Friday, February 13, 2009

कबिता








भ्यालेन्टाइन डे

-नेपोलियन मरहट्टा
३६४ दिन सम्म
आफ्नो प्रेममा तड्पिएर बसेका
ती ,जोडीहरुले बर्षको एक दिन
१४ फेब्रुअरी धुमधाम सँग मनाउने गर्छन् ।
के, जोडी हुनेहरुको लागि मात्रै हो र यो दिन ?
अँह म मान्दै मान्दिन ।
जोडी नहुनेहरुले पनि
मनाउन पाउनु पर्छ यो दिन ।
के, जोडी नहुनेहरुको लागी
बर्षमा ३६४ दिन मात्रै हुन्छ र ?
तिमी क्यालेन्डर हेर्न सक्छौ ।
जोडी नहुनेहरुको लागी पनि
त्यहाँ ३६५ दिन नै लेखिएको छ ।
म मेरो जिन्दगीले दिएको
एक दिन पनि छोड्ने छैन ।
ए.........
प्रेम गर्ने प्रेमजोडीहरु हो,
तिम्रो जोडी छ, तिमी मनाउ ।
तर,मेरो जोडी नभएपनि
तिमी हेरी राख
म मनाएरै छोड्छु यो बर्षको
भ्यालेन्टाइन डे ।
तिम्रो जस्तो अँगालो हाल्ने,
हात समाउने र चुम्बन गर्ने
मेरो कोही नभए पनि
शहर बजारको भिडहरुमा,
ति,हाट बजारको मेलाहरुमा,
सक्रान्तिको र एकादशीको जात्राहरुमा
सुपरमार्केटको घुँइचोहरुमा
म, धेरै सुन्दरीहरु सँग ठोक्किएको छु ।
हो, तिनीहरूकै यादमा मनाउदैछु
यो १४ फेब्रुअरी ।
चक्रपथमा चल्ने नगर् बसहरुमा
उक्लिदा र ओर्लिदा, धेरै युबतीहरुले
मेरो हात समाते होलान् ।
धेरैले झुक्किएर
मेरो मोबाईलमा मिसकल गरे होलान् ।
हो, तिनीहरुकै यादमा
मनाउदै छु म यो बर्षको
भ्यालेन्टाइन डे ।


-चितवन




No comments: