Sunday, November 30, 2008

लघुकथा

'साहित्यकार'

-मौलश्री लिम्बु
उसले पहिलो पटक रेष्टुरेण्टको उद् घाटन गर्दा मलाई निम्तो दिएको थियो ।यो दोश्रो अवसर उसले आफ्नो कृति लोकापर्ण गर्नलाई कार्यक्रममा निम्त्याएको थियो,मैले सहर्ष स्विकारें । कार्यक्रममा निकै खर्च गरिएको हुनुपर्दछ,उपस्थित सबैलाई पुस्तक र खानपिन नि:शुल्क थियो। केही महिनापछि मैले उसलाई फोन गरेर पुस्तक के कति रहेको सवाल गरें,उसले सबै सकियो भन्ने जवाफ दियो ।त्यसपछि हाम्रो सम्पर्क भएन ।रै पनि उसको चर्चा शहरका साहित्य सर्जकहरुमाझ फैलिएको थियो ।वर्षदिन भित्रै प्रकासित पुस्तक सकिएको कुराले मलाई पनि पुस्तक प्रकाशन गर्न ईच्छा जाग्यो ।

एकदिन आफ्नो कृतिको भूमिका लेखाउन र पुस्तक चाँडै बिक्री गराउने रहस्य माग्न उसको रेष्टुरेण्ट गएँ ।जहाँ नाम परिवर्तन भएकोले ठम्याउन धामा पर्‍यो ।नयाँ साहुजीलाई सोधें,उहाँले भन्नुभयो-'पुस्तक प्रकाशन गर्नलाई मबाट उसले कर्जा लिएको थियो ।सर्त बमोजिम तिर्न नसकेकोले रेष्टुरेण्ट मेरो भयो ।आजकाल उ यतै-कतै भौतारिएर हिंडेको देख्छु ।'यस कुराले मेरो चेहेराको नूर मलिन भयो । औप चारिकता जताउनलाई कफी मगाएँ।झोलाबाट पाण्डुलिपी झिकेर नियालें,त्यसपछि निराकरण गर्दै रमाना भएँ ।

-झापा
ईमेल :-maulshri_limbu@yahoo.com

Thursday, November 27, 2008

कबिता

नोरा

-राज रोबर्ट अजनबी सुब्बा
पुतलीको घरबाट....
बिद्रोह गरि हिडेकी तिमी
सताब्दी बित्यो किन फर्किनौ....?
मैले कहा-कहा खोजिन तिमीलाई
मैले कहा-कहा सोधिन तिमीलाई
तर तिमी त...............
पृथक बिचारको फुल फुलाउन
हराएकी हुन सक्छौ अर्कै भुगोलमा

यो पनि हुन सक्छ नोरा...!
तिमी यही कतै छौ
मेरै वरिपरि.......
देखी रहेकी हौली बेस्यालयहरु
घरेलु हिङ्सा बलत्कार घरि-घरि
यहा अस्तित्व फुल्यो बिना रङ्ग
असमनता फैलियो बिना ढङ्ग
खोई त नोरा....!
यहा तिम्रो बिचार फुलेको..?
फेरि पनि तिमी हिडेकी हुन सक्छ्यौ
नया बस्तीको खोजीमा
अस्वतन्त्रताको पाउबन्दीलाई तोड्दै
अहात देखि अहात सम्मको यात्रामा
फुलेकी हौली तिमी
इब्सोन हरिको नयन भरि
तर म तिम्रो "हेमर"...।
बाचेको छु पुरुशत्वको घुम्टो भित्र
घुम्टो- लाजको समाजिक चित्र
घुम्टो- स्थितिको परिबृत्त
त्यसैले फर्काउ स्वाभिमानी शिर
तोडिदेऊ पुरुशत्वको जन्जिर
हो, नोरा.....! तिमी घर फर्क।

नोरा नसही, सिता बनेर फर्क
तिमी फर्क, नबयुग जन्माउन
आएर लैजाउ आगनीमा अग्नी
अनि नाप मर्दहरुको मर्यादा
परिचय लेऊ पत्निब्रताको
अग्नी परीक्षामा होमी देऊ
हामी रामहरुलाई......
हो नोरा......! म तैयार छु।

('नोरा' हेनरिक इब्सोनको बिस्व प्रख्यात् नाटक "पुतली घर" की नायिका हुन् । 'नोरा'ले नाटकको अन्त्यमा आफ्नै पति 'हेमर 'सङ्ग बिद्रोह गरी घर छोडेकी थिई।)

-मामाखे,ताप्लेजुङ

कबिता

नहुन् उसको सन्तान

-देबिन बाबु राई
नहुन् कहिल्यै थुम्कीमा उभेर अग्लो बन्नेको सन्तान
नहुन् कहिल्यै आमाको पोल्टो च्यातेर पेट पाल्नेको सन्तान
दुई हातले कमाई दश हातले बाड्ने
दरिद्रै किन नहोस् ऊ पुन्यवान
हुन बरु बेसाहाराहरु अङ्गाल्नेको सन्तान

नखोजोस् स्वार्थमा लुट्पुटिएर मान्छेको मान
नमागोस् लाल्चामा मुछिएर ब्यर्थको इमान
बरु गरोस् हिलो भै कमल फुलाउने
घिन लाग्दो किन नहोस् तर मुल्यवान
हुन् बरु उही पत्थर् पगाल्नेको सन्तान

यहा पाएका त भुतहरुले छन् त्यो स्तुतिगान्
यहा मानव् उपर राक्षसले हरेको छ अभिमान
लखेटेर मानव् बस्ती बाट ति कुरुपहरु
शहिद नै किन नहोस् तर ऊ स्वाभिमान
हुन् बरु सगर खसाल्नेको सन्तान

भोकै मरुन् केभो नधानुन् कसैको चोरेर प्राण
पशु प्राणी नमारुन् छातीमा उसको ताकेर बाण
होस् शकाहारी थोरै खाएर धेरै बाच्ने
अन्धै किन नहोस् तर बिबेकवान
हुन् बरु आत्मा बाल्नेहरुकै सन्तान

नहुन् कहिल्यै स्वास्नी छान्दै तरुनी खेलाउनेको सन्तान
नहुन् कहिल्यै लोग्ने छान्दै नाठो लुकाउनेको सन्तान
दर्साबिकमा रहेर सम्बन्ध बिच्छेद भै
छुटिएकै किन नहोस् तर कर्तब्यवान्
हुन् बरु आ-आफ्नै घर बसाल्नेकै सन्तान

- बसाह १ ,उदयपुर

Tuesday, November 25, 2008

गीत

तिम्रो आफ्नो बन्छु

-श्रीपुरुष ढकाल
तिम्रो आफ्नो बन्छु भन्थे
पराई पनि हुन सकिन
सबको आँसु पुस्छु भन्थें
आफ्नै आँसु पुछ्न सकिन

तिम्रो साथ पाउँदा लाग्थ्यो
सारा खुसी, मेरो नै हो
तिमीले हात समाउँदा लाग्थ्यो
सिंगो संसार मेरो न हो
सधै सधैँ हास्छु भन्थेँ
धित मारेर रुन सकिन
सबको आँसु पुस्छु भन्थें
आफ्नै आँसु पुछ्न सकिन

मन्दिर पुग्दा हामी दुवै
एक अर्कालाई आशीष माग्थ्यौँ
छहारीमा सुस्ताउँदै
एक अर्काको पसिना पुछ्थ्यौँ
धेरै नजिक हुँला भन्थेँ
टाढाको पनि हुन सकिन
सबको आँसु पुस्छु भन्थेँ
आफ्नै आँसु पुछ्न सकिन

लघुकथा

स्वतन्त्रता

-आर.आर.चौलागाई
नरेन्द्र आधुनिक विचारको मान्छे । पश्चिमी सभ्यताबाट प्रभावित । रीतिरिवाज, परम्परा केही नमान्ने । जे मनमा आउँछ त्यही गर्नुपर्ने ।उसकी स्वास्नी उर्मिला पनि त्यस्तै । कुनै बन्धन नचाहने, ऊभन्दा पनि अझ एक कदम अगाडि ।
राम्रो जागिर । भव्य बङ्गला । बैङ्क ब्यालेन्स । मोटरकार । नोकरचाकर । ऐसआरामले भरिपूर्ण। न अभाव । न अनिकाल ।एकले अर्काको स्वतन्त्रता हनन नगर्ने । कोही कसैको तगारो नबन्ने । दुवै जनाको सहमति ।नरेन्द्रको आज बाहिर जाने तयारी । श्रीमतीलाई जानकारी दिन्छ- "साथीले बोलाएको छ, उतै बस्छु होला ।"
उर्मिला पनि निकै सजिसजाउ भएर माइत जान तम्सिन्छे ।सहरको एकान्त गल्ली रेड एरियाको नामले प्रख्यात ग्राहकलाई पर्खेर बसेका होटल र लजहरू । एउटा अधबैसे युवक सरासर एउटा लजभित्र प्रवेश गर्छ कोठा बुक गर्छ ।
युवक लजवालालाई सोध्छ- "तपाईंकोमा ...को व्यवस्था छ कि छैन "
लजवाला जवाफ दिन्छ- "चिन्ता नगर्नोस् हजुर सब व्यवस्था छ ।"
युवक आफ्नो कोठामा जान्छ र आशक्तभावले कसैलाई पर्खिरहन्छ ।

एकछिनपछि सेण्डिलको टक...टक...टक... आवाज आउछ । एउटी युवती बिस्तारै कोठामा प्रवेश गर्छ युवक युवतीतिर फर्किन्छ ।
दुवै एक-अर्कालाई देखेर चिच्याउँछन्-
"उर्मिला तिमी..."
"नरेन्द्र तिमी...-"

Sunday, November 23, 2008

गजल

-राज रोबर्ट अजनबी सुब्बा
उठ जाग सर्बहारा सिङ्गदरबार घेरौ अब
शोसक र सामन्तलाई खुकुरीले सेरौ अब

जस्को जोत उस्को पोत हुनै पर्छ संबिधानमा
बसी खाने दलालहरुलाई कानुनले बेरौ अब

शासकहरु राज्य लुटी महलमा मस्ती लिन्छन्
कत्ति बस्ने अध्यारोमा उज्यालोलाई हेरौ अब

अघि बढौ प्रगतीमा श्रमजिबीको सत्ता चलाई
मुठी कस ए भोका हो! राज्य ब्यबस्था नै फेरौ अब

-मामाखे ,ताप्लेजुंग
ई-मेल:atm_sms6pal@yahoo.com

कबिता

'सौन्दर्य'

-मौलश्री लिम्बु
उर्फ !
मेरो अन्दाज बाहिरको
कल्पना भन्दा परको
तिम्रो चेहेराको नूर
अनि,मैले कहिल्यै नदेखेको
यस्तो वदन
म त मदहोशी भए
देखेर तिम्रो सौन्दर्य

जसरी बन्यौ

अब
कोही कहिल्यौ बन्न सक्दैन होला
शायद
जूनलाई पनि ईर्श्या लाग्दो हो
त्यसैले रातमा उदाएको हुनुपर्छ
जव सखार हुन्छ
आफुलाई अमिल्दो पाएर
अस्ताउदो हो
खैर !
तिम्रो सौन्दर्यको बखान गरिरहेकोछु
जस्ले मेरो चक्षुलाई घोर्याईरहेछ
लाग्छ
समिप आउन लालयित छु
त्यसैले
ख्याल गरे हुन्छ मलाई
म जे जसरी नि
सम्बन्धको छेस्को लिएर आउँदैछु
थाहा छैन मलाई
सम्बन्धको निम्ति सौन्दर्यको छनौट
जायज हो या नाजायज
हुन सक्छ
आत्माको छनौट पो
जायज या नाजायज
मलाई पर्वाह छैन
वस्
आफुलाई झुकाए
देखेर खातिर तिम्रो
सौन्दर्य ।

-झापा
ई-मेल : maulshri_limbu@yahoo.com

गजल

-समीर गुरुंग
टाढा भैयो मेरो नजिक डेरा तिमी सर्ने गर
वान्चाईबाट कहिलेकाही, जोर्डन तिर झर्ने गर

कौलुनको रेस्टुरेन्टमा म सङ्ग तर्केकी थियौ
यसरी त चल्दैन है, मेरो समिप पर्ने गर

युमातेइ मा भेट हुदा साह्रै तिमी झर्केकी थियौ
कत्ती रिसाएको अनाहकमा, माया पनि गर्ने गर

हङकङको सारा खुसी तिमी छेउ ल्याई दिउला
आउन कन्छी यो दिलमा, चोखो माया भर्ने गर

-पोखरा
हाल: जोर्डन
ई-मेल :i_lovepokhara@yahoo.com

गजल

-राज रोबर्ट अजनबी सुब्बा
गणतन्त्रमा नेपालको रंग नयाँ- नयाँ
नेपालीको जीबन जिउने ढंग नयाँ-नयाँ

नयाँ जोश ,नयाँ जागर र नयाँ ब्यबस्थामा
जनताको उत्साह र उमंग नयाँ-नयाँ

लिम्बुवान, खम्बुवान, तमुवान आदि-आदि
राज्य ब्यबस्थामा पनि अंग नयाँ -नयाँ

उठ जाग हे नेपाली उन्नतीको बिहानीमा
कोरेर आर्थिक क्रान्तिको जंग नयाँ -नयाँ

-मामाखे ,ताप्लेजुंग
ई-मेल : atm_sms6pal@yahoo.com

Friday, November 21, 2008

कथा

क्याबिनको सीट

-कृष्ण अबिरल
काठमाडौका र्सार्वजनिक यातायातका साधन, त्यसमा पनि सानाखाले नीलो माइक्रोमा यात्रा गर्नु कम्ती कठिन छैन । सागुरो खोरमा क्षमताभन्दा बढी भेडाबाख्रा कोचिएभन्दा चर्को । कहिलेकाँही त यस्तो लाग्छ, मःम र मासुको लागि काठमाडौं ल्याउनका लागि ट्रकमा लादिएका बूढाराँगा र बैला भैंसीले पनि यति चर्को सास्ती पाँउदैनन् होला ।
सीट क्षमता १२ जना मात्र । तर २०-२५ जनाभन्दा घटी कहिल्यै हाल्दैनन् । अझ गर्मीका बेला त्यसरी कोचिएर यात्रा गर्नु पर्दा श्वास गुम्सिएर भित्रै बान्ता आउलाजस्तो हुन्छ । त्यसमाथि छेउमा पसिना गन्हाउने मान्छे पर्यो भने त झन्........।
यस्तै सास्ती सम्झेर म बेलुका प्रायः हिडेर आँउछु अनामनगरदेखि कपनसम्म । तर बिहान भने माइक्रोको सास्ती चाख्ने गर्छु आफ्नै अल्छीपनका कारण । राजधानी बसेपछि भिडभाडमा यात्रा गर्न अभ्यस्त पनि त भइराख्नु पर्यो नि ।घरछेउमै माइक्रोको अन्तिम बिसौनी भएकोले सीट पाउन त्यति गाह्रो चाँहि छैन । त्यसैले भरसक सास्तीबाट बच्न प्रायः म ड्राइभरसँगैको क्याबिन सिट रोज्ने गर्छु ।....... ......
म त्यो दिन पनि ड्राइभरसँगैको क्याबिन सिटमा बसेको थिए । माइक्रो हिड्नै लागेको थियो । त्यसैबेला अघिल्तिरबाट एउटी युवती आइन्, २५-३० बर्षउमेरकी । अग्ली, खाइलाग्दो ज्यान भएकी ।"वा, क्या दामी माल" युवतीलाई देख्नासाथ उस्तै ज्यान भएको जुल्फे ड्राइभरले साउती स्वरमा भन्यो र घुटुक्क थुक निल्यो । सँगै बसेका अर्का पुरुषले पनि युवतीतिर हेरे ।नीलो पाइन्ट, सेतो र्सट र नीलै कोट लगाएकी ती युवती कुनै अफिसकी जागिरेजस्ती देखिन्थिन् । माइक्रोको ढोकानिरै आएर उनले सोधिन् "सिट छैन?""सिट त छ तर खाली छैन" खलासीले जिस्कायो ।"ओए कान्छा, उहाँलाई मिलाएर हाल्दे" -ड्राइभरले आफन्तजस्तै ठानेर उदारता देखायो, द्धैधअर्थी शब्दमा । म मसुमुसु हाँसेँ ।उनी जसोतसो चढिन् चेप्टिएर । माइक्रो अघि बढ्यो ।...... .......भोलिपल्ट पनि त्यही समयमा माइक्रो बिसौनी पुगे । संयोगवश त्यो दिन पनि त्यही माइक्रोको पालो थियो । सदाझै अघिल्तिरको क्याबिन सिटमा बस्न खोजे । शिशा पुछिरहेको खलासीले मलाई अगाडिको सिट खाली नभएको बतायो । "को छ?” मैले सोधे“। "गुरुजीको मान्छे छ" ड्राइभरहरु बस्ने छेउको होटलतिर देखाउदै उसले भन्यो । पैसा तिरे पनि ड्राइभर खलासीको निगाहमा यात्रा गर्नु यात्रुहरुको बाध्यता हो । प्रतिवाद गर्न साथ अर्को अनिष्टको सामना गर्नु पर्ने हुनसक्थ्यो । त्यसैले म चूपचाप पछिल्लतिरकै सिटमा आएर बसे ।मभन्दा पछि आएका यात्रु पनि अगाडिको क्याबिन सिट खाली देखेपछि त्यही बस्न खोज्थे । तर खलासीले उनीलाई पनि मलाई जसरी नै अगाडिको सिटमा बस्नबाट बन्चित गर्यो ।गाडी हिड्ने समयसम्म पनि उसले अरु कसैलाई बस्न दिएन । पछाडि भरिएर खादाखाद भइसकेको थियो ।गाडी हिँड्ने बेलामा तिनै युवती हतारहतार आइन् अघिल्लो दिनको जसरी । खलासीले उनलाई स-सम्मान क्याबिनको बीचको सिटमा राखिदियो । त्यसपछि अर्की युवतीलाई ढोकापट्टकिको सिटमा ।"ए केटीहरुलाई बस्न दिन पो नदिएको रैछ" यात्रुमध्ये कसैले साउतीको स्वरमा भन्यो ।"यो ड्राइभर खलासीको त जातै नहुने" अर्कोले थप्यो ।अरु मुसुमुसु हासे ।मचाहिँ अधिकांश ड्राइभर खलासीको युवती मोहको कारण के होला भनेर सोच्न लागे ।गाडी गुड्दै गर्दा ड्राइभरले क्यासेट प्लेयर बजाउन खोज्यो तर प्लेयर र क्यासेट दुवै थोत्रो भइसकेका कारण राम्ररी बज्नै मानेनन् ।उसले क्यासेट र प्लेयर दुवैलाई पालैपालो हिर्कायो तर अह“ त्यहाँबाट गीत सङ्गीतको मधुरता निस्केन ।यस्तो थोत्रो क्यासेट पनि के बजाको? बजाए पनि अलि राम्रो क्यासेट बजाउनु नि युवतीले ड्राइभरतिर हेदै आफ्नो असन्तुष्टि पोखिन् ।राम्रो क्यासेट त चोर्दिहाल्छन् के गर्नु? अघिल्तिर सडकमा बिच्छाइरहेका आँखा निमेषभरका लागि युवतीतिर हुत्याउँदै उसले भन्यो "जति किने पनि साध्य हुदैन, एकदिनदेखि दुई दिन ।""पख्नुस् म भोली आउदा ल्याइदिन्छु" -युवती बोलिन् ।तपाईको क्यासेट पसल छ हो र?" ड्राइभरले सोध्यो ।होइन घरमै छ पहिल्यै किनेको । अहिले सिडी बजाउन थालेपछि त्यतिकै थकिएको छ ।""त्यसो भए त म लिन आउछु नि" ड्राइभर अलि चलाख निस्कन खोज्यो । युवतीको अनुहार पुलुक्क हेर्दै उसले भन्यो "सा“च्ची यँहा“ तपाईको घर कँहा हो?""हैन म आफै ल्याइदिन्छु नि" पहिलो प्रश्नको उत्तर नदिई युवतीले भनिन् । मलाई लाग्यो, उनले कागभन्दा कोइली चंख भन्ने उखान चरितार्थ गरिन् ।मेरो उत्रने ठाँउ भइहाल्यो उनीहरुबीचको थप कुराकानी सुन्नै सम्भव भएन ।....... .......त्यसपछिका दिनमा क्याबिनको एउटा सिट उनका लागि सुरक्षित हुनथाल्यो ।यस्तै यात्राका क्रममा एक दिन युवतीले भनिन्- "ग्यास नपाएर साच्चै बिजोग हुने भो ।"तपाईको कुन ग्यास हो?" ड्राइभरले उत्सुकता देखायो ।"एउटा बाबा, एउटा सगर" युवतीले भनिन् "बाबा चाहि पुरै खाली भैरछ । सगर पनि सिद्विन लागेको छ ।"एभरेष्ट भए त मसँग थियो"- ड्राइभरले च्याखे थाप्यो ।"नपाएको बेलामा त जुन भए पनि भइहाल्छ नि" -युवती पनि च्याखेमा लोभिइन् ।"सिद्विएपछि सिलिण्डर सट्टापट्टा गरौला नि त"- ड्राइभर अझै उदार भयो ।"तपाईसँग निकै सिलिण्डर छ कि के हो?" ड्राइभरको पछाडि बसेको मैले उनीहरुको सिलसिला भंग गरें ।"हैन, उहाको लागि चाहि छ" पुलुक्क मतिर हेरेर मुसुक्क हास्दै उसले भन्यो । मानौं, ऊ सिकारीले मृगलाई जालमा पारेजस्तै ती युवतीलाई आफ्नो जालमा पार्न चाहन्छ ।जुँगा चल्यो कुरा बुझ्यो -म चुप भए“ ।उनीहरुले भोलि शनिबार बिहान भेटेर खाली सिलिण्डर र भरी सिलिण्डर साटासाट गर्ने प्रबन्ध मिलाए ।....... ....केही दिनपछि उनीहरु राम्रैसँग जिस्किन थाले, कलेजका अल्लारे केटाकेटीहरु जस्तै । संवेदनशील अंगमा पिटपाट गर्नु सामान्य भयो । खलासीले उनीसँग भाडा समेत लिन छोड्यो ।उनीहरुबीचको उमेर मिल्दो थियो । तर आर्थिक, सामाजिक तथा शैक्षिकस्तरमा आकाश जमिनको अन्तर थियो । सामाजिक हैसियतमा मेल हुन सक्ने अवस्था नै थिएन ।तर त्यसलाई उनीहरुले पूर्ण वेवास्ता गरिरहेका थिए । शायद सच्चा प्रेममा यस्तै हुन्छ क्यारे ।उनीहरुबीचको ठट्टा र अत्मीयता हरेक दिन हलक्क हुर्कदै गयो, बर्खाको तामा जस्तै ।मचाहि उनीहरुका चर्तिकलाको रमिते मात्रै बनिरहे । अनि सोच्न थाले“- "त्यो सुशिक्षित जागिरे युवती अल्पशिक्षित जुल्फे ड्राइभरको प्रेममा फसेकै हो?".......... .......त्यस लगत्तै मैले १५-१६ दिनका लागि जिल्लातिर जानु पर्ने भयो । मैले उनीहरुका गतिविधिलाई नजिकबाट नियाल्न पाइनँ । फर्केर आएपछि माइक्रो यात्राको उही सिलसिला पुन चालु भयो । यात्राका क्रममा अरु सबै परिचित अनुहार थिए । एकैसमयमा अफिस जाने भएकोले नामले नचिने पनि सबैका अनुहार परिचितझै लाग्न थालेका थिए । परिचितहरुको त्यो भीडमा मैले ती दुई अनुहारलाई निकै दिनसम्म खोजे । तर अह, दुवैसँग जम्काभेट भएन । बिहान अफिस जाने बेलामा उसैले हाक्ने गरेको माइक्रो लागेको हुन्थ्यो । तर ड्राइभर अर्कै ।मलाई कौतुहल लाग्न थाल्यो । उनीहरु दुवै जना कहाँ गए होलान्? ड्राइभरले काम छोडेर अन्यत्रको गाडी चलाउन गए पनि युवतीसग त भेट हुनुपर्ने - युवतीले जागिर छोड्ने र ड्राइभरले काम छोड्ने संयोग एकैपटक परेको हो किर? म आफै भित्र घोत्लिरहन्थे ।एकदिन,उसले हाक्ने गरेको माइक्रोको नयाँ ड्राइभरलाई सोधे“- "यो गाडी चलाउने पहिलेको गुरुजी कता जानुभो?""तपाईलाई थाहा छैन, राजन गुरुजीले पहिलेकी स्वास्नी हुदाहुदै दुइटी छोराछोरीकी आमालाई लिएर भाग्यो नि ।"म छक्क परे“। आर्श्चर्यपूर्वक भनेँ "होइन होला ।
""किन नहुनु, अस्तीको हप्ता त्यही काण्डले कपनचौकीमा कत्रो बबाल भयो" छेउमा बसेकी एउटी अधबैंसे महिला बोलिन् । ड्राइभरले मतिर हेरेर बिजयी मुस्कान फ्याँक्यो ।जिज्ञासा मेटाउन मैले सोधे“ "त्यो छोराछोरी छोडेर सौतामाथि जाने चाहि को रैछ?"खै म मान्छे त चिन्दिनँ तर यही कपनचौकी छेउमै घर भएकी रे । सधैं अफिस जादा-आउदा लभ परेको रैछ । उसले त एक महिना पट्याएर टाप ।" ड्राइभरले एकै पटकमा कुरा टुंग्यायो ।मेरो मस्तिस्कमा चाहि सेतो र्सट, नीलो पाइन्ट र नीलो कोट लगाएर अफिस जाने तिनै युवती र जुल्फे ड्राइभर झल्झली आइरहे, आइरहे ।

-मेचीनगर -२, झापा

कबिता

इतर इतिहास र गर्भिणी समय

-सरस्वती 'प्रतिक्षा'
इतर इरिहासले कोरेका
सारा साँध र सिमानाहरू भत्काएर
गर्भिणी समय
जन्माउँन खोज्दैछे – एउटा अभिनव समय ।

हेर,
हेर हुलका हुल आइरहेका आँधिबेहरीहरू
शायद
बढारेर लजान खोज्दैछन्
साराका सारा मिथकीय रातहरू
मिथकीय निद्राहरु, मिथकिय घुराइहरू
साँच्चै हो,
केही रुपकहरूको संरचनामा
पूर्ण विराम लाग्न खोज्दैछ सदाका लागि
त्यसैले त
धमिला-धमिला किम्बदन्तीहरूको थुप्रोबाट निस्केर
क्रुर शास्त्रिय विम्बहरु
नाङ्गैफूङ्गै यताउति दौडिरहेका छन्/लुक्न खोजिरहेका छन्
यहीबेला
इतर इतिहासले कोरेका
सारा पौराणिक, अपौराणिक श्रीबन्दीहरु फुकालेर
गर्भिणी समय
जन्माउँन खोज्दैछे – एउटा अद्वितिय समय ।

अलिकति फुल - निमुखा
अलिकति अबिर – निहत्था
अलिकति अक्षता – बधुवा
शोक सन्तप्तताको भूगोल च्यातेर
धावा बोलिरहेछन्
समकालीन मष्तिष्कहीन मष्तिष्क विरूद्ध
त्यसैले त
गर्भिणी छ समय
लाग्छ,
एकपटक एक क्षणका लागि
टक्क अडिनेछन् घडिका सुइहरू पनि
बज्दाबज्दै रोकिनेछन् मन्दिरका घण्टहरू पनि
बग्न छोडेर
टक्क अडिएर हेर्नेछन् नदिनालाहरुले पनि
गर्भिणी समयले जन्माउँदा बखत
समय अन्तिम इन्क्लाबी गीत ।

ए, पहाडहरू हो !
ए, हिमलाहरु हो !
जबरजस्ती गर्भपतन नहोस् फेरि
समयको, समयका कुख्यात व्यापारीहरूबाट
आऊ,
पहरेदारि गरौँ यो समक्रमणकालीन कुरुक्षेत्रमा
यतिखेर
इतर इतिहासले कोरेका
सारा साँध र सिमानाहरु भत्काएर
गर्भिणी समय
जन्माउँन खोज्दैछे – एउटा अभिनव समय ।

-पोखरा

गजल










-डोलेन्द्र पौडेल
साच्चै हो र बाबुराम गणतन्त्र आयो अरे
नेपाली जनताहरु माझ उमङ्ग छायो अरे

घर-घरमा गाउ-गाउमा बिकाशको नारा बोकी
जनताले आटेको नयाँ नेपाल भयो अरे

बाबु बिनाको टुहुरा बालक आमाको सहारा
लिदै रुने बिचरा त्यो बल्ल गीत गायो अरे

डर्,त्रास र धम्कीको भरमा बाचेको मान्छे
आज आँफै निडर भै अधिकार माग्यो अरे

सबैको हाई-हाई प्रचन्ड र बाबुराम
पटुकी कस्नेले पनि आज पेट भरि खायो अरे

-बाग्लुंग

Thursday, November 20, 2008

कबिता

सुम्सुमाउदा नेपाल तिमिलाई

-मणी बांग्देल
तिम्रो मुल्यवान तनभरी
बगेका मेरा अमुल्य पसिनाका धाराहरू
खहरे खोला बनि सुकेर नजावस
तिम्रो काखमाथी मिठो निद शैयामा
देखेका लाखौ सुनौला सपनाहरु
हुरी बतास संगै उडेर नजावस
माधक तिम्रो उष्ण मोहपास भित्र
छल्किएका छाल झैं जवानीहरू
त्यों मोहिनि साथको बिछोडमा
ज्वालामुखि बनि फुटेर नजावस
मेरो जन्मभुमिमा पाईला पाईला गनी
तय गरेका कोसौं जीवनका दूरिहरु
लक्ष्य बिहिन चंगा बनि चुडेर नजावस
पिडाका खानीहरू
तिम्रो कण कणमा मिसाउदा
बेदनाका बोझहरू
तिम्रा हत्केला भरि बिसाउदा
कबिका दुःखान्त कबिताले
मस्तिस्क भरि गिज्याउदा
सधा चुपचाप स्थिर रहने कस्तो
रित्तो रित्तो तिम्रो मन
पिरोल्दैन बियोगले किन तिमीलाई
गर्जिदिन्छौ हरक्षण नियमित बर्सिदिन्छौ
अनि जताततै पड्किदिन्छौ
कसम छ तिमीलाई बगेका ती पसिनाको
र धेरै सुनौला सपनाहरुको
बिदाईका अन्तिम समर्पण संगै बितेका साथलाई
एक पटक सुम्सुमाउदा नेपाल तिमीलाई ।

- न्युयोर्क

लघुकथा

लिफ्ट

-कृष्ण बजगाईं
कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्षैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

उसो त उहाँलाई भुइँतलाको कोठामा सर्न मन नलागेको पनि होइन । तल्लो कोठामा आफू र माथिल्लो कोठामा आफूभन्दा साना तहका कर्मचारी सार्ने विचार गर्नुभएको थियो एक पटक । आफ्नै शीरमाथिको कोठामा आफू भन्दा साना तहका कर्मचारीहरु कसरी राख्नु ? फेरी दिनभर आफ्नै टाउको माथि ति कर्मचारीहरुको जुत्ताको टक् टक् सुन्नु पर्ला भनेर दिक्क हुनुभयो । जे भए पनि सरौं न त भन्दा आफू अघिका हाकिमहरुले यसो नगरेकोले यस्तो निर्णय लिन सकिहाल्नु भएन । आफूलाई यो अवस्थामा पाउँदा उहाँ निकै चिन्तित हुनभयो ।
हाकिमको चिन्तित मुद्रा देखेर कमाउ धन्दामा सिपालु केही कर्मचारीहरु एका-एक खुशी भए । उनीहरुले कार्यालयलाई समयानुकुल आधुनिकिकरण गर्दै लैजानु पर्ने र त्यसबाट प्राप्त हुने कमिशन लगायतका अन्य फाईदाका कुराहरु हाकिमलाई बुझाए । हाकिमलाई त्यो कुरा साह्रै चित्त बुझ्यो ।

त्यसपछि कार्यालयलाई समयानुकुल आधुनिकिकरण गर्ने नाममा प्रथम चरणमा कार्यालयमा लिफ्ट ( स्वचालित भर्याङ ) जडान गरियो । लिफ्टको प्रयोगले त्यस कार्यालयका कर्मचारीहरुमा परिवर्तन देखापर्न थाल्यो । घुमाउरो तथा साँघुरो त्यो झन्झटिलो भर्याङ चढ्नु भन्दा लिफ्ट चढेर सिधै माथि हाकिमकहाँ छिन्- छिनमा पुग्नु छिटो छरीतो र आनन्ददायी लाग्न थाल्यो उनीहरुलाई ।

त्यसपछि अधिकांश कर्मचारीहरु लिफ्ट प्रयोग गर्नमा होडबाजी गर्न थाले । अधिकांश समय उनीहरु माथिल्लो तलामा रहेको हाकिमकै कोठा र ढोका वरपर बारम्बार देखिन्थे । केही समयपछि लिफ्ट प्रयोग गर्न सिपालु कर्मचारीहरुमा झन् ठूल-ठूला परिवर्तन देखिन थाल्यो । उनीहरुको पद, पैसा र पहुँच एकाएक बढ्न थाल्यो । तर लिफ्ट चढ्न डराउने तथा परम्परागत भर्याङ प्रयोग गर्ने कर्मचारीहरु चाहीँ उही पद र अवस्थामा थिए । आफ्नो यो अवस्था देखेर उनीहरु निराश भए । त्यसपछि उनीहरु हाकिमका सामु गएर लिफ्टको बिरोध गरे । ?समयानुकुल परिवर्तन हुन नसक्ने बज्र स्वाँठ? भन्दै हाकिमले उनीहरुलाई बेस्सरी झपारे । बिचराहरु लुखुर-लुखुर पुनः उही पुरानो भर्याङ हुँदै तल उत्रे ।

कबिता

म तिम्रो सपूत

-कबिता गौतम
म जन्मँदा बाबा, पहिलो मुस्कान
तिम्रो मुहारमा थियो रे !
छोरा छोरा भन्ने समाजमा,
तिमीलाई छोरीको चाहा थियो रे !
पारस्परिक यो मण्डलीमा
रोज्यौ छोरीलाई नै सुत
तिम्रो सपना मसँगै जन्मिए
तर रिक्त, म तिम्रो सपूत !
तर रिक्त, म तिम्रो सपूत !

“तँ छोरी होस् मात्र छोरी”
एउटा छोरी भएर पनि भन्छिन् आमा
“पढ्न सक्दिन छोरीले” भन्छन्
भाइलाई डाक्टर बनाउने रे मामा
भन्नेले भन्दै गरे तर साथ दियौ
तिमीले बेची पसिना
आज अन्जानमा के बिराएछु ?
बन्न सकिन, म तिम्रो सपूत !
बन्न सकिन, म तिम्रो सपूत !

एकक्षण त्यो मेरो वालापनको
हन्हनी जरो आएको रात
मैनमवत्ति बाली, निदारमा
पानिपट्टी लगाउने त्यो तिम्रो हात
प्रश्वास बनी अँगाल्यौ मलाई
दुखेथ्यो जब चर्केर आँत
आँसु पिई बाँचिरहेछु
लाचार आज, म तिम्रो सपूत !
लाचार आज, म तिम्रो सपूत !

न हेर्न सक्छु तिम्रो ती
कलेटि परेका ओठ
न सहन सक्छु तिम्रो त्यो
पाउमा लागेका चोट
विवश भएछु बाबा, म !
सजिव भएर पनि सदा मृत
तिम्रो अस्तित्वको प्रतिबिम्ब,
भएछु नासी, म तिम्रो सपूत !
भएछु नासी, म तिम्रो सपूत !

-काठमान्डु -७ गौरीनगर ,चाबहिल

गजल

-सृजना लिम्बु
सक्छौ भने सजाएर राख मलाइ आँखा भरी
गाउँछौ भने गीत सँगै गुन्गुनाउ भाका भरी

चाहान्छौ की हाँसिरहुँ झुमिरहुँ तिमी सँगै
उसोभए फुलाउ मलाई गुराँस जस्तै पाखा भरी

तिम्रो सम्झनामा अझै जिवीत राख्ने चाह भए
सक मलाई अटाउन आफ्नो दिलको खाका भरी

सधैं सधैं याद राख्ने ईच्छा ब्यक्त गर्छौ भने
सक बरु बार लाउन जाने मेरो नाका भरी

कबिता







सपनाकी राजकुमारी

-राज रोबर्ट अजनबी सुब्बा
जस्तै बिधवाको सेतो सारी
मद होसी लिएर रातै भरि
उनी आउछिन् सपनीमा ।

हिमाल जस्तै कन्चन दन्त लहर
गुलाब जस्तै मस्त यौबन
स्पर्समै स्खलित हुन्छु जस्तो......
आकर्षक सुडौल उनको नितम्ब
बस् यति मत्र उनको परिचय।

कहिले हामी भेट्छौ चोमोलुङमाको फेदीमा
कहिले हामी नाच्छौ नागी र खर्कहरुमा
कहिले हामी तैरिन्छौ काबेली तमोरमा
कहिले हामी रम्छौ फक्ताङ्लुङ् दरबारमा ।

कैयौ पटक सुहाग रातको अनुभबमा
उनी माझ म स्खलित् भएको छु
मेरो ओठ टोकेकी छिन् उनले कैयौ पटक्
मैले नि उनलाई चुमेकोछु कैयौ पटक ।

हावाले उडाउछ जब उनको सारी
सारी झै सेतो नितम्ब देख्छु म
आक्रोस् पोख्छु हावा सित,
थुक्क! लाजै बेगर.....
अङ्ग प्रत्यङ्ग स्पर्स गर्ने हावा?
फिकर नै बेगर सारी सुर्काउने...
छि... बैसले मात्तिएको हावा?

सबैको प्रश्न? आखिर को हुन् उनी??
कोही भन्छन् कामुक द्रौपदी,
कोही भन्छन् मोनिका लेविन्स्काई ,
कोही भन्छन् होइन पिङ्गला मेनका,
तर सत्य यत्ति हो.....
म पान्डप होइन,
न त वील क्लिन्टन नै हु ,
न त हु बिस्वामित्र
बस्....
उनी सपनाकी मेरी राज कुमारी

-मामाखे ,ताप्लेजुंग

गजल

-बूंद राना
सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली ।

ओइलाई फूल सारा फूलबारी शोकमा छ,
दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

एकचोटी फेरि टिष्टा सम्झौँ न काँगडा त्यो
काटेर ज्यान दिँदा लाग्दैन कि कहाली ।

घाउ हो सानोतिनो ठानेर छोडिदिए
क्यान्सर भैदिएमा सकिन्छ र सम्भाली ।

देख्दैछु आज सारा अनुहारभित्रको आगो
हो, रात ढल्ने छैन राँको ठूलै नबाली ।

कबिता

हिंसाको बुद्द

-हाङयुग अज्ञात
बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक
कत्ति पनि बुझ्न नसकिरहेको राष्ट्रीयता
दिज्यू !
पहेँलो जमराले किन मेरो मन तानिरहेको ?

घुस्न किन नसकेको म ?
तिनीहरूको मानसपटलमा
भीड़ छिचोलेर मन्चसम्म
निशुल्क सडक नाटकमा,
दिज्यू !
बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक ।

यो छातीले पहाडको सिरानी लगाएर
हेरिरहेछु समुद्रको पन्ना
बाँधिएको मनमा
बन्चरोले ठूगूँ लागिरहेछ घुच्चुक ।

ममाथि शासन गर्ने को श ?
त्यो,
त्यो जसको बुद्धि बाहिर डुल्न गएको छ ?
याँ-म
रगतले बगूँ लागिरहेको देश ।

दिज्यू !
बिम्बित अक्षर यस्तो धङधङ्गी ता
मेरो पागलपन पनि
बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक ।

गजल

-ललीजन रावल
शीतको थोपा उडिगयो, बिहानीका घाम संगै
मेरो नाउँ जोडिएला, फेरि तिम्रो नाम सँगै ।

बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो
फुलेका ती फूलहरु, झरिगए यामसँगै ।

मलाई कायल बनाइसके, रोइ रोइ यी आँखाले
तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै ।

जिन्दगीको एउटै पङ्ति , धेरै लामो हुदोरैछ
रोकिदिउकी आफैलाई, एउटा पूर्णविराम सँगै ।

हुलबाटै टाढा हुन मन लाग्छ कैलेकाही
तरै लाग्नुपर्दो रैछ,मानिसका लाम संगै ।

गजल

-दिलिप राई 'सगर'
गीत बनाई तिमीलाई ,लेखू-लेखू लागिरहेछ
एक छिन भए नि कहा, भेटू-भेटू लागिरहेछ

यों कस्तो खुलदुली हो, कस्तो छटपटी हो
एक दिन नभेटे नि , देखू-देखू लागिरहेछ

यों कस्तो तिर्सना हो, कस्तो गाढा सम्झना हो
सधै तिमी हिड्ने बाटो ,छेकू-छेकू लागिरहेछ

म छेउ अईदेऊ तिमी, साथी भईदेऊ जून बनी
केश खुल्ला देख्दा फूल, फ्याकू-फ्याकू लागिरहेछ

रात पनि दिन बन्थे , तिमी पाए धन्य हुन्थे
झरना सम्झी मनको तिर्खा, मेटू -मेटू लागिरहेछ

-उर्लाबारी ४/२५३ ,मोरंग

Monday, November 17, 2008

गजल

-मौलश्री लिम्बु
छुपाई यो मनको कुरा,तिमीसामु पोखिन
आफ्नो सम्झी भुल गरेछु,पराई किन सोचिन

दोधार पर्थे तिमीसङ्ग्,खोल्न पनि गथासो
चाहे मैले तिमीलाई,भाग्यसङ्ग जोखिन

छोडी जाने समयलाई,ख्याल गर्न सकिन
अतित सारा बिर्सु भन्छु,सम्झिन झन् छोडिन

पोखु मर्म कस्लाई म,तिमी थियौ भरोसा
दुखियाको दुख्छ मन,म कहिल्यै चोखिन

कस्तो होला म विनाको,सुनौलो त्यो सफर
टोलाइ रहे क्षितिजसम्म,मुहार मैले छोपिन

-झापा
ईमेल :-maulshri_limbu@yahoo.com

Sunday, November 16, 2008

लघुकथा

छुत-अछुत

-रबिन्द्र राई 'अधुरो'
U 13 को ryapid बसबाट केएल आउँदै थिए। केपोङ जस्को मार्केट अगाडिबाट एक अफ्रिकन महिला बसमा उक्लिन । उन्को साथमा केही गह्रुङो समान बोरा थियो। भित्र प्याक गरिएको उक्त समान कुनै मेशिनको पार्ट पुर्जा जस्तो अनुमान लगाए । मैले गह्रु पाराले उचालेर ढोका छेवैको सिट मुनी राखीं । त्यहा दुइवटा सिट मध्य एउटा सिट खालिनै थियो । अर्कोमा चाइनिज अधबैसे पुरुष बसिरहेको थियो । ति महिला त्यही खाली सिट्मा बस्न के आटेकी थिइन त्यो पुरुष ले पछाडि बस्ने सङ्केत दियो । मैले तत्काल के सोचे भने ति सभ्य भनाउदो पुरुषले छुवा छुत को ब्याबहार गरिरहेको छ तर समान गह्रुगो भएको प्रष्ट्याउदै ती महिला त्यही सिट्मा थ्याच्छ बसीं। सभ्यपुरुश् ले नाक खुम्च्यौदै झ्यालतिर अनुहार मोड्यो ।
बस अगाडि बढन थाल्यो । केही मिनेट पछि त्यो सभ्य पुरुष जुरुक्क उठ्यो र जबर्जस्ती त्यो सिट छाड्दै महिलाको टाउको माथि प्याच्च थुकिदियो र फाटाफट् गएर पछाडिको सिट्मा बस्यो। ती महिलाले प्रतिकृया स्वरुप गाली मात्र गरिन "तँ मर्ने बेलामा राम्रो सँग मर्दैनस र स्वर्ग पनि जादैनस भगवानले हेरिरहेको छ। "उन्ले भगवानको नाम पुकारीन । मन्मनै सोचे- महिला हुनुको पिडा स्पस्टै देखियो । यदि ती अबला नारीको ठाउमा कुनै पुरुष भैइदिएको भए त्यो सभ्य पुरुषले थप्पड खाने निस्चित थियो । यी आँखैअगाडिको दृश्य बस भित्रका यात्राु हरुले रमित मानेर हेरिरहेका थिए । कसैले प्रत्यक्ष प्रतिकृया जनाएनन। बस आफ्नै गतिमा अगाडि बढीरह्यो । मेरो मनमा ती महिला प्रति एक किसिमको सहानुभूति त पलाएको हो तर म आफै पनि कम्जोरी भएको कारण केही गर्न र भन्न सकिन । अन्तरराष्ट्रिय संधि सम्झौताले जातिय भेद भाब र छुवा छुत हटाएपनी ब्याबहारमा यो जीबितै रहेछ भन्नेलाग्यो । आफ्नै मुलुक अफ्रिकी राष्ट्रहरुमा जातिय भेद भाब भोग्दै अैरहेको यी काला जाती हरुले बिदेशमा पनि भोग्नु पर्दाको अन्तर्पिडा नजिक बाट महसुश गरे। मैले नेपालका दलित हरुलाई सम्झे मुलुकी ऐन मार्फत ४२ बर्ष भन्दा अघि अछुत प्रथा बन्द भएकोलाई मुक्ती दिबश भनेर मनाउन थालिए पनि आज सम्म मुलुकका अधिकाङ्स ठाउमा अछुत् को अछुत्तै छन मन् भरी यस्तै कुराहरु खेलिरह्यो । बस बातुलीमा भन्ने ठाउमा रोकियो । ती महिला ओर्लिन तर उन्को टाउकोमा बाधिराखेको पछ्येउरामा अझै पनि थुक टल्की रहेको थियो ।

-बुइपा ,खोटांग
हाल: मलेसिया

संस्मरण

प्रेमको दुखाइमा मिठो अनुभूति

-देबिन बाबु राई
जित त उसैको हुनु थियो, भयो हार त मेरो पेवा नै हो। जित्ने बाजीमा पटक पटक हारेको मेरो प्रेम कथासमाबेश गर्ने प्रयासमा छु।
नमस्ते पाठक बृन्द् , मेरो उमेरको सुर्योदय हुनु अघि नै शैशब शखी बनेर आशमाया म सङ्ग आई। त्यस्ती थिई आशमाया, मिर्मिरेप्रभातमा अन्तुको घमाइलो अरुनिमा भन्दा सुन्दर।कालीमाको अर्थ पुर्ण नरम काली केश्रशिहरु, हिउ पोतिएका कोमल मुहार,गुलाब जेलिएका ती पातली युगल ओठ। शृङ्खलाबद्द मिलेका मोतीका दन्तहरु। कतै खोट नदेखिएकी नभेटिएकी दुर्लभ सौन्दर्यवती आशमाया। जस्ले मेरो पाईलाहरु पछ्याई। हामी बाच्दै आयौ ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भएर। समयको रफ्तार सङ्गै शारिरीक बनावट पनि हुर्किएछ, जवानीको रुप रेखामा परिबर्तन भयौ हामी दुबै। हामीले सर्बस्व सुखहरु पायौ त्यस अबधीमा। हामी सम्पन्न भयौ खुशीहरुको। हुन मेरै अघि थुप्रै थुप्रै अफर हरु आए आशमायाको लागि। पराधिन भनेर जान्दा जान्दै पनि राम्रो चिज् लुट्न लाज मान्दैनन् मान्छेहरु। आशमायाले ती सब अस्वीकारी। जसबाट आशमाया सुख स्वर्ग र ऐस्वर्यको बेगम बन्न सक्थी। तर पनि त्यस्ले कुनै पर्बहा राखिइन त्यस्को। सङ्गैको उठ बसमा एकदिन छुट्टिने बियोग आयो। बिबश आशमाया शहर गई अध्यायनको लागि। त्यो बेला महशुस भयो आशमाया सङ्गको बिछोडमा मनहरु कति बिरक्तिएछ।त्यत्रो बिधि ठुलो सन्सार् पनि साघुरिएर अटेस मटेस भएर बाचे झै भान भयो। म पखेरु खन्दा खन्दा थाकेर हैरान हुन्थे। सधै सधै त्यसरी थाक्दा मेरो कपाल आफ्नो काखमा राखेर सुम्सुम्याइदिन्थी। ती गजबको पलहरु सम्झना गर्दा म भाबुक र उदश हुन्थे। निलाम्य गगन माथि सेता बकुल्लाहरुको उडान देख्दा एउटा निर्दिश्ट अभिप्रायको यात्रु झै लाग्थो जीबन।स्वाश बिनाको बन्द कोठा बन्यो मेरो धर्ती। तर कष्टका त्यति धेरै दिन हरु बिताउन परेन। आशमाया तुरुन्त आएर बिछोडका तिक्त अनुभूतिहरु पोखी म मा। आशमायाले कौतुहलता प्रस्तुत गरी, आखिर किन एउटै आभाष हुन्छ हामी दुबैमा? बास्तबमा हामीले बुझ्न नसकेको त्यो एक बेलाको मिठो प्रेम थिएछ। आशमाया फेरि फर्कनु थियो, मलाई साथै लैजान खुब हत्ते गरी, कर गरी, र केटा केटीलाइ झै फकाई-सानो तिनो काम खोजेर हामी दुबैले धेरै थोरै पैसा कमाउनु पर्छ। तर म असहमत भए। तर उसले अझ जिद्दी गर्दै भनी-" म कमाउछु तिमी मेरो कोठामा पर्खेर बसिदिए मात्र पुग्छ।" मैले भने-'हुदैन।'केही नलागेर उसले मलाई तानी, घिसारी, रोई, कराई मलाई साथै लैजान नपाएर। मैले ती सब कृयाकलापहरुको अस्वीकार् गरे कि मैले त्यहि गर्नु थियो। जानु पुर्ब रुदै भनी-'पछि यी एक- एक पल हरु सम्झेर नपछुताउनु।' अनि उ झट्टारिएर गई त्यहा बाट भने म मुख दर्शक भएर मुर्तिवत् हेरीरहे। म सङ्ग असिमैइच्छाहरु हुदा हुदै त्यति मायालु प्रस्ताबहरु स्वीकारेर आशमायालाई पछ्याउन सकिन। आशमाया मेरी प्राण हो, ढुकढुकी हो, जो मेरो हृदय गतिमा सकृय बनी दिन्छे पलपल। तर म भित्रको बिबशता निश्थुर छ। म उसको बन्धनमा छु। मन मनै भने मैले- आशमाया तिमीलाई मेरो बिबशता फुकाएर देखाउन असमर्थ छु ।
यसबेला.......... त्यसपछि आशमाया कहिल्य फर्केर आईन। मैले धेरै पत्र हरु कोरे,फोने हरु उतिकै गरे, तर प्रतिकृया केही पाइन, प्रेम पिरतीको कुरा न हो खुशाउन मात्र कहा हुन्छ? रिसाउनु पनि त हुन्छ, सायद मेरो अस्वीकारको रीसले फुल्लिएकी हुदिहो, आफ्नो मायालु प्रस्ताबहरु इन्कार भएकोमा दिल दुखाएकी हुदिहो, प्रेम पिरतीमा प्रणयकोप उतिकै हुन्छ। म तुरुन्तै गएर उनको सामु रुदै माफ माग्न पनि सकिन, बरु मर्माहत् भएरप्रतिक्षामा धेरै महिना हरु फटाए। अरु क्रमश खोलाहरु बगेर दिनहरु संगै समुन्द्र भेटिसके, सायद् कयौ यामहरु बदलिए पटक्-पटक्, तर सन्चै आशमाया फर्केर आईन। फेरि एउटा तुषार बृष्टीको याम आयो शरदहरुलाइ नष्ट गर्दै, मनभरिका कल्पना समेत ठिहीले खाएछ।
.......... त्यस पछि आफ्नै निर्णयमा झोला बोकेर बयस्क माता पितालाई रेखाको साथ छाडी शहर पसे। किनकि आशमायाको अनुपस्थितिमा दुखेको घाउलाइ त्यहा गएर मलम पट्टी गर्नु थियो, ठेगानाको भरमा म त्यहा पुगे। आशमाया, जसलाई हेर्न मुटुको गति असन्तुलन थियो। उसको ढोका जो खुल्न बित्तीकै म मेरी आशमायालाई देख्न सक्छु। मैले बाहिर बाटै बोलाए पछि एउटी केटी आई को हो भन्दै, कपाल खैरो र अर्धनग्न बस्त्र जस्ले आदिम युग र सस्कृति उपर चुनौती प्रस्तुत गरेको भान हुन्थ्यो। मैले भने- 'आशमाया छैन र यो कोठामा?' त्यो केटी खित्खिताएर हास्दै भनी 'अनि म को हु त? तिमी आशमन हैन? बुढो भैसकेछौ आशमन तिमी।' म छक्क परे। आशमायाले मलाई आफै सङ्ग भित्र लगी, आशमाया त बुथुरी भैछे, मगमग बास्ना आउने फूल् जस्तै र बोली पिच्छे अङ्ग्रेजी प्रयोग गर्ने भैछे।उसले गाउघरको बारेमा झार पात सम्म केलाएर अनेक सोधी। हुन पनि निक्कै परिबर्तन भएको छ गाउ घरमा आजकल। पिउने पानीको धारा घर घरमा आयो, राणा ज्युले गाउमै मिल राखेको छ, ल्याम्प पोस्ट हरु धमाधम थड्याउदैछ, आधा बस्तीहरु त बिजुली बालेर झलमल्ल भैसक्यो। घर्ती बाजे र कुतुनी बजुको एक हप्ताको हेरफेरमा देहान्त भयो।राम भाइको बिहे भएर पनि छोरी जन्मेको छ। सन्तेको स्वास्नी तिलाघरे सङ्ग पोईला गैइ।समयको दौडानमा मान्छे हरुको भाबभङी यस्तै छ'- मैले सबै बताए भने उसले चाख मानेर सुनिरही।

खाना खाए पछि सुत्ने बेलामा उनी गूडनाईट भनेर सुत्न अर्को कोठमा गई। जसलाई यो भन्दा पहिले बालाकाल देखि मेरो अङ्गालोमा शिर राखेर नसुते निन्द्रा नलाग्ने किन आज अर्कै कोठामा सुत्न ग ई? आखिर पबित्र प्रेमम के नै त्यस्तो बिगार हुन्छ र? मलाई असह्य भयो र मैले उसलाई उसको कोठा बाट तानेर ल्याए र आफ्नो अङ्गालोमा कसेर उसको गाला भरि चुमिदिए। तर त्यस्ले आपत्ति प्रस्तुत गरी।'यो के गरेको,आशु? भनेर पन्छिन खोजी। तर म कहा सजिलै उम्किन दिन्छु उसलाई। किनकि उसलाई नपाएर म त्यति टाढा देखि यहा सम्म आएकोथे। त्यसले बल गरी भने,मैले उसलाई उम्कन नदिने चेष्टामा समात्ने हुदा अचानक मेरो हात उनको छातीमा थुरिन पुग्यो। तब त्यो भुइमा बसेर सुक-सुक गर्दै रोई भने बाहिर बाट दुई जना केटीहरु आए। तिनीहरु आएपछि झन रुन थाली आशमाया।मैले शन्देह पन्छाउन लाइ भने-'केहि भएको छैन'। त्यसपछि तिनीहरुले आशमायालाई लिएर गए। मलाई रातभर निन्द्रा लागेन। भोलि बिहन आशमाया चिया लिएर उपस्थित भैइ, तर केहि बोलिन, उसको पछदि शशी भन्ने केटी पनि थिई। मैले सरी भनेर कान समाए साथै उठ्बस पनि गरे।'आशमाया, मेरो मनमा रति छैन पाप कुकर्मको, मलाई तिमी सित मिठो बातमा रात कटाउन मात्र थियो।' तब उनको पछाडि उभिएकीशशीले प्रतिकार गरी-'एउटा जवान केटा र केटी कसरी एउटै बिछ्याउनामा रात कटाउन मात्र सक्छ?' तब मैले भने कठोर प्रतिबादमा-'त्यो भ्रम हो,शशी।हामी गाउलेहरु त्यस्तो हुदैनौ। हाम्रो समाज धेरै शभ्य छ, धेरै महान छ। शशीले बिचैमा कुरा काटी-'ए त्यसो भए तिमीहरुको समाजमा अबिबाहित नारी पुरुषहरु एउटै बिछ्याउनामा सुतेर रात कटाउने चलन पनि छ? 'तब मेरो मुख बन्द भयो। अब भने मेरो आखा तलाउ भएछ मोतीहरुको। यो देखेर आशमायाले मेरो कपाल सुम्सुम्याउदै भनी-'आज मैले नगरकोट घुम्न जाने प्लान बनाएकी छु। तर मलाई अब त्यहा एकछिन बस्नु थिएन त्यो अनादरको भिडमा तमसा भएर।मैले झोला बोकेर बिदा माग्दै भने-'अब तिम्रो नगर्कोट जाने प्लान तिमी सितै राखेर मलाई बिदा देउ।' तर त्यस्ले मेरो बाटो छेकी र भनी-'आज म तिमी सङ्गै गफ गरेर रात कटाई दिन्छु।त्यतीले नभएर त्यस्ले ढोका पनि लगाई। रोई आशमाया। मैले परबाह गरिन।तब शशी बस चढाउन सम्म आई। बस चढाएर भनी-'सोझो मान्छे,मलाई थाहा छ तिम्रो नादानी बहुत माया लाग्दो छ। यदि मेरो कुराले तिम्रो दिल दुखेको छ भने तिम्रै भलाइ कै लागि भन्दैछु। अब असिमको भाग्य बाट पर जाऊ। उनको बिबाह एउटा चरचित मोडेल केटा सङ्ग हुदैछ र ऊ सङ्ग असङ्ख्य सुख सवारीका साधनहरु छन्। अब यो शौभाग्यको बिछ्यौनामा उसलाई खुशी साथ निदाउन देऊ।' तब म शुन्य भए। मैले भने-'शशी, यदि यो सत्य हो भने म भित्रको बुद्धको किरिया खाएर भन्छु। आशमायाले रोजेको शौभाग्य प्रति मलाई गर्ब छ। अब म उसको मनको दरबार बाट बसाइ सरिदिन्छु। रुनु त मैले पर्ने हो तर त्यसले आशु पुछी।गाउ फर्कदा थाहा भयो आशमायाको बिबाहको कुरा छिनेर घरमा निम्तो पनि आइसके रहेछ। घरको सज्जावट् गर्ने जिम्मेवरी म मा पनि परेको रहेछ। रेखाले मेरो अनुहारमा त्यस्तो के पाई कुन्नि नियालेर हेरी खुब,अनि मात्र भनी- 'लेखक भनाउदाहरु कहिल्यै सुखी हुदैनन्।' हामीले उनको घर झिलिमिली पारेर सजाइदियौ।अनि प्रतिक्षाको आतुर घडिहरु सङ्गै पजेरोमा आई आशमाया। गाउलेहरुले स्वागत गरे भने मैले शशीले भनेझै त्यहा जानु थिएन त्यो बेला।हो, उनको शौभाग्यको बिछ्यौनामा मैले काडा बन्न हुदैन। अन्तमा आशमायाले सिन्दुर पाई, चुरा पाई,पोते अलङ्कार पाई, सुहाउदो जोडी पाई।अनि आफु अन्मिनु अघि मलाई भेट्न आई।मैले आफ्नो आखाले पचाउन नसकेको आशु पुछ्दै भने-'बधाई छ।' उसले हास्दै भनी-'किन रोएको?' मैले सहजताका साथ भने-' म पछुताएर रोएको होइन। एउटा खुशी ,एउटा अशिम् हर्शले हो। यो सुखको उत्सबमा सुदुर प्रान्त बाट उर्लन्दै आएको समुन्द्रको भन्दा नुनिलो पानी, यदि आशु नै हो त यस्को कुनै अस्तित्व छैन। भाबबिभोर शब्दहरुको गोता पाई को कसो आशमाया अलिक भाबुक देखा परी।त्यस पछि अन्मिएर गई आशमाया गाउबाट।
म एकान्तबासी भए। निर्जन प्रेमी भए। धेरै भएछ पान्डुलिपि लेख्नलाई कलम नसमाएको। किनकि लेखेको कथा आहा कति राम्रो भन्ने आशमाया नभएर पनि हुदो हो। यस पटक भने कथाको बिसयबस्तु खोजी राख्न परेन। किनकि म आफैमा करुण कथा थिए। आफैमा बिभत्स कहानी थिए।कपी र कलम रेखा बाटै प्राप्त भयो। थप प्रेरणा र उत्साह पनि। त्यो केटी अत्यन्त सरल र सरस छे।उ पहाड बाट यहा पढ्न आएकी हो।यही बस्छे।पढ्छे। घरि घरि त म सङ्ग बाद बिबादमा नारिएर खुब झोक पनि चलाउछे। तर त्यतिकै मायालु पनि छे। बिच-बिचमा चिया चमेना र फुर्सदमा हाड बजार गर्न पनि सघाउछे। र पान्डुलिपि पनि सिद्दिएछ।त्यस्ले सक्न बित्तिकै हेर्न मागी र मैले दिए।
आशमाया एक बिहाननै आएर मेरो शिर फालिदिदै भनि-'आशमन दाइ, म घर फर्कदै छु।' एका बिहाननै यस्तो कुराले भने निकै मन बिझाए झै भयो। मैले सोधे-' किन?' उसले भनी-'किन भन्नु र? मेरो बिहेको कुरा छिनियो अरे।' किन किन म यो पटक भने अत्यन्त शिथिल भए। त्यस्ले भनी-'जाने बेला मलाई तपाईको चिनो दिनुहुन्न?' फोटो लैजाउ भन्न नपाउदै उसले भनी-' हजुरको लेख पान्डुलिपि।' मैले बुझे-त्यो अर्टिकल पधेर रोएकी थिई। मैले त्यो पनि दिए। त्यसपछि त्यस्ले सुसुप्त स्वरमा भनी-'काही कतै दुखाएको छु भने क्षमा प्रार्थी छु,अस्मन् दाइ।' त्यो जान लाई उठी भने म त्यसलाई पुर्याउन अलिक पर सम्म गए।मैले छुट्ने बेला भने-"सुखमय होस् तिम्रो दाम्पत्य जीबन्" त्यस्ले बर्बर् आशु बगाई। मैले उसको हात समएर भने-'रेखा।।। '।तर त्यस्ले हात छुताउदै भनी-'अबेर भायो।' अनि त्यो गैइ।हेर्दा हेर्दै कति खेर ओझेल परी। त्यो उनको चरन्यास र प्रतिबिम्ब मात्र बाकी रह्यो कही काही गोरेटोमा। तितो पिरो पिडाले खुम्चिएर पनि मिठो दुख्यो यि सब अनुभूतिहरु। तर मेरो रुखो र अनाबृष्ट आखाले किन्चित् एक थोपा आशु सम्म झारेन।


-बसाहा -१, उदयपुर

Saturday, November 15, 2008

निबंध

रहरै रहर

- जयदेव गौतम
रहर नै नभएको, कुनै रहर नै नपाल्ने मानिस संसारमा कोही होला कि ? केही रहर नबोक्ने, कस्तै रहर नसाँच्ने, कत्ति पनि रहर नपाल्ने, कहिल्यै नरहराउने मानिस कोही होला कि ? यस्तो रुमानी कल्पनामा हठात् डुबुल्की मार्दा पनि मन पुलकित भएर आउँछ, हृदय रोमाञ्चित भएर जाग्छ । किनभने जम्माजम्मी तीन अक्षर मिलेर बनेको रहर शब्द उच्चारण गर्दा जति मीठो लाग्छ, सुन्दा उत्ति नै प्यारो अनुभूत हुन्छ । यो आफैँमा सरल छ, सपाट छ, सुस्पष्ट छ । यसको सरलताभित्र शब्द गाम्भीर्य लुकेको छ, भाव गाम्भीर्य भरिएको छ, स्वर माधुर्य पनि छ र श्रुति माधुर्य पनि । यो सुन्दर छ, शान्त छ, रसिलो छ, भरिलो छ, चिटिक्क छ । आकारमा सानो भइकन पनि रहरले आफूभित्र अथाह सम्भावनाका मूलहरू समेटेको छ ।
तपाईं रहरलाई एक नामले होइन, अनेक नामहरूले बोलाउन सक्नुहुन्छ । व्याकरण र भाषाशास्त्रीहरूको लबजमा जसलाई पर्यायवाची भन्न सकिन्छ अर्थात् इख, धोको, मन, तृष्णा, इच्छा, आकाङ्क्षा, महìवाकाङ्क्षा, सपना, जपना आदि जे भन्नुहोस्, यी सबै रहरकै एक वा अर्को स्वरूप हुन् । आत्मा एउटै हो, आवरण पृथक् हो । सार एउटै हो, रूप अलग हो । प्रकृति समान हो, मौसम फरक हो । वृक्ष एउटै हो, शाखा प्रशाखा पृथक प्रतीत भएका मात्र हुन् ।
मानिसमा अनेक रहर हुन्छन् । एकाध ज्ञानी महात्मा र महापुरुषको अपवाद छाडीदिउँ, अन्यथा सबै मानिसमा तीन आधारभूत रहर हुन्छन् । स्त्रीलाई पुरुष र पुरुषलाई स्त्रीको रूपमा योग्य र सुहाउँदो जीवनसाथीको रहर हुन्छ, जीवनसाथी मात्र भएर हुंँदैन, उसलाई धनको रहर हुन्छ र त्यससँगै हुन्छ सन्तानको रहर । यिनै तीन रहरसँगै जोडिएर आउँछ यश र प्रतिष्ठा कमाउने रहर । त्यसो त पोको नै हो मानिस रहरहरूको । कसैलाई अकूत धन कमाउने रहर, कसैलाई नाम कमाउने रहर, कसैलाई ठूलो मान्छे बन्ने रहर, कसैलाई अरूलाई ठगी खाने रहर, कसैलाई गफ चुट्ने र घुमी हिँड्ने रहर, कसैलाई भलाद्मी हुने या देखिने रहर, कसैलाई पारिवारिक रवाफ देखाउने रहर, कसैलाई के रहर त कसैलाई के । यावत् रहरका प्रकृतिहरूलाई बालापन, अझ किशोर वयको अवस्थासित तुलना गरी हेरौँ त, मानिसका रहरालु मनका पत्रपत्र आफैँ प्रष्टिँदै जानेछन्, कुनै मोटो पुरानो ठेलीका पानापाना उप्किदै गए जसरी ।
अहो, मानिस सानो छँदा छाती भरिभरि कति सपनारूपी रहर हुने गर्छन्, कस्ताविधि रमाइलारमाइला कल्पनाहरूले डोर्‍याउने गर्छन् । रङ्गीचङ्गी विचारहरूले मन नै फुरुङ्ग्याइदिन्छन् । कतै केही देख्यो भने तत्काल त्यही हुन्छु भन्दै त्यसकै पछि भाग्न खोज्ने बालहठ Û अस्पताल गयो, बालसुलभ इच्छारूपी रहर डक्टर बन्न लालायित हुने । खेलमैदानमा पुग्यो, सफल खेलाडी बन्ने रहर । अध्ययन कक्षमा उपस्थित हुँदा राम्रो शिक्षक बन्ने धोको, गीत सुने गायक बन्ने रहर, गीतकार देखे गीत लेख्ने रहर, वकिल देखे वकालत
-कानुन) पढ्ने रहर, पत्रकार देखे महान् पत्रकार बन्ने रहर, पाइलट देखे विमान उडाउने रहर, योद्धा देखे लडाका बन्ने रहर, सिनेमा हेरे नायक बन्ने र अन्याय एवं खलनायकहरू विरुद्ध लड्ने रहर..., अनि यस्तै केके हो केके । यस्ता एकपछि अर्का क्षणिक रहरालु सपनाहरू सँगाल्नु पनि कति आनन्ददायक हुने गर्छ जीवनको त्यो वयमा । अझ आफूले सोचेअनुसारको आफू बन्न नसक्दा मन कति छटपटिन्छ । केवल तिनै रहरहरूबाहेक जिन्दगी अरू केही हो भन्ने नै लाग्दैन । व्यावहारिक जीवनका जटिलता र उहापोहहरू बाल मस्तिष्कको क्षितिजभन्दा धेरैधेरै टाढा हुन्छन् तर प्रकृति तटस्थ हुन्छ, समय निर्दयी बन्दै जान्छ । जीवनका जटिलताहरू र दैनिक भोगाइहरूको निर्ममताले अँठ्याउँदै लगेपछि धेरैजसो हाम्रा बालरहरहरू फगत लहड बन्न पुग्छन् र बित्दो समयसँगै क्रमशः मधुर स्मृतिमा फेरिंँदै जान्छन् । जतिसुकै रहर गरे पनि हाम्रा बाल रहरहरू फेरि कहिल्यै फर्केर आउन सक्दैनन् । जीवनमा सबै कुरा एकपटक पाइन्छ, घरिघरी पाउन सकिँदैन । सायद यसैको नाम हो मानव जीवन ।
मानिसको जीवन त हो नै रहरहरूको शृङ्खला । एक पुस्ताबाट अर्को पुस्तासम्म हाँगा फिजाइरहेको हुन्छ यही रहरले । एउटा रहर पूरा भएको हुँदैन अर्को रहर जन्मँंदै गइरहेको हुन्छ । बाबुबाजेहरूले, आमाबज्यैहरूले आफ्नो पालामा अथवा आफूले पूरा गर्न नसकेका रहरहरू, आफूले हासिल गर्न नसकेका उपलब्धिहरू अझ बेलाबखत आफूले प्राप्त गरेका सफलताभन्दा अझ धेरै र लोभलाग्दा सफलताहरू आफ्ना छोराछोरी नातिनातिनीहरूले हासिल गरिदिउन् भन्ने चाहन्छन्, आफ्ना अधूरा रहरहरू नयाँ सन्ततिले पूरा गरेको हेर्ने रहर पाल्छन् । यो प्रवृत्ति रहरहरूको क्रमिकता हो, शृङ्खलाबद्धता हो, एक पुस्ताबाट अर्को पुस्तामा गइरहने रहरयात्रा हो । यो रहरको कुनै सीमा छैन, कुनै बन्धन छैन, कुनै लगाम छैन र कुनै निर्दिष्ट दिशा पनि छैन । रहरहरूको लिगेसी मानिसमात्रको जन्मजात विशेषता हो, जन्मौटे गुण हो ।
रहर जडता भन्जक हो । मूढता, कुपमन्डुकता र स्थिरता भन्जक हो । यो गतिशीलताको द्योतक हो, निरन्तरताको कण्ठाहार हो । ती सब कुरा रहर नै त हुन्, जसले चाल्र्स डार्बिनलाई मानवको विकासवादको सिद्धान्त पत्ता लगाउन प्रेरित गरे । राइट ब्रदर्सलाई हवाइ जहाज उडाउन, जेम्सवाटलाई वाष्प इन्जिन बनाउन, न्युटनलाई वृक्षबाट स्याउ खसेको देखेर गुरुत्वाकर्षण सिद्धान्त पत्ता लगाउन प्रेरित गर्ने पनि त्यही रहर हो । पटमूर्ख भनेर कहलिएका कालिदास इखरूपी रहरले गर्दा नै कालान्तरमा संस्कृतका महाकवि बन्न पुगे । नेपालकै एक महिला विष्णुकुमारी वाइवा कमै उमेरमा पक्षाघातजस्तो गम्भीर रोगले थला परिन्, उनी आफैँले केही गर्नै नसक्ने भइन् तर उनीभित्र केही गरी देखाउने रहर थियो र उनले यो रहरलाई सकीनसकी कलम समातेर कागजमा आकृति दिन थालिन,् जसले गर्दा उनी अहिले -र पछिसम्म पनि) पारिजातको नामले नेपाली साहित्यमा सर्वप्रमुख महिला साहित्यकारका रूपमा स्थापित हुन पुगेकी छन् । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे पहिलो पटक सगरमाथा चढे । हिलारीभन्दा पहिलेका संसार प्रसिद्ध बेलायती आरोही जर्ज मेलोरीलाई सोधियो, तिमी किन त्यस्तो हिउँको ढिक्को सगरमाथा चढ्न खोजेर आफ्नो ज्यान जोखिममा हाल्न खोजिरहेछौ ? मेलोरीले सहजतासाथ, हाँस्दै भने, किनभने त्यो त्यहाँ छ ।’ -पछि, उनी सगरमाथाको चुलीमा टेकेर र्फकंदै गर्दा बीच बाटोमा सगरमाथाको हिउँभित्र कतै हराएका थिए भन्ने आममान्यता छ, उनी जीवित र्फकनै सकेनन् र त उनले प्रथम आरोहीको अमर श्रेय पनि पाउन सकेनन्) । जापानकी जुन्को ताबेई त्यहीँ रहरले पहिलो महिला सगरमाथा आरोही बन्न सफल भइन् । नेपालकी पासाङ ल्हामु शेर्पा सगरमाथा त चढिन् तर र्फकंदै गर्दा उनी पनि हिउँको थुप्रोमा हराइन् । सायद रहर गर्दैमा सबै पूरा हुन्छ, रहराएका वस्तु र आवश्यकताहरू जम्मै हासिल हुन्छन् भन्ने पनि होइन । ....... उदाहरणहरू अनेकानेक पाउन सकिन्छ ।
रहर आफैँमा एक प्रवृत्ति, एक विशेषता हो । यो नकारात्मक पनि हुन सक्छ, सकारात्मक पनि । बितेका कालखन्डहरूले पस्केको अनुभव हेर्दा थाहा हुन्छ, जबजब मानिसमा नकारात्मक तवरले रहर हावी हुन गयो तबतब दुनियाँले ठूल्ठूला उत्पात सहनु परेको छ, भिषण रक्तपात ब्यहोर्नु परेको छ, नराम्ररी मानव मथिङ्गल हल्लिएको विवश अनुभव गर्नु परेको छ । सुपर्णखाको काम रहरले राम-रावण युद्धको बाटो निर्माण गर्‍यो । दुर्योधनको इख र धृतराष्ट्रको पुत्र रहरले महाभारतको सर्वविनाशकारी महायुद्ध निम्त्यायो । युनानी योद्धा अलेक्जान्डरले रहर गर्‍यो, विश्व विजेता बन्ने । परिणाम के भयो ? अनगिन्ती नरनारीहरू तरबार, भाला र धनुषवाणहरूका अकाल गाँस बन्न पुगे । हिटलरले आर्य जातीय श्रेष्ठताको रहर गर्‍यो, लाखौँ आबालवृद्धबनिताको जीवन स्वाहा भयो, ग्यास च्याम्बर, बारुद र बमहरूले मानवतालाई क्षतविक्षत पारिदिए । मोहम्मद गोरी, चँगेज खाँ, महमुद गजनवीजस्ता इतिहासका कुख्यात लुटेराहरू, नृशंसताका सारा हद नाघ्ने निरङ्कुश राजामहाराजाहरू, क्रूरतालाई पनि मात गर्ने भोका उपनिवेशवादीहरू सबै नकारात्मक रहर बोक्ने जमात थिए । सुदूर इतिहास नै किन, निकट भूत बनेको बीसौँ शताब्दीको अन्त्यतिरको युगान्डाका इदी अमिन, चिलीका अगस्तो पिनोचे, इरानका आयोतुल्ला खोमेनी, कम्बोडियाका पोलपोट आदिसमेत धेरै तानाशाहहरूले सयौँ हजारौँ निर्दोष नरनारीलाई एकै चिहान पारेका आला घटनाहरू नकारात्मक रहरकै दुखद दृष्टान्त हुन् ।
त्यति मात्र होइन, रहर शारीरिक पनि हुनसक्छ र मानसिक पनि । शारीरिक ऐन्द्रीयहरूलाई वशमा राख्न सक्नु अथवा शारीरिक रहरलाई इच्छाअनुसार दबाउन सक्नु ठूलो खुबी हो तर मानसिक रहरलाई दबाउनु कुनै पौरख होइन । किनभने मनको प्रकृति नै उड्नु हो, यो निरन्तर उडिरहन्छ, नयाँनयांँ सोच विचार र सिर्जनाको खोजीमा भौतारिइरहन्छ मन । यो कुण्ठित भयो भने सिर्जनाहरू कुण्ठित हुन्छन्, अग्रगमनमा तगाराहरू तेर्सिन्छन् तर शरीर चञ्चल हुन्छ र अक्सर दैहिक सुख अनि अघोरी भोग लिप्साको प्राप्तिका लागि लालायित रहन्छ । आम मानिस आफ्ना दैहिक रहरहरूलाई दबाएर देवव्रत भीष्म बन्न सक्दैनन् ।
रहर भनेको चेतना पनि हो । चेतना जसले के ठीक के बेठीक, के सही के गलत, के राम्रो के नराम्रो, के असल के खराब, के सजीव के निर्जीव, के सानो के ठूलो, के तल के माथि, के घाम के छाया, के सत्य के असत्य आदि इत्यादि सबै छुट्याउन मानिसलाई दिशानिर्देश गर्छ । चेतना भन्नुस् या रहर, आखिर यही नै त त्यो अकाट्य अविच्छिन्न आधार हो, जसले मानिसलाई जनावरबाट अलग तुल्याउँछ, जो जनावर र मानिसबीचको विभेद खुट्याउने एकमात्र सहज आधार हो ।
मलाई त लाग्छ, सबै मानिसमा रहर हुनुपर्छ । रहरहरू पाल्नुपर्छ । छैन भन्ने लाग्छ भने पनि आफूभित्र रहर जगाउनुपर्छ । रहरलाई आवश्यकताका रूपमा बुझ्नुभयो भने, भनिएकै पनि छ, आवश्यकता आविष्कारकी जननी हो । पृथ्वीनारायण शाहलाई एकीकरणको रहर नजागेको भए नेपाल आजको रूपमा नरहन सक्थ्यो । त्यही रहर र त्यसलाई अमरसिंह थापा, भीमसेन थापा, बहादुर शाह, बलभद्र कुँवर, भक्ति थापा आदिहरूले होस्टेमा हैसे गरेपछि नै नेपाल राष्ट्रको उदय र विकास हुन सकेको हो । उनीहरूको त्यो पुस्तामा एउटा रहर थियो, एउटा सपना थियो, नेपाल राज्यलाई एक गराउने । उनीहरू बाइसे/चौबीसे राज्यहरूसित लडे, कतै बल काम लाग्यो, कतै कूटनीति । महाशक्तिशाली अङ्ग्रेजहरू उनीहरूको साहस, बहादुरी र आश्चर्यजनक युद्धकौशलबाट प्रभावित भए, अनि त नेपाल कहिल्यै कुनै विदेशी शक्तिको दास बन्नु परेन ।
रहर भनेकै भविष्यवाद हो, आशावाद हो । विगतलाई सम्झेर त्यसको रहर गर्नुमा कुनै उपादेयता छैन । विगत हाम्रो हातबाट फुत्किसकेको छ । त्यो इतिहास हो, त्यसको पुनप्राप्ति सम्भव छैन । त्यसैले मानिस भविष्यजीवी प्राणी हो, ऊ भविष्यका लागि बाँचेको हुन्छ, उसमा जिउने रहर हुन्छ, प्रबल जीजिविषा हुन्छ । उसलाई थाहा छ, पुनर्जन्म छैन, छ भने पनि अर्कोपटक मानव चोला पाउन चौरासी लाख जुनी कुर्नुपर्छ । त्यसैले एक जुनी पाएर मानिसको जिउने धीत मर्दैन, ऊ धेरै अझ धेरै बाँचिरहने रहर गरिरहेको हुन्छ । रहर होस् वा बाध्यता, मानिस कुनै न कुनै आशामा बाँचेको हुन्छ, त्यस्तो आशा जो भविष्यमा पूरा हुन सक्छ, अझ त्यस्तो आशा जो भविष्यमा हासिल गर्न सकिन्छ भन्ने उसलाई लाग्छ । यो उसको प्रकृति हो, नियति हो । यही प्रवृत्ति हो मानिस मात्रको जीवन बाँच्ने रहर ।
रहर गर्नुभनेको सपना पाल्नु हो । सपना अर्थात् रहरको प्राप्तिका लागि कल्पना गर्नु र त्यसलाई कसरी हासिल गर्न सकिन्छ भनेर लागिपर्नु हो, त्यस्ता कुराहरूका लागि सङ्घर्ष गर्नु हो जुन कुराहरू पहिले कहिल्यै सम्भव होलान् जस्तै लाग्दैनथिए । गोरेटो बनाउन गाहारो हुन्छ, सडकमा हिँड्न सजिलो । मानव सभ्यताको आदिम युगको घुमन्ते कालखन्डमा यत्रतत्र घुमीहिँड्ने जीवनलाई छोड्ने र निश्चित जग्ग्ाा घेरेर निजी स्वामित्वको रहरपूर्ण सुरुवात गर्ने त्यो पहिलो मानिस को होल्ाा ? एकै ठाउँ बस्ने आफ्नो रहरले गर्दा उसले कति आक्रमण र आलोचना सहनु पर्‍यो होला ? तर उसमा नयाँपन थियो, शनैःशनैः त्यही नयाँपनको किरणले अरूहरूमा पनि त्यस्तै रहर जाग्यो र मनुष्यको घुमन्ते जीवनयापन शैली क्रमशः बिलाउंदै जान थालेर ऊ सामाजिक प्राणीमा रूपान्तरण हुँदै जान थाल्यो । अनि क्रमशः मानव सभ्यताको जग बाक्ँिलदै, अनेक आरोह-अवरोह र उत्थान-पतन सहँदै, तमाम कालखन्ड व्योहोर्दै आजको युगसम्म आइपुगेको हो । रहरले गर्दा नै मनुष्य बेहतर जीवनको खोजीमा हुट्हुटिन्छ, नयाँनयाँ प्रयोग, नूतन सन्धान र अत्यन्त दुष्कर लाग्ने नौलानौला जोखिमहरू उठाउन तम्तयार रहन्छ । त्यसैले, हामीलाई यहाँसम्म ल्याइपुर्‍याउने हाम्रा रहरालु पुर्खाहरू स्वप्नदर्शी थिए । रहर पाल्ने र सपनाहरू साँच्ने स्वप्नद्रष्टा मानिसको जहाँतहीँ जहिलेसुकै खाँचो हुन्छ ।
रहरको खडेरीमा होइन, रहरको हरियो बगैँचामा रम्न सक्नुपर्छ किनभने रहर नयाँपनको जनक हो, साहसीहरूको प्रेरणा हो र जुझारुहरूको पाथेय हो । अन्तरहृदयले स्वीकारेको रहरलाई नै आफ्नो लक्ष्य बनाएर मानिस कर्मभूमिमा अगाडि बढ्यो भने उसले कुनै दिन सहजै शिखर चढ्न सक्छ, सफलता उसका पाइला चुम्न आफैँ ऊ सामु आइपुग्न बाध्य हुन्छ ।

-भक्तपुर

लघुकथा

वास्तविक रूप

-सिन्धु गौतम
बिहान दस बजे सबैजना आ-आˆनै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो ।
सधैँझैँ आज पनि हाम्रो दिउँसो भयो । किनकिन पूरै चौबीस घण्टामा त्यो एकघण्टा आˆनै लाग्थ्यो हामी सबैलाई । हाम्रो यस समूहमा हामी सबै उस्तैउस्तै अधबैँसे उमेरका थियौँ । सायद यसैले पनि होला हाम्रो गफ मिलेको । हाम्रो यस समूहभित्रै पनि एकजना साथी थिए सुरज । उनी अलि भिन्न स्वभावका थिए । भिन्न भन्नाले उनी हामीसँग नमिल्ने होइनन् कि अलि बढी कट्टर र अनुशासित हुँ भन्थे । आजको हाम्रो चियाको साथी गफको विषय बन्यो- पत्नीले बढी पतिव्रता धर्म निर्वाह गर्छे कि पतिले बढी पत्नीव्रत धर्म ? यसमा धेरै बहस भयो । सबैले आ-आˆना दरिला धारिला तर्क राखे । पुरुष नै भए पनि धेरै पुरुष साथीहरूले पत्नीकै पक्ष लिए तर सुरजले भने आफूलाई पत्नीव्रत पतिका रूपमा उभ्याए ।
सुरज मेरै घरको बाटो भएर जान्थ्यो तर प्रायः हामीसँगै हुँदैनथ्यौँ । आज हाम्रो र्फकने समय एउटै भएछ । हामीसँगै फर्कियौँ । पुसको दिन, साँझको पाँच बजेपछि त झमक्कै ।
त्यसमाथि आज चीसो हावा अनि आकाश पनि मडारिएको थियो र अँध्यारो भइसकेको थियो । आकाशका आँखाहरू टिलपिलाएजस्ता देखिन्थे । मेरो घरदेखि करिब एक घण्टा मोटरसाइकलको बाटो टाढा पथ्र्यो उसको घर । त्यसैले मैले उसलाई मेरो घरमा नै बस्न अनुरोध गरेँ । सुरजले पहिले त नकार्‍यो तर उसको अनुहारमा देखिएको खुसी मैले पढिहालेँ, त्यसलाई छोप्न सकेन उसले ।
मैले मेरो श्रीमान् नभए पनि उहाँका सबै सामान जतनका साथ राखेकी थिएँ । दराजबाट उहाँको नाइटगाउन झिकेर दिएँ अनि मैले गेस्टरुममा आउन अनुरोध गरेँ । उसले सहजै स्वीकार्‍यो । ऊ आयो, एकदमै अकल्पनीय र अस्वाभाविक रूपमा । मेरा हातहरूले कतिखेर उसको गालामा बज्र प्रहार गरे, मैले थाहा पाइनँ, पत्नीव्रत पति हुँ भन्दै व्याख्या गर्ने एउटा पुरुष आज एउटी निरीह विधवामाथि यसरी प्रस्तुत हुँदा मैले संसारका सबै पुरुष जातिलाई थुक्न पुगेछु । त्यसबेला मेरो नैतिकताले उग्र रूप लिएछ । म महाकाली भइसकिछु ।
ऊ आˆनो अनुहार लुकाउँदै मेरो थुकले निथ्रुक्क भिजेको शरीर लिएर निशब्द बाहिरियो । म अझै थुक्दैथिएँ । सायद उसले थाहा पायो पाएन, मैले उसको पत्नीव्रत धर्मको परीक्षा लिएकी थिएँ ।


हाल- शिक्षिका-गण्डकी टेक्निकल कलेज, दमौली

लेख

महाकविको गोप्य तमसुक

-रोचक घिमिरे
म केटाकेटी छँदा पिताजीको कोठामा बेलाबेलामा उहाँका समकालीन साथी-सङ्गातीहरूको जमघट भएको देख्दथेँ । त्यहाँ आउने व्यक्तिहरू को हुन् ? के गर्छन् ? भन्ने चासो हुँदैनथ्यो । सात-आठ वर्षको भएपछि मात्र मैले ती पाहुनाहरूको महìवबारे अलिअलि जानकारी पाएँ । एकजोर व्यक्ति प्रायः सँगै आउने गर्नुहुन्थ्यो । तिनलाई पिताजी 'साहिँलाबाजे र काहिँलाबाजे' भन्नुहुन्थ्यो भने उहाँहरू चाहिँ पिताजीलाई 'पण्डितजी' भन्ने गर्नुहुन्थ्यो । यसरी मैले पनि ती दुई व्यक्तिलाई त्यसै रूपमा चिनेँ । राणा प्रधानमन्त्री भीमशमशेरको टङ्गाल दरबारसँग सम्बन्धित हुनुहुन्थ्यो मेरा पिता-सोमनाथ घिमिरे व्यास । भीमशमशेरकी छोराबुहारी समुद्रकुमारी राणाकै सहयोगमा हाम्रो परिवार रामेछापबाट काठमाडौँ आई टङ्गालमा घरजम गरेर बसेको थियो । टङ्गाल दरबारमा चालिसे थर भएकी एक जना महिला प्रायः सानी छोरी लिएर आउने गर्नुहुन्थ्यो । उहाँलाई दरबारका मान्छेहरू 'नाकिनीबज्यै' भन्दथे । छोरीहरूको नाम चाहिँ गायत्री र ज्योति थियो । सानी ज्योतिलाई मेरा पिताजी 'दीपज्योति नमोूतुते' भनेर बोलाउने गर्नुहुन्थ्यो । नाकिनीबज्यैका दुई जना छोराको नाम जगन्नाथ र मदन थियो । मैले आमालाई सोधेँ- 'साहिँलाबाजे र काहिँलाबाजे को हुन् ? आमाले भन्नुभयो-दुवै जना नाकिनीबज्यैका भाइ हुन्Ù ज्योतिका मामा हुन् । पछि पिताजीबाट पो थाहा पाएँ- साहिँलाबाजे-लक्ष्मीप्रसाद देवकोटा हुनुहुँदोरहेछ भने काहिँलाबाजे उहाँकै भाइ मधुसूदनप्रसाद देवकोटा हुनुहुँदोरहेछ । देवकोटाकी ठाहिँली दिदी नाकिनीबज्यै हुनुहुँदोरहेछ । किन उहाँलाई नाकिनीबज्यै भनियो, त्यो मैले बुझिन । महाकविसँग हाम्रो परिवारको निकटता नाकिनीबज्यैकै माध्यमले भएको होला भन्ने मलाई लाग्दछ ।
पिताजीका मित्र साम्बभक्त सुवेदी -साहित्यिक सहिद कृष्णलालका साला) मलाईर् घरमा पढाउन आउनुहुन्थ्यो । उहाँले साहिँलाबाजेको साहित्यिक योगदानको बारेमा जानकारी दिनुभयो । मेरो बालसुलभ बुद्धिले के ठम्यायो भने यी राम्राराम्रा सिलोक लेख्ने ठूला कवि रहेछन् । साम्ब गुरुबाटै 'मुनामदन' अरू पुूतक र राम्रा कविताहरू लेख्ने कवि लक्ष्मीप्रसाद देवकोटा ठूला मान्छे हुन् भन्ने थाहा पाएँ मैले ।
मेरो ूमृति बिम्बका महाकविलाई विविध घटनाका माध्यमबाट यहाँ प्रूतुत गर्दैछु । आˆनो ूमृति सन्दर्भका माध्यमबाट उहाँको ूवभावका विशिष्ट पक्ष र उहाँको जीवनका अनुद्घाटित केही प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक नै ठहरिएला ।

भीमशमशेरका नाति सत्य शमशेरको दार्जीलिङको टुनबारीमा चियाबगान थियो । नेपालका इष्टमित्रहरूलाई त्यहाँबाट चियाको कोसेली आउने गथ्र्यो । हामीकहाँ पनि काठका बाकसमा चियाका पोका आउने गर्थ्ो । महाकविको घरमा चियाका पोका पुर्‍याउन पिताजी मलाई पनि पठाउने गर्नुहुन्थ्यो । देवकोटाका भानिजÙ नाकिनीबज्यैका छोरा जगन्नाथलाई त नेपालमा त्यो चियाको बिक्रेता नै बनाइदिनुभएको थियो पिताजीले । म चिया पुर्‍याउन मैतीदेवीको घरमा गएको एक दिन महाकविले आˆनी पत्नीसँग भन्नुभयो- 'पण्डितजीले त चिया खाने बानी नै पारिदिनुभयो Û त्यसमाथि ठाहिँली दिदीले पनि चिया पठाएर उपरिमाथि थुपरी पारिरहनुभएको छ Û अब त चियाको लत नै बूयो बा Û' महाकविको परिवारमा चिया प्रवेश यसरी भएको रहेछ भन्ने अड्कल काटेँ मैले ।

पिताजीको कोठामा एकदिन भएको जमघट मेरो मनमा ताजा छ अहिले पनि । पिताजीको रुचि सङ्गीतमा पनि थियो । हारमोनियम, तबला, बाँसुरी, खैँजडीजूता वाद्ययन्त्र बजाउनुहुन्थ्यो उहाँ । शाूत्रीय सङ्गीत घन्किन्थ्यो कोठामा । त्यस दिनको जमघट त विशेष नै थियो । महाकविÙ उहाँका भाइ मधुसूदन, योगी नरहरिनाथ, जनकलाल शर्मा र साम्बभक्त सुवेदीको उपूथिति त्यहाँ रहेको सम्झना छ मलाई । महाकवि हारमोनियम बजाउँदै गाउँदै हुनुहुन्थ्यो । पिताजीका हात तबला ठोकिरहेका थिए, जनकलाल जाने पनि नजाने पनि बाँसुरी फुक्दै हुनुहुन्थ्यो । योगीजी र साम्ब गुरु हा...हा...गर्दै शब्दले ताल दिइरहनुभएको थियो । महाकविका मुखबाट त्यो बेला निूकेका गीतका दुई पङ्क्ति मात्र म अहिले सम्झन्छु । शाूत्रीय ूवरूपमा लय हालेर उहाँ यसरी गाउँदै हुनुहुन्थ्यो- 'तन्त्र तँ पर
जा Û पर जा तन्त्र Û मन्त्र जपीतपी आ Û" यिनै गेडालाई प्रमुखता दिएर उहाँले तन्मय भएर विभिन्न भावभङ्गमिामा निकैबेर गीत सुनाउनुभयो । हामी केटाकेटीहरू ढोकाको छेउमा उभिएर त्यो तमासा रमाइलो मानेर हेरिरहेका थियौँ । भर्खर प्रजातन्त्र आएको बेला राजनीतिक दलहरूले देखाएका अवाञ्छित कार्यकलाप र प्रजातन्त्रको खोलमा आएका विकृतिमाथि व्यङ्ग्य गर्दै रचना गरिएको कविताका पङ्क्ति होलान् यी भन्ने मलाई लाग्दछ अचेल । यो कविता उहाँको सङ्कलनमा भए, नभएको जानकारी मलाई छैन ।

म्ोरा पिताजीको 'आशौच विज्ञान तथा घिमिरे वंशावली' नामक पुूतक छापिने क्रममा थियो । त्यसैको पाण्डुलिपि मिलाउँदै हुनुहुन्थ्यो उहाँ । त्यसैबेला महाकविजी भाइ मधुसूदनसहित आइपुग्नुभयो । कुराको प्रसङ्गमा त्यो पाण्डुलिपि उहाँहरूलाई देखाउनुभयो पिताजीले । महाकविले सर्सर्ती त्यसमा नजर दौडाउनुभयो । अनि पिताजीसँग कागत माग्दै भन्नुभयो- 'म यसको भूमिका लेखिदिन्छु Û' पिताजीले आˆनो लेटरप्याड र कलम दिनुभयो । महाकविले भन्नुभयो- 'लीलाशमशेरले मलाई उपहार दिएको अङ्ग्रेजी फाउन्टेन पेन छ मसँग, त्यही अङ्ग्रेजी कलमबाट अङ्ग्रेजीमा भूमिका लेखिदिन्छु Û कलम चाहिँदैन ।' यति भन्दै सरर्र दुई पानामा लेखेर पिताजीलाई दिनुभयो । ''यो नेपाली र संूकृतमा लेखेको पुूतकको भूमिका नेपालीमै लेखेको भए राम्रो हुन्थ्यो अङ्ग्रेजीमा किन ?'' पिताजीको यूतो प्रश्नको जवाफमा महाकविको भनाइ थियो- ''यो जमाना अङ्ग्रेजीबाजहरूको हो, अङ्ग्रेजीमा लेखेपछि यस पुूतकको महìव बढ्छ, तपाईंको पुूतकको महìव बढाउन मैले अङ्ग्रेजीमा लेखेको हुँ ।'' महाकविको त्यो भूमिका २०१५ सालमा प्रकाशित त्यस पुूतकमा रहेको छ । त्यसको पाण्डुलिपि मसँग अहिले पनि सुरक्षित छ । अन्त्यमा आˆनो नाम लेख्ने क्रममा महाकविले आफूलाई 'समटाइम एजुकेशन मिनिूटर' भनेर पनि लेख्नुभएको छ । महाकविले अङ्ग्रेजीमा लेखेको भूमिका यही मात्र हो कि अरू पनि छ भन्ने अनुसन्धानको विषय हुनसक्छ ।

म्ाहाकवि प्रायः काहिँला भाइलाई लिएर नै हामीकहाँ आउनुहुन्थ्यो । उहाँ एक्लै आउनुभएको सम्झना छैन मलाई । त्यसदिन पनि उहाँहरू दुई जना पिताजीलाई भेट्न आइपुग्नुभयो । बिहानको समय र जाडो याम थियो । महाकविले दौरासुरुवाल, बाक्लो कोट, मख्खीबुट्टे टोपी र गलेबन्दी लगाउनुभएको थियो । पिताजीसँग कुराकानी सकेर उहाँहरू तल ओर्लनुभयो । जुत्ता तलै राख्ने चलन थियो । दुवै भाइले जुत्ता लगाउनुभयो । पिताजी पनि बिदा गर्न तलै आउनुभएको थियो । महाकवि हिँड्न लाग्दा दाहिने गोडाको जुत्ताको तलुवा पूरै जूतो खुूकिएको र लगाएर हिँड्नै नसकिने ूथितिमा पुगेको देखियो । तैपनि त्यही जुत्ता लगाएर ल्यापmयाक्ल्यापmयाक् गर्दै हिँड्ने सुर कूनुभयो महाकविले । पिताजीले भन्नुभयो- ''साहिँलाबाजे Û म अर्को जुत्ता खोज्छु Û'' महाकविलाई बल्लबल्ल मनाएर पिताजी जुत्ता खोज्न थाल्नुभयो । आˆना श्रद्देय मित्रलाई पुरानो जुत्ता दिएर अनादर गर्न पिताजीको आत्माले मानेन । नयाँ जुत्ता कतै भेटिएन । यूतै गम्भीर ूथितिमा पिताजीलाई झट्ट सम्झना भएछ- हिजो मात्र किनेको धागोको तलुवा भएको कपडाको चट्टी Û काठमाडौँमा घरभित्र त्यूतो चट्टी लगाउने चलन निकै थियो त्यसबेला । ूयाण्डल अथवा चप्पल यहाँको बजारमा आइसकेको थिएन । पिताजीले त्यही नयाँ एकजोर चट्टी ल्याएर महाकविको खुट्टा अगाडि राख्तै भन्नुभयो- ''यो लगाएर जानुस् Û'' हार्न नसकी त्यही चट्टी लगाएर ˆयाट्ˆयाट् गर्दै महाकवि हिँड्नुभो । त्यो बेलासम्म मैले महाकविको महìव र मर्यादा बुझिसकेको थिएँ । महान् प्रतिभाले छोडेको यो जुत्ता पनि सङ्ग्राहणीय र अमूल्य निधि हो भन्ने मलाई लाग्यो । त्यो एकजोर जुत्ता सुरक्षित रूपमा राखेँ मैले । मेरा भाइ बहिनीहरू पनि नेपाली साहित्य र महाकवि देवकोटाको महìव बुझ्न सक्ने उमेर र बुद्धिका भइसकेका थिए । महाकविको निधनपछि देवकोटा जयन्ती मनाउने प्रचलन हाम्रो घरमा पनि सुरु गर्‍यौँ । महाकविका तिनै जुत्तालाई पिर्कामाथि राखेर मखमलीे फूलको माला लगाइदिएर प्रणाम गर्दै उनकै कविताका पङ्क्ति पढ्दै श्रद्धाञ्जली चढाएर प्रत्येक वर्ष लक्ष्मीपूजाका दिन देवकोटा जयन्ती मनाउने क्रम थाल्यौँ हामीले ।
केही वर्षसम्म यो क्रम चल्यो । मेरा भाइहरू अध्ययनको क्रममा बनारसतर्फ गए । म पनि आˆनो व्यवहार र खेतीपातीका सन्दर्भमा २,३ वर्ष जनकपुर र सिराहामा बसेँ । पिताजी पनि काम विशेषले कलकत्ता र बनारसतिर नै धेरै समय बिताउनुहुन्थ्यो । वि.सं. २०२८ को लक्ष्मी जयन्तीका दिन म काठमाडौँ थिएँ । महाकविका ती जुत्तालाई पूजा गरेर जयन्ती मनाउन जुत्ता राखेको ठाउँमा खोजेँ तर ती जुत्ता पाइएनन् । घरको हेरविचार गर्न राखेको मान्छेले महìव नबुझेर, काम नलाग्ने थोत्रा जुत्ता ठानेर ˆयाकिदिएछन् । ज्यादै नै थकथक लाग्यो मलाई । आफूसँग भएको दुर्लभ सम्पत्ति गुमेको अनुभूतिले रन्थन्यायो निकैदिन । यसपछि महाकविको तूबिरलाई माला लगाएर देवकोटा जयन्ती मनाउन थाल्यौँ हामीले ।

क्यान्सर रोगले थलिएका महाकविलाई उपचार निम्ति वि.सं. २०१५ मा कलकत्ता लगियो । मेरा पिता पनि सो बेला कलकत्तामै बूनुहुन्थ्यो । बिरामी महाकविलाई अूपताल भर्ना गरिएको खबर सुनेर पिताजी भेट्न जानुभएछ । त्यहाँ श्रीमती मन देवकोटा, महाकविका भाइहरू- मधुसूदन देवकोटा, गोपीमाधव देवकोटा र महाकविकी पुत्री पनि हुनुहुँदोरहेछ । पिताजीलाई देखेर बिरामी महाकविको ओइलाएको मुहारमा अलिकति मुूकान छाएछ । ूवाूथ्यसम्बन्धी जानकारी लिएर पिताजी फेरि आउने वाचा मार्दै बिदा हुनै लाग्नुभएको बेला महाकविले भन्नुभएछ- ''पण्डितजी Û म यो बङ्गदेशमा मर्न चाहन्न, मेरो ूवाूथ्यमा कुनै सुधार छैन, म आˆनै मुलुकको पाशुपत तीर्थमा, वागमती तटमा पुग्न आतुर भएको छु । ल्