Saturday, February 21, 2009

कथा







क्लब डाईनेस्टी

-राज रोबर्ट अजनबी सुब्बा
" राज! आज कुन ड्रेस लगाउ ?" बाथरुमबाट नुहाई सकेर निस्कदै गरिमाले मलाई भनी।
"साडी लगाउ न!" मैले भने।
"साडी ...? हा..हा..हा..!" अचम्म मान्दै उनी हासी।
"किन? अस्ती काठमान्डौमा त साडी लगाएकी थियौ त!" मैले भने।
"त्यो त वेडिङ पार्टी थियो, तर आज न्यूज पेपर डान्स पार्टी हो" उनले भनी।
"यो न्यूजपेपर डान्स पार्टीमा साडी बर्जित छ ?" मैले भने।
"यस्तो पार्टीमा प्राय सारी चल्दैन" उनले भनी।
"उसो भए मिनिस्कट लगाउ न त !" मैले भने।
मेरो कुरामा सहमती जनाउदै गरिमा सृङ्गार कक्षा भित्र छिरिन्।

गरिमा र म काठमान्डौ(नेपाल) बाट यहा दार्जिलिङ आएको एक हप्ता पनि भएको छैन।तर आज गरिमाकी सहेली अन्तिमा र रन्जुका साथै मेरो नातेदार बहिनी बिभिकाले कन्भर्टी टी स्ट्रीटमा अवस्थित डाईनेस्टी नाइट क्लबमा आयोजना गरेको न्यूजपेपर डान्स पार्टी मा सामेल हुन जान लागेका थियौ। बिभिका त मेरो फुपु की छोरी मेरी बहिनी। तर अन्तिमा र रन्जु मेरो लागि नया अनुहारहरु हुन्।गरिमा सङ्ग नर्थ बङ्गाल यूनिभर्सिटीमा ब्याबस्थापन बिषय लिएर सङ्गै पढेका रे यो कुरा गरिमाबाट नै थाहा पाएको थिए।

"राज! म कस्ती देखिन्छु?" कालो लेदरको स्कर्ट त्यस माथि हरियो टप्समा झुन्डिएको सेतो सन ग्लास खुट्टामा फेसिएल हिल स्यान्डल अनि कालो टप र कालो कोटमा सजिएर मेरो नजिक आई गरिमाले भनी।
"एकदम राम्री!" मैले भने।
"राज! मलाई तिम्रो गेट अप पटक्कै मन पर्दैन है।" कलर मिलाई दिएर रातो सिल्सेन टाई बाधी दिदै गरिमाले मलाई भनी।
"के भयो त?" मैले भने।
खाली सुट मात्र?" उनले भनी।
"अनि अरु के लगाउनु नि?" मैले भने।
"मङ्की वास, स्टोन वास, हिप-हप, बटन जिन्स लगाउ न। अनि जोन लेलन, बाब मार्ली, जिम मोरिसोनको मुख्रा अङ्कित टि-सर्ट हरु लगाउ। " उनले भनी।
"ठिकै छ यी सब यूरोप गए पछि मात्र है" मैले भने।
राती ९ बजे बाट शुरु हुने न्यूजपेपर डान्स पार्टी २ बजे बिहान मा मात्र सकिन्थ्यो। गेट टुगेदर,वीडिङ र वेलकम पार्टीहरुमा म पहिले पनि सरिक भएको थिए।तर न्यूजपेपर डान्स पार्टी चाहि आज मेरो पहिलो थियो।
एक क्लासका स्टुडेन्टलाई क ख पढाए झै गरिमाले मलाई पढाउन थाली।"भूइमा बिछ्याइएको न्यूजपेपर माथि नाच्नु पर्छ।न्यूजपेपर भन्दा बाहिर खुट्ट पर्यो भने आउट हुनु होला अनि मैले अर्कै सङ्ग नाच्नु पर्छ। जति जना आउट हुदै जान्छन् त्यती नै अनुपातमा न्यूजपेपर पनि हटाइन्छ।" मैले आज्ञाकारी बालकले झै 'हुन्छ'भन्ने सङ्केत टाउको हल्लाएर दिए।

बिभिका गाडी लिएर गेटमै आई पुगी। गरिमा र म बिभिकाकै गाडीमा डाईनेस्टी नाइट क्लब तर्फ चिप्लियौ।कन्भर्टी स्ट्रीटको मुटुमै ठडिएको बिशाल भवन,त्यस्को पाचौ तलामा डाईनेस्टी क्लब र अर्को तलामा पब। पहाडकी रानी दार्जिलिङ प्राकृतिक रुपले आफैमा सुन्दर त छदैछ झन् यहाको जिबन शैलीले सुगन्ध नै थपेको छ। "यूरोपको फ्रान्कफर्ट,म्यूनिख, पेरिस र लण्डन भन्दा कम छैन दार्जिलिङ" यसै भन्छन् भुक्तभोगीहरु।
गीत सङ्गित र कला साहित्यको उर्बर भूमि दार्जिलिङमा "गोर्खाल्यान्ड" को राजनीति अझै पनि जिबित नै छ। सुबास घिसिङ केन्द्रीय सरकारसङ्ग झुके पनि यहाका जनता गोर्खाल्यान्ड प्रति प्रतिबद्द छन्। उसो त दार्जिलिङ आफैम मिनि नेपाल हो भन्दा फरक पर्दैन। सन् १८१५ को सुगौली सन्धी पछि दार्जिलिङ नेपाल बाट बृटिश ईन्डियामा गाभिएको थियो। सिक्किमको नाम्ग्यल बंश तथा इस्ट ईण्डिया कम्पनी बीचको "इतल्या" सन्धीले सिक्किमको पुटेराज र तिनका सन्तती देखि लिएर कुनै बेला नेपालको अधिनमा रहेको भूभाग सम्मलाई मान्यता दिएको थियो। तर सन् १९५० को नेपाल भारत बीचको शान्ति तथा मैत्री सन्धीले त्यस पूर्ब ब्रिटिश ईण्डिया सङ्ग गरिएका सबै सन्धीहरुलाई अमान्य गर्दछ भन्ने कतिपयको भनाइ छ। यदि १९५० को सन्धीले त्यस पूर्बका सबै सन्धीहरुलाई रद्द गर्दछ भने दार्जिलिङ, सिलिगुरी र खार्साङ स्वभाबिक रुपमा नेपालकै भूभाग हुनु पर्ने देखिन्छ।

पाचौ तलामा उक्लने बितिक्कै डाईनेस्टी क्लबको सुन्दरताले मलाई मोहित बनायो। "जिगर मे पडि आग हाई" भन्ने गीत सङ्गै लाईटको साङ्गितिक प्रकाशले क्लब डाईनेस्टीको रात्री जिबन छपक्कै भिजेको थियो।
"हाई! आई एम रन्जु ।" रन्जुले हात मात्र अगाडि बढाइनन् स-शरीर नै मेरो अङ्गालोमा गर्लाम्मै ढलिन्। त्यसको लगत्तै त्यही पोजमा अन्तिमा आई। उनी सङ्ग पनि अङालो मै हराए म। उता गरिमा पनि नया पुराना साथीहरु बीच त्यसरी नै अङालोमा बेरिदै थिई।
गरिमा र मलाई अन्तिमाले छेउ तिरको टेबलमा बसाईन। वेटरले मेनु लिएर आयो।गरिमाले पिज्जा स्पाइसली रोल र पेयमा हट चोकलेट अर्डर गरिन।मैले फ्राइस र सिजलर अनि पेयमा लस्सि अर्डर गरे। एकै छिनमा परिकार आयो।लस्सि पिउदै झ्यालबाट बाहिर देखिने दार्जिलिङलाई नियाल्न थाले। सिधै अगाडि लोचननगर झिलिमिली ब्युझेको छ। कति सुन्दर छ दार्जिलिङ! काठमान्डौमा सुतेर लस एन्जल्स र लण्डनको अनि पहाडी जिल्लाको कुनै गाउमा सुतेर अरब तथा मलेसियाको सपना देख्ने नेपाली युबा युबतीहरुको दार्जिलिङ किन सपना हुन सकेन???

