Tuesday, February 10, 2009

कबिता













एउटा रात सकिएर

-निराजन बतास
एउटा रात सकिएर
अर्को रात उदाएको बेला
अँध्यारोलाई छाम्दै छाम्दै
बस्न सक्दैनन् पयरहरु
र फट्कारिन थाल्छन
ढुंगा चोके सिस्नो र
सर्पको आकाश भएर
किनिकि यी भूईहरुसँग अपरिचित होइनन्
पाइतालाहरु'
र रातले बिर्सेको नहुनुपर्ने हो
आफ्नो अवसान अघि कतिपटक तिघ्राहरु
उचालिए भन्ने कुरो ।
कुरो उज्यालोको होइन
कुरा अँध्यारोको पनि होइन
जो यससँग रमाउछन
तिनीहरुको हो
रात जागेको बेला
दिन मूर्दा बन्न विवश छ
किनकि मूर्दा बनाइएको छ
मूर्दाको मासु खाएर रात मोटाएको छ
जिउँदो मूर्दालाई चल्नैसम्म नदिएर
एकैचोटि उप्रुने पारेको छ रातले
मान्छेजस्तो बन्न नदिएर
बुख्याँचा बन्न सघाएको छ
करङ्ग सोझिऊन्जेल कुज्याएर
तर्साउने बन्न सिकाएको छ
र रातले आफैं तर्सिने मोड समातेपछि
भाग्ने बाटो अठ्याइरहेछ यतिबेला
एउटा दिन सकिएर
अर्को रात अस्ताएको बेला ।

-त्रिभुवन बिश्वबिद्यालय (कीर्तिपुर )

No comments: