हिजो,आज र म
-अनिता वाग्ले
नदीको किनारहरुमा,बगरका चिस्यानहरुले
छ्यास्छ्यास्ती उम्रिएको "म"
चैत्रको खडेरीहरुमा
ह्वात्तै मौलाएको थिए
अनि बैसाखको बर्षातहरुमा रहरलाग्दो गरी
कल्कलाएको थिए
निर्दयी नदी थोरै बर्षाको उन्मादहरुमा ह्वात्तै बढ्यो
अनि मेरो मनभरि गड्यो
उसको भेलहरु सङ्गै डराएको "म"
किनारामा फैलिएर् कराएको "म"
पूर्बको घामले आखा लाएछ
मेरा बैसभरि हरियाली छाएछ
सुटुक्क म सङ्ग माया साट्यो
सपना झै म सङ्ग सुटुक्क सम्बन्ध राख्यो
जब जबानीले पूर्णता पायो
मलाई रातारात शहर ल्यायो
ऐसेलु र काफलको कथा सुनाउदै
म हुर्केको आगनीबाट टाढा भगायो
शहरका रङ्गिन मान्छेहरु सङ्गै मेरो फरक स्वाद चखायो
अनि नया छदा रमाएरै खायो,अघाएसी छोडेर गयो
आजकाल बन्दी कोठामा अलपत्र भए
न स्वीकार्छ,न छोडपत्र पाए
कति दिन सम्म हुन्छु
रसिलो पाकेको आत लिएर् के हुनु हसिली?
अब त जबानी कुहिन्छ कि!
छाती फुटेरै चुहुन्छ कि!
सक्दिन आफैले आफैलाई थाम्न
न सक्छ फाटेको यो मन टाल्न
प्रचण्ड गर्मीमा त्यो छाती जलाई
शितलता पाउछौ बरु खाऊ मलाई
कुहिन नदेऊ, नपार धुजा
तिम्रै निम्ति जन्मेको
म हु तर्बुजा।
-सिंगापुर
No comments:
Post a Comment