"राज! हार्ड ड्रिन्ग्समा के लिने?" गरिमाको शब्द सङ्गै म झसङ्ग भए ।
"नोबेल अर्डर गर न ।" मैले भने।
गरिमाले नोबेल सङ्गै खनामा बर्गर र वाल्टन् अर्डर गरिन अनि साथमा पेय मिल्क् सेक पनि।
"तिमी वाईन लिदिनौ?" मैले भने।
"लिन्छु" उनले भनी।
अनि मिल्क् सेक किन नि?" मैले भने।
" जस्ट फर यू। किन कि मिल्क् सेक तिम्रो रुचीको पेय हो।" उनले भनी।
एकै छिनमा नोबेल आयो।गरिमा र म नोबेलको चुस्कीमा हराउन थल्यौ। बिभिकाबाट न्यूजपेपर डान्स शुरु हुन लगेको घोषना हुन साथ गरिमा र म पनि नाच्नको लागि तयार भयौ।एरिक लाप्टन् को "वन्डरफुल वाएर' गीत घन्किन थल्यो। हामी डान्समा हराउन थल्यौ।नोबेलको चुस्की सङ्गै उन्मुक्त भै छचल्किएको गरिमाको जवानी मेरो ओठमा पोखिन थाल्यो। मैले पनि निरन्तर पिई रहे।
"सार्बजनिक स्थलमा मदिरा चुरोट र चुम्बन तिमीलाई असहज लाग्दैन?" गरिमाको ओठबाट मेरो ओठ छुटाउदै मैले भने।
"आफुलाई असहज लाग्ने सामाजिक मान्यताका हरेक पर्खाल हरुलाई भत्काए पछि मात्र परिबर्तन सम्भब हुन्छ त्यसैले भत्काउनै पर्छ चाहे त्यो वाईन को चुस्की लगाउने सवालमा होस् चाहे त्यो देह सुख को खोजी गर्न लाई होस्" उनले भनी।
"सेक्स र लाईफ पार्टनरमा के फरक राख्छौ त?" मैले भने।
"सेक्स सन्तुष्टी को लागि अनि लाईफ उज्ज्वल भबिष्यको लागि। तर यी दुबैको सम्योजन स्वर्गीय हुन्छ।" उनले भनी।
"के तिमी सेक्सको लागि सन्तुष्टी र लाईफ पार्टनर फरक-फरक ब्यक्ती होस् भन्ने चाहान्छौ?" मैले भने।
"सके सम्म एकै ब्यक्ती भएको राम्रो" उनले भनी।
डान्स पातलिदै गएको थियो।आउट हुनेहरु केही टेबलमै बसेका थिए,कोही गई सकेका थिए। तर गरिमा र म न्यूजपेपर माथि नै थियौ।
"राज! सेक्स, ड्रिन्ग्स , स्मोक र नाईट लाईफलाई तिमी कसरी लिन्छौ? अनि लाईफ पार्टनर र भबिष्य?" गरिमाले प्रश्न गरी।
"क्यारिएर र जिबन साथीको छनौटमा म गम्भिर छु। सेक्स,वाइन, स्मोक र नाईट लाईफ मेरो लागि सामान्य हुन्।किन भने म कौतुहलतामा बाच्न सक्दिन" मैले भने।

"गरिमा आउट!" बाहिरी सकेकी अन्तिमा कराईन्।
न्यूजपेपर भन्दा गरिमा बाहिर गएछिन्। मेरो बाहुपास बाट फुत्कदै गरिमा बाहिर निस्किन्। न्यूजपेपर माथि अन्तिम डान्सरको रुपमा, म अनि रन्जु मात्र थियौ। कुममा हात बाधेर रन्जु र म नाच्न थाल्यौ।
"यू आर सो स्मार्ट" रन्जुले अनुहार जुधाउदै भनी।
"यू आर सो सेक्सी!" मैले भने।
"नट मच!" उनले भनी।
"राज आउट! राज आउट!!" बाहिरबाट गरिमा कराईन्।
म बाहिरिए।न्यूजपेपर डान्स की बिजेता बनिन् -रन्जु मोक्तान्।पार्टी सकियो। गरिमा र म बिभिकाकै कार मा लोचननगर् हुदै फुपुको घर चौरस्ता छेउ आयौ। बिभिका पनि हामी सङ्गै बस्ने भनी नुहाउन बाथरुम तिर छिरिन् भने गरिमा र म रुम भित्र।

"राज,तिमीलाई थाहा छ? तिम्रो तिर को न्यूजपेपर मैले अरुले नदेख्ने गरि मेरो खुट्टा ले तानेर फ्याकेकी हो नि!अनि पो तिमी बाहिरिएका हौ त!" गरिमाले भनी।
"किन त्यसो गरेकी त? मैले भने।
"अरु केटी सङ्ग नाचेको मलाई मन पर्दैन।" उनले भनी।
"यदि परिस्थिति नबिग्री दिएको भए मेरो साथमा तिमी होईन अरु कोही हुन्थ्यो यसरी नै मेरो अङ्गालोमा" मैले भने।
"बोर नगर ल!" मुड्कीले हल्का मेरो छातीमा हिर्काउदै गरिमाले भनी।
"ब्रो, भोलि चौरस्तामा ल्याडिज नाईट पार्टी छ गरिमालाई लिएर जान्छु है। " बिभिकाको यी शब्द सङ्गै हामी आलिङन बाट छुट्टियौ।
"भोलि त सखारै हामी कालिम्पोङ जान्छौ ।" मैले भने।

केही छिनको गफ-गाफ पछि गरिमाले बिभिकालाई सुताउन आफ्नो रुम लिएर गईं भने म नुहाउदै ननुहाई ओछ्यानमा पल्टे डङ्ग्रगै।

-मामाखे, ताप्लेजुंग
ईमेल: atm_sms6pal@yahoo.com

1 comment:

Anonymous said...

katha ramro chha, plz keep up.

ranju, darjiling