठटाउँदा आँफै आगो बलेको हो ।

तिमीलाई रुवाउने मेरो पनि मन थिएन,
त्यसैले त, मैले आफ्नो बाटो बदलेको हो ।

३)
गजल हैन आज एउटा गीत लेख्छु तिम्रो लागि,
नजानेको हाम्रो यही प्रित लेख्छु तिम्रो लागि ।

ख्याल ख्यालमै पनि मान्छे नजीक हुदो रैछ,
नियतीको एउटा नयाँ रित लेख्छु तिम्रो लागि ।

उज्यालोले देख्ला भनी घाम डुबेपछी मात्रै,
पातमाथि जिबन बाच्ने शीत लेख्छु तिम्रो लागि ।

पृथ्वी यो घुम्दै जाँदा कुनै दिन भेट होला,
हार हैन अब देखी जित लेख्छु तिम्रो लागि ।

तिम्रो सबै काहानी त कहाँ थाहा छ र मलाई ?
मन भित्र लगाएको मित लेख्छु तिम्रो लागि ।


-चितवन
ईमेल: nepoleon_b@yahoo.com

कथा












अवरुद्ध आवाजहरु

-गीता त्रिपाठी
" ……… हेर न ! दिन बितेको पनि पत्तै हुँदोरहेनछ । हामीले तिमीहरुलाई छाडेको पनि डेढसाल बितिसकेछ । यहाँ त साल महिनामा बित्छ, अनि महिना दिनमा बित्छ । हप्ता बितेको पत्तै हुँदैन ।" चिठीका केही अंश पढिसक्दा मेरा गहहरु टल्पलाउन थालिसकेका थिए, यस्तो लाग्थ्यो- यी अक्षरहरु मसीले होइन आँसुले लेखिएका हुन् । त्यसैले पूरै पढ्ने आँटै गर्न सकिन ।

छोराछोरीहरु 'ठूलो ममीले विदेशबाट पठाएको चक्लेट कस्तो मीठो' भन्दै रमाइरहेका थिए । मैले भने उनीहरुले थाहा नपाउने गरी अर्कोतिर फर्किएर आँसु पुछेँ । बेग्लाबेग्लै प्याकमा पठाइएका आ-आफ्ना नामका सामानहरुको पोको बढो उत्सुकतापूर्वक खोल्दै थिए दुवै । आफ्नो पोकोबाट एउटा गुलाफी रङ्गको लिपिस्टिक झिकेर हत्त न पत्त ओठमा दल्न थाली सीजू । उसलाई सानैदेखि लिपिस्टिक खुब मन पर्थ्यो तर अहिले नलागेको थाहा पाएपछि उसले मलाई गुहारी । कस्तो अचम्म ! त्यो त रबर पो रहेछ त । यो थाहा पाएपछि ऊ खङ्ग्रयाङ्-खुङ्ग्रुङ् भई, छक्क परी । भ्रमले ल्याएको रङ्ग एकैछिनमा रङ्गहीन भयो उसका लागि । मलाई पनि लाग्यो- भ्रमको आयतनमा फैलिँदै गइरहेका छौँ हामी मानिसहरु । सायद यस्तै एउटा भ्रमले होला तिमीलाई हामीबाट यति टाढा पुर्याएको पनि । किन किन मलाई संसारै एउटा भ्रमजस्तो लाग्यो त्यतिबेला ।

नौ डाँडा काटेर होइन, नौ खोली तरेर मात्रै पनि होइन कहाँ हो कहाँ अनन्त महासागरको अथाह सीमापारि नितान्त फरक शैलीको जीवन बाँचिरहेकी तिमी मेरा भूपरिवेष्टित् आँखाहरुबीच सधैँ सल्बलाइरहन्छ्यौ, मलाई आँसुको महासागरमा डुबाएर । आशीषले एकदिन भनेको थियो -"अन्टी ! ड्याडीले डि।भि. भर्नुभाको छ रे अर्कोसाल त हामी विदेश जाने रे !" मैले उसलाई मायाले हेरेँ र हासेँ । मलाई लाग्यो उसको यो बालसुलभ अभिव्यक्ति उसको बुबाको एउटा ठट्टा बाहेक केही होइन । केही समयपछि कान्छी बहिनी आएर भनिन्- " दिदी ! आशीषहरु त अब अमेरिका जाने रे नि, उनीहरुलाई डि.भि.पर्यो रे !"

यति भनिसक्दा उनका आँखामा एउटा शून्यता छाइसकेको थियो । उनी निराश देखिन्थिन् तर मलाई भने तिमीहरु हामीलाई छाडेर कहीँ पनि जानसक्छौ भन्ने सोचाइ नै बेअर्थको लाग्थ्यो । मैले यो असम्भव कुरामा उदास हुनुपर्ने कारणै देखिन । अहिले चिठी हेर्दाहेर्दै म त्यो अतीतलाई च्याप्प समाउन खोजिरहेकी छु । प्रत्येक दिन मेरो निद्रासँगै जब बेहुली-घाम भित्रिएको नीलो आकाश खुल्छ, तिम्रो नेपालीमाया त्यही सगरमाथामा प्रतिबिम्वित भएको हेर्ने चाहना हुन्छ,जसलाई बर्षौं पहिले जाडोको न्यानो बिहानीमा हामीले देवीथानको डाँडामा उभिएर अन्य हिमश्रृङ्खलाका माझबाट अलग्याई मनमनै आरोहण गरेका थियौं । जून पनि तिम्रो आकाशमा कसरी उदाउँछ थाहा छैन तर यहाँ प्रत्येक नीलो रातमा तिम्रो सम्झनाको अभिषेक लिएर उदाउँछ र शान्तिको कामना गर्छ तर वियोगले बिथोलिएको मन कहिल्यै शान्त हुनै सकेन । मनको यही अशान्त प्रहरमा छोरो आँसु पुछ्दै उठ्छ र अवरुद्ध आवाजमा सकिनसकी सोध्छ -"ममी ! हामी आस्था दिदीलाई भेट्न कहिले जाने ?" यसैगरी एक-दुई दिन बिराएर उही पुनरावृत कहिले जाने भन्ने प्रश्नको छुराले ऊ मेरो समयलाई रेटिरहन्छ । उसले अझ बढी आफैलाई छिया-छिया पारेको छ । अनुत्तरित समाधानरहित प्रश्नको सुइरोले त्यो वियोगको वास्तविकतालाई उधिनेर ऊ त्यसरी नै रुन थाल्छ जसरी ऊ आजभन्दा डेढसाल पहिले बिदाइको अन्तिम क्षण आस्थाबाट अलग्गिन नसकेर रोएको थियो । पछ्याउँदैपछ्याउँदै ऊ एअरपोर्टसम्मै पुगेको थियो । फर्केर घर आइपुग्दा उसका दुवै आँखा बेस्सरी सुन्निएका थिए । स्कुल जानसक्ने अवस्थामा थिएन ऊ । फकाई-फुलाई स्कुल त पठाइयो तर उसको वियोगी आँखालाई ओभानो पार्ने कुनै रुमाल दिन सकेनौं हामीले । उसका साथीहरु भन्थे दिनभरि नै ऊ गगल्च्याएर रोइरह्यो रे । बेलुका घर फर्कंदा ऊ टाउको दुखेर अस्तव्यस्त भइसकेको थियो ।

यो डेढसालमा हामीबीच प्रशस्त टेलिफोन सम्पर्कहरु भए । इमेलका कपीहरु जोड्ने हो भने पनि एउटा उपन्यास नै तयार हुने सम्भावना छ तर मनका पानाहरु कहिल्यै भरिएनन् । प्रत्येक क्षणहरु एउटा अव्यक्त खालीपनले थिचिएर बितिरहे । यहाँ पलपल नै बषौँजस्तो भएको छ सायद भावनाको उष्णकाल भएर होला दिनहरु यति लामा भएका । अनन्त अन्योलका प्रश्नहरुसँग निस्सासिँदै आफैलाई ढाँटेर जवाफ दिन्छु " ठूलोममीहरु अब छिटै फर्किनुहुन्छ । तिम्रो पत्र पढिनसक्दै यसपालिको तीज छेउलागेर गयो । रातारङ्गहरु पश्चिमी दुखान्तका त्रासद सङ्केत झैँ भएको यसघढीमा तिम्रो दूरताले झनै रङ्गहीन बनायो तीजलाई । तिमीले लेखिपठाएजस्तो कहाँ बित्यो र हाम्रा पलहरु । त्यस्तो भइदिएको भए सायद समी र सीजूका धेरै प्रश्नका जवाफहरु एकैचोटि मिल्ने थिए होलान् । चिठी अझै पढिसकेकी छैन । "…………आशिष् त ठूलो भयो, निसास लागे पनि खासै भन्दैन तर आस्था असाध्यै गर्छे । कहिलेकाहीँ सपनामा नेपाल गएर सबैजनालाई भेटेर म त रुँदै थिएँ, हजुरले उठ छोरी भन्दा त झसङ्ग भएँ भन्छे । कहिले एकपटक नेपाल गएर सबैलाई भेटेर आउँ न भन्छे ।" यतिबेला उसको चुलबुले अनुहार गम्भीर भएजस्तो झल्को लाग्यो मलाई । दुई-तीन बर्षे उसको उमेर आँखामा टाँसिन आइपुग्यो- " बन्दा भन्ता कैते" गर्दै हिँड्ने त्यो सानी गुडिया मैले पढाउने स्कुलकी प्राथमिक तहकी छात्रा थिई,छुट्नेबेलामा । सबै साथीहरुलाई वरिपरि लगाएर ऊ जुनसुकै खेलको पनि नेतृत्व गर्थी र टिफिन टाइममा सबै शिक्षक-शिक्षिका उसको नेतृत्वशक्ति देखेर दङ्ग पर्थे । आज ती साथीका माझबाट ऊ हराएकी छ । एकप्रकारको रिक्तताले मन बतासिइरहन्छ । ऊ गएपछि मैले पनि स्कुल छाडिदिएँ । कहिलेकाहीँ कामविशेषले जाँदा त्यतै चउरमा रुखको छायामुनि बसिरहेकी छ कि जस्तो लागेर आँखा भरिन्छ । उसलाई भने समीप, सीजा, प्रवीण सबैसँग सपनामा भेट्नु परेको छ । कतिचोटि फोनमा ऊ हामीसँग बोल्नै सकिन न त यताका केटाकेटी नै ऊसँग बोल्न सके । दुवैतर्फ अदृश्य आँसु बगिरहे । वियोगको यो अत्यन्त पीडादायी नयाँसंस्करण मैले पहिले कहीँ देखेको थिइन ।

भारी मनले तिम्रो चिठीलाई फेरि निरन्तरता दिएँ- " ……यहाँ काम गर्नुपरे पनि सबै कुराको सुविधा छ । जुन ठाउँमा गयो स्वर्गजस्तो छ । जताततै फूल बगैँचा हरियाली तर एउटै कुरा तिमीहरु कोही छैनौ । तिमीहरु कोही यहाँ भएको भए असाध्यै राम्रो हुन्थ्यो । …" आफ्नो पौरखी हात लिएर गएकी तिमी जहाँ गएपनि के कुराको असुविधा हुन्थ्यो र तिमीलाई । मनमनै तिम्रो सन्तोषी कर्मठ भावनाप्रति गौरवान्वित हुन्छु । तिम्रो प्रकृतिप्रेम देखेर अतीततिर फर्किन मन लाग्छ ।

त्यति टाढा पुगेर पनि तिमीमा नेपाली-पहाडी फूलको सौन्दर्य गढेको देख्दा भाव विभोर भएछु म । तिम्रालागि फूल बगैँचा र हरियाली कति प्रिय छन् । जिन्दगीले जताजता डोर्याउँछ त्यतै तिमी फूलको संसार सिर्जन्छ्यौ । तिम्रा स्पर्श पाएका गमलाहरुमा अहिले पनि तिमीजस्तै मुस्कुराइरहेछन् फूलहरु, म अलिकति पानी थपिदिन्छु मायाले । साँच्चै फूलहरुसँग तिम्रो आदिम सम्बन्ध छ आधुनिकताले परास्त गर्न सक्दैन तिम्रो फूलप्रेमलाई ।

जब तिमी -हामी गाउँमा थियौं सम्झ त, मूलबाटोबाट छुटिएर हाम्रो घरको गोरेटोको दायाँ-बायाँ फूलका लहरहरु कसरी उभिएका थिए । हामीलाई स्कूल जाँदा बिदा गर्ने र फर्कंदा खुसीखुसी स्वागत गर्ने तिनै राता पहेँला गुलाफी आदि रङ्गका फूलहरु नै त थिए । आज त्यो क्षण हामीसँग छैन, ती फूलहरु हाम्रा छैनन् तर त्यो सम्झना के तिमीले भुल्न सकेकी छ्यौ - तिनै फूलका बीचमा बसेर हामीलाई फूल झैँ हुर्काउने हाम्रा मालीलाई ? हामीले फूललाई माया गरेको देखेर फूलजस्तै मुस्कुराउने हाम्रा जीवनदातालाई ? समयले एउटापछि अर्को अदृश्य मोडबाट हिँड्न प्रेरित गरेको छ तिमीलाई तर फूलसँगको सामीप्य न यहाँ न त्यहाँ कतै पनि छुटाएको छैन । एल्बमहरु पल्टाउँछु, पूराना फोटाहरु हेर्छु, तिमीलाई प्रायः सबै नै फोटामा फूलको माझमा पाउँछु । तिमीलॆ सि।डि.मा बनाएर पठाएका नयाँ फोटाहरु नियाल्छु, देख्छु जताततै फूलको संसार । तिम्रो दृष्टिबाट हेर्दा त्यो ठाउँ पनि फूलैजस्तो लाग्छ मलाई । म आफूलाई तिमीसँग दाँजेर हेर्छु । एउटै दिदी-बहिनी भएपनि तिम्रो फूलको स्वभाव ममा कठोरजस्तो लाग्छ । तिमीले नै मलाई फूलको कोमलतासँग परिचित गराएकी हौ भन्ने कुरामा म स्पष्ट हुन्छु । त्यसैले घर वरिपरि फूलेका फूलहरुमा तिमी र तिम्रा परिवारको प्रतिबिम्व देख्छु । ऋतु परिवर्तन हुँदा फूलका रङ्ग र संख्यामा परिवर्तन आउन सक्ला तर फूलको स्वभावमा परिवर्तन आएको मैले कहिल्यै देखेको छैन । त्यसैले म तिम्रो सामीप्यमा फूल झैँ अनुभूत हुन सकूँ । भावनाको विशिष्ट क्षणमा तिम्रो उदासी यही अनुभूतिले हटाओस् भन्ने चाहना छ मेरो ।

तिम्रो चिठी मेरो हातमा छ तर सम्झनाको बादल उठेको मन तिमीसँगै सुदूरको यात्रामा निक्लेछ । अब भने तिम्रो स्नेहले उमारेका शब्दथुँगाहरु आँखैनेर स्पर्श खोजिरहेछन् । बाँकी थुँगाहरु भिजाएर मन हलुको पार्ने कोसिस गरिरहेछु ।



-बालुवाटार , काठमान्डौ

कबिता












-केदार श्रेष्ठ "गगन"
टाढा बसी तड्पायौ मेरो भूल के थियो ?
एक नजरमै फसायौ मेरो भूल के थियो ?

वोलीमै लठ्ठिए म वहकिएँ कि अलिकति
पातळ सम्मै धसायौ मेरो भूल के थियो ?

जिवनभरि साथ दिन्छु भन्थ्यौ कसम खादै
तर भिरबाटै खसायौ मेरो भूल के थियो ?

गगन रुँदा खुसी छौ आज पापको डर छैन
किन शत्रु सारा हसायौ मेरो भूल के थियो ?

-भीमस्थान-५,सिन्धुली

गजल










-डोलेन्द्र पौडेल
मोबाइलको स्वीच बन्द, गर्ने बानी परे पछि
निष्ठुरी पो भैछ्यौ त, स्वार्थ पुरा गरे पछि

चुस्नु चुस्यौ रस सबै, उखु चुसे जस्तो गरी
अब कहाँ मन लाग्थ्यो र!, प्यास सबै मरे पछि

एक दिनको २४ पटक मिस कल, गर्ने तिम्रो बानी
आजकाल बन्द भयो,सबै काम टरे पछि

मेरो साथ छाडे पछि ,तिम्रो कुरा धेरै काटे
मन्दिर जाने निहु पारी, काठे खोला तरे पछि

बल्ल मैले चाल पाए ,तिम्रो मति यस्तै रै 'छ
बान्की परी अर्को फ़साउन, गैरी तिर झरे पछि

-बाग्लुंग
हाल: आई एम ई ,मलेसिया


कबिता










तिम्रो समय र सपनाहरु

-राम बाबु न्यौपाने
किशोरी समयमा मनको
मनको रहरको जवानीको
भारी मात सगै
दाँया बाँया हेर्नी
टाईम क्स्लाहिपो हुन्छ र !
आजकल तिमीले देख्ने गरेको
सपनाको रङ्ग कस्तो छ हँ ?
मलाई जान्न मन लागेको छ
मलाई सोध्न मन लागेको छ
निःशन्देह
यो निकृष्ट समयको कठोर प्रहारबाट
तिम्रा सपनाहरु पनि अछुत छैनन्
अनुभूतिको हिऊ पर्गेल्दै
म अनुमान लगाउन सक्छु
तिम्रै दैनिक भोगाइको संसार पनि
कुनै अमूर्त कविताको
दुर्बाध्य प्रतिविम्बझै
दुरुह बनेर
प्रकट भएको हुदो हो यतिखेर तिम्रा अघिल्तिर
यस्तोमा
सपना देख्न पनि एउटा साहस चाहिन्छ
तर पनि त उमेर हो
एउटा सपना त देखेकी होलिऊ
भन न लाटी-तिम्रो सपनाको रङ्ग कस्तो छ ?

-IT commo
79, Anson Road
सिंगापुर

Saturday, February 14, 2009

लघुकथा

चङ्गा चेट

-धीरकुमार श्रेष्ठ
गाउँबाट सहर पढ्न आएको गोफ्ले सहरी युवतीहरूको सुन्दरताबाट मोहित भयो। गाउँमा धूलोमैलो र फाटेका लुगामा देखेको युवतीका तुलनामा सहरी युवतीलाई स्वर्गकी अप्सरा नै ठान्न पुग्यो। गाउँमा युवतीहरू कम देखिने र सहरमा जताततै देखिने गरेको घटनाबाट उसको मन पढ्नभन्दा पनि तिनीहरूलाई प्राप्त गर्न सके गाउँको अभावग्रस्त जिन्दगीबाट मुक्ति पाउन सकिने ठान्यो। यसका लागि सहरमा घर भएकी र धनधान्यले पूर्ण भएकी युवती पाउन पाए “के खोज्छस् कानो आँखो” हुने ठानेर ऊ त्यसैको ताकमा लाग्छ। “तँ चिता म पुर्‍याउँछु” भनेझैँ उसको धनी हुने सपना पुर्‍याउलीजस्ती युवती भेटिई। दुवैका बीचमा ननस्टप हिमचिम बढ्दै गयो र विवाह पनि भयो। विवाहको रात दुलहीले खुट्टादेखि शिरसम्म लगाएकी झकिझकाउ गहनालाई ऊ लोभी नजरले हेर्न थाल्यो। दुलहीले उसको भाव बुझेर भनी, “के हेरिसिएको? यी सबै त नक्कली हुन्। सक्कली त मेरो माया हो। त्यो हजुरमा आजदेखि समर्पित भयो।”

दुलहीले त्यति भनिसक्ता ऊ खङ्ग्रङ्ग भयो र भन्यो, “त्यस्तो थियो भने पहिल्यै मलाई भन्नुपर्दैन?”

केही नबुझी दुलहीले अबोध बन्दै भनी, “हजुरले नै तिमीलाई जन्मजन्मसम्म माया गर्छु। आकाशको तारा पनि टिपेर ल्यादिन्छु भनिसिएको होइन ...”

झोक्किएर बीचमा कुरा काट्तै उसले भन्यो, “त्याँसम्मको मूर्ख ठानेकी तैंले।

गजल

-कृष्ण दर्शन
फेरि प्रस्ताब राख्छु तिमीलाई, आएको प्रेम दिवसमा
भुल्यौ किन तिम्ले कसम, खाएको प्रेम दिवसमा

जिवनका रंगिन पल मिठा मिठा गीत बनाई
भुल्यौ किन रमाउंदै,गाएको प्रेम दिवसमा

पैतालाको धुलो मेरै नामको सिन्दुर भनी
भुल्यौ किन सिउंदोमा, लाएको प्रेम दिवसमा

सबको आँखा छल्दै छल्दै एकान्तमा हामी
भुल्यौ किन भेट्न, धाएको प्रेम दिवसमा ।

-काठमान्डौ

कबिता











ह्याप्पी भ्यालेन्टाइन डे

-गणेश खड्का " प्रतिक्षा "
म गाउँमा हुँदा
सानै थिएँ
र स्कुलमा पढ्थें
त्यतिबेला
बुथुरीले भन्थी
तिमी कत्ती जाती छौ है ?
सपनामा देख्छु तिमीलाई
जून जस्तै राम्री थी ऊ
मलाई फूल दिन्थी
झरिलो गुलाबको
र भन्थी-
तिम्रो मायाँ लागिरहन्छ मलाई
गाउँ छोडेर
मझौला शहर पसे
सायद म
अलिक जवान भएँ
र नै त
कलेज पढ्ने भएँ
त्यतिबेला
अङ्ग्रेजी सायरी लेखिएको
ग्रिटिङ्स कार्ड पठाएर
शिखाले लेखी -
भ्यालेन्टाइन डेको दिन
तिमीसँग म
डेटिङ गर्न चाहन्छु
तिम्रो मुटुसँग मुटु साट्न चाहन्छु
अहिले म
वयस्क छु
झन् जवान छु
र शहर भन्दा पनि
अझ ठूलो
महाशहरमा छु
र यतिबेला
अर्धनग्न आभूषणमा
वर्थ डे पोज भन्दा
अलिक माथिल्लो
थोरै मात्र बिकसित
लघुबस्त्रमा
धडक्क धड्किदै
मेरो सम्मुखमै
रोजमेरी आउँछे
र झ्वाम्मै अङगालिन्छे
म निस्सासिएको हेक्कै नराखी
प्लास्टिक निर्मित मुटु
मेरो हातमा थमाउँछे
र भन्छे-
ह्याप्पी भ्यालेन्टाइन डे माइ स्वीट हार्ट
थाकेको मेरो मथिङ्गलले
ब्रम्हाण्ड परिक्रमा गर्छ
प्रेम प्रदर्शनको
यो शैली
माया गराइको
यो ढङ्ग
समय घर्कीरहेको छ
माया गर्नु र त्याग्नु
ओठमा च्यापेको
खैनी जस्तै
जीवन साथी फेर्नु
चप्पल फेर्नु जत्तिकै
उरालेर
परिवर्तनको नारा
अलापेर
आधुनिकताको राग
कहिल्यै नथक्नुको पराकष्ठा
अहिले-
प्रेम फुल्दैन
रोधी र हाक्पारेमा
सँस्कृति बोल्दैन
मारुनी र सोरठीमा

यतिबेला -
थुप्रै सुनिताहरु
स्वीटी बनेर
थुप्रै चन्द्रमायाहरू
चादनी बनेर
अनि -
कयौं गाउँका मानेहरु
माइकलको उपमा भिरेर
शहर पसेको बेला छ
म छोडिएको छु
जमानासँग
म पिछडिएको छु
समयसँग
मैले नपचाएको
आयतित शब्दावली
मैले नरुचाएको
प्रायोजित वाक्यांश
हुन सक्छ
आफूसँग
'गर्ल फ्रेण्ड' नहुनुको
जबर्जस्त आदर्श
यद्दपी
सलाम त्यो प्रेम पूजारीलाई
युद्दका बिरुद्द
प्रेम र शान्तिका खातिर
बलिदानी बन्ने
सेन्ट भ्यालेन्टाइनलाई
र त्यही एउटा
ओजिलो सम्झनामा
समस्त नव जोडीहरुलाई
'ह्याप्पी भ्यालेन्टाइन डे । '

-तिवारी भञ्ज्याङग -४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

Friday, February 13, 2009

कबिता








भ्यालेन्टाइन डे

-नेपोलियन मरहट्टा
३६४ दिन सम्म
आफ्नो प्रेममा तड्पिएर बसेका
ती ,जोडीहरुले बर्षको एक दिन
१४ फेब्रुअरी धुमधाम सँग मनाउने गर्छन् ।
के, जोडी हुनेहरुको लागि मात्रै हो र यो दिन ?
अँह म मान्दै मान्दिन ।
जोडी नहुनेहरुले पनि
मनाउन पाउनु पर्छ यो दिन ।
के, जोडी नहुनेहरुको लागी
बर्षमा ३६४ दिन मात्रै हुन्छ र ?
तिमी क्यालेन्डर हेर्न सक्छौ ।
जोडी नहुनेहरुको लागी पनि
त्यहाँ ३६५ दिन नै लेखिएको छ ।
म मेरो जिन्दगीले दिएको
एक दिन पनि छोड्ने छैन ।
ए.........
प्रेम गर्ने प्रेमजोडीहरु हो,
तिम्रो जोडी छ, तिमी मनाउ ।
तर,मेरो जोडी नभएपनि
तिमी हेरी राख
म मनाएरै छोड्छु यो बर्षको
भ्यालेन्टाइन डे ।
तिम्रो जस्तो अँगालो हाल्ने,
हात समाउने र चुम्बन गर्ने
मेरो कोही नभए पनि
शहर बजारको भिडहरुमा,
ति,हाट बजारको मेलाहरुमा,
सक्रान्तिको र एकादशीको जात्राहरुमा
सुपरमार्केटको घुँइचोहरुमा
म, धेरै सुन्दरीहरु सँग ठोक्किएको छु ।
हो, तिनीहरूकै यादमा मनाउदैछु
यो १४ फेब्रुअरी ।
चक्रपथमा चल्ने नगर् बसहरुमा
उक्लिदा र ओर्लिदा, धेरै युबतीहरुले
मेरो हात समाते होलान् ।
धेरैले झुक्किएर
मेरो मोबाईलमा मिसकल गरे होलान् ।
हो, तिनीहरुकै यादमा
मनाउदै छु म यो बर्षको
भ्यालेन्टाइन डे ।


-चितवन




गजल












-सुमन कुमार शर्मा
पर्खाइमा युग बित्यो तिमीलाई पाउने आश भयो
पर्तिक्षामा बसिरहे भरोसाको बास भयो

भोक हड्ताल अति गरे तिमीलाई नै पाउ भनी
मनको लड्डु खादाखादै गन्हाउने सास भयो

कपाल फुली सक्दा पनि कुरिबसे तिमीलाई नै
तेसै नै मेरो जीवन मेरो पर्खाइको दास भयो

खेलाडी होउ भने तिमी खेल्नु मायाको खेल
तिम्रो लागी मेरो जीवन जुवाडेको तास भयो

लत्याएर मेरो प्रेम मृत सरि ठान्छेउ भने
तिम्रै आसमा मेरो जीवन गन्हाउने लास भयो


-बाग्लुंग

कबिता














हिजो,आज र म

-अनिता वाग्ले
नदीको किनारहरुमा,बगरका चिस्यानहरुले
छ्यास्छ्यास्ती उम्रिएको "म"
चैत्रको खडेरीहरुमा
ह्वात्तै मौलाएको थिए
अनि बैसाखको बर्षातहरुमा रहरलाग्दो गरी
कल्कलाएको थिए
निर्दयी नदी थोरै बर्षाको उन्मादहरुमा ह्वात्तै बढ्यो
अनि मेरो मनभरि गड्यो
उसको भेलहरु सङ्गै डराएको "म"
किनारामा फैलिएर् कराएको "म"
पूर्बको घामले आखा लाएछ
मेरा बैसभरि हरियाली छाएछ
सुटुक्क म सङ्ग माया साट्यो
सपना झै म सङ्ग सुटुक्क सम्बन्ध राख्यो

जब जबानीले पूर्णता पायो
मलाई रातारात शहर ल्यायो
ऐसेलु र काफलको कथा सुनाउदै
म हुर्केको आगनीबाट टाढा भगायो
शहरका रङ्गिन मान्छेहरु सङ्गै मेरो फरक स्वाद चखायो
अनि नया छदा रमाएरै खायो,अघाएसी छोडेर गयो
आजकाल बन्दी कोठामा अलपत्र भए
न स्वीकार्छ,न छोडपत्र पाए
कति दिन सम्म हुन्छु
रसिलो पाकेको आत लिएर् के हुनु हसिली?
अब त जबानी कुहिन्छ कि!
छाती फुटेरै चुहुन्छ कि!
सक्दिन आफैले आफैलाई थाम्न
न सक्छ फाटेको यो मन टाल्न
प्रचण्ड गर्मीमा त्यो छाती जलाई
शितलता पाउछौ बरु खाऊ मलाई
कुहिन नदेऊ, नपार धुजा
तिम्रै निम्ति जन्मेको
म हु तर्बुजा।


-सिंगापुर

गजल

-गरिमा सुब्बा
बाध्यताले टाढा पार्यो आशु नझार है प्रदिप
दिदी फर्कि आउन्नन् भनि माया नमार है प्रदिप।

श्रवणकुमार बनी तिमीले सेवा गर्नु बाउआमाको
बुढेसकालमा उनी हरुलाई एक्लो नपार है प्रदिप

घर ब्यबहार एक्लै गर्दा दु:ख त हुन्छ तिमीलाई
जिबन नै सङ्घर्ष हो हिम्मत नहार है प्रदिप

हुर्किएकी चेली म त अर्कैकी भैसके
तिमीले पनि बुहारी ल्याऊ अझै नटार है प्रदिप

-यूके
ईमेल: garima_subba17@yahoo.com

गजल










-नेपोलियन मरहट्टा
ईतिहास पढे पो त, अर्थ बुझ्छौ काहानीको,
तिर्खाए पो साहित्यमा प्यास बुझ्छौ पानीको ।

स्थाई छ बाग यहाँ,माली मात्रै आउँछन् जान्छन्,
माली हजार हुन सक्छन् मुहार फेर्न बाग्बानीको ।

पहिला भन्थ्यौ,जुन्सुकै मौसममा'नी फूल फुल्छ,
दोधारे मन भए पछी भर हुन्न जवानीको ।

धैर्य भन्दा अघि पछी जे-जे गर्छौ गर तिमी,
ब्युझिन्छौ खाल्टोभित्र धुलो उडे पछी खरानीको ।

जरा मात्रै फक्रिए त, बिनाशको संकेत हो,
काँढा धेरै फुल्यो भने, बोटै मर्छ राजधानीको ।

-चितवन

Wednesday, February 11, 2009

गजल










-सुमन कुमार शर्मा
धेरै टाढा पुगेकी छैनौ अन्तै बसाइ सरे पनि
तिमीलाई माया गरिरहन्छु मलाई घृणा गरे पनि

प्रार्थना गर्छ्यौ होला अतिनै भगवानलाई
म बाट टाढा हुन्नौ सती बिउ छरे पनि

दिन दिनै फोन गर्छु तिमीले वस्ता नगरे नि
निद्रामा होउली शायद मिस कल गर्छु भरे पनि

दबाब दिन खोजौली मलाई टाढा बनाउन
तिमीबाट टाढा हुन सक्दिन म मरे पनि

अलि-अलि मन्को कुरा मैले पनि बुझेको छु
मेसेज सबै पढिसके इन्बक्स डिलिट गरे पनि



Kellogg Brown &Root (KBR)
F-2 IT-Communication Department
APO AE 09342
Hello:-001-713-970-2508
E-mail:-
suman.sharma@kbr.com
sharmadsp@hotmail.com

गजल












-केदार श्रेष्ठ "गगन"
तिमी पूणिर्माकै जून हौ गगनको
गलामा सुहाउने सुन हौ गगनको ।

तिमी बिना अलिनो लाग्छ यो जीवन
जीवन मीठो पार्ने नुन हौ गगनको ।

संगितको सूर तिमी कोइली झैं बोली
विरहको साथी धून हौ गगनको ।

अरुले जेसुकै भनोस् संसार जले जलोस्
आखिर तिमी मेरो खुन हौ गगनको ।

-भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यूएई.च्याप्टर



कबिता

स्वघोषित लाचार मुर्ति…………युवा

-विद्या सापकोटा 'निर्जला'
कति शुन्य हुदैछ यो भुगोल
रुमल्लिदैछु एकान्तमा
पुरा खाली…खाली छ मन ॥

देख्दैछु अवशेषका रुपमा
केही चुरोटका ठुटाहरु
कंकिटका तिखा टुक्राहरु
भाँचिएका सानाठूला सिन्काहरु
फ्याकिएका कुल्चिएका धुलाका कणहरु
सदियौदेखी घोषित निर्जिव ॥

अँ केही पर अस्तित्वको लडाइमा
संघर्षरत केही जिवांशहरु
घिसारिइरहेको एउटा गड्यौला
एकहुल कमिलाका ताँतिहरु
मस्त निद्रामा अलमस्त
झुसिलकिराका छायाहरु ॥

फेरि
नजिकै नियाले आफैभित्र
बढ्दै गएको चकमन्नता
छोप्दै गइरहेको अँध्यारोपना
रित्तिदै गइरहेका आशाहरु
अनी सल्किदै गएका खिन्न मनहरु ॥

अचम्म !
स्पष्टित हुदैछ एकहुल आकृती
पुर्ण भएर पनि अपुर्ण
शक्ति छ साधन छैन
आशा छ सपना छैन
प्राण छ अस्तित्व छैन
शब्दहरु छन् सम्मान छैन
मजबुत काँध छन् आधार छैन
आशाविहिन एक जमात ॥

कमिलाको एकता
झुसिल्कराको पुतली रुपान्तरण
आशाका धुमिल बिम्बहरु
तर कहाँ छ हामीमा त्यतीपनी

कती निरिह बन्दैछौ/ बनाइदैछौ हामी युवा
भविष्य निर्माणका महान शिल्पकार
पालिरहेका छौ शक्तिसम्पन्न कायरता
सधै सघर्षरत छौ निश्वास कै लागि
खै त अरु आशा सपना र उदेश्य
मैलै एकान्तमै भोगे अघोषित पराजयता
हामी सवका सब अघोषित निर्जिव तनहरु
ति कंकिट, सिन्का र धुलोभन्दा फरक
स्वघोषित लाचार मुर्तिहरु ॥

-कल्याणपुर ७ नुवाकोट
हालः शंकरदेव कलेज, काठमाडौं ।

गजल

-कृष्ण दर्शन
भएको कुरा,काहानी हुदैन
साहित्यमा भाव बग्छ, पानी हुदैन

फुल टिप्न माला उन्न बाग हुनु पर्छ
जो पनि माली भए, वाग्वनी हुदैन

बेला भए पछि मात्र फूल फुल्छ जता पनि
मन लागेर आउने, जवानी हुदैन

धैर्य भन्दा अघि पनि धेरै कुरा हुन्छ
जीवन अमर भए, खरानी हुदैन

जरा जरा फक्रेका छन अरु भन्दा अग्लिएर
कांडा पनि नफुली, राजधानी हुदैन ।

-काठमान्डौ

Tuesday, February 10, 2009

कबिता













एउटा रात सकिएर

-निराजन बतास
एउटा रात सकिएर
अर्को रात उदाएको बेला
अँध्यारोलाई छाम्दै छाम्दै
बस्न सक्दैनन् पयरहरु
र फट्कारिन थाल्छन
ढुंगा चोके सिस्नो र
सर्पको आकाश भएर
किनिकि यी भूईहरुसँग अपरिचित होइनन्
पाइतालाहरु'
र रातले बिर्सेको नहुनुपर्ने हो
आफ्नो अवसान अघि कतिपटक तिघ्राहरु
उचालिए भन्ने कुरो ।
कुरो उज्यालोको होइन
कुरा अँध्यारोको पनि होइन
जो यससँग रमाउछन
तिनीहरुको हो
रात जागेको बेला
दिन मूर्दा बन्न विवश छ
किनकि मूर्दा बनाइएको छ
मूर्दाको मासु खाएर रात मोटाएको छ
जिउँदो मूर्दालाई चल्नैसम्म नदिएर
एकैचोटि उप्रुने पारेको छ रातले
मान्छेजस्तो बन्न नदिएर
बुख्याँचा बन्न सघाएको छ
करङ्ग सोझिऊन्जेल कुज्याएर
तर्साउने बन्न सिकाएको छ
र रातले आफैं तर्सिने मोड समातेपछि
भाग्ने बाटो अठ्याइरहेछ यतिबेला
एउटा दिन सकिएर
अर्को रात अस्ताएको बेला ।

-त्रिभुवन बिश्वबिद्यालय (कीर्तिपुर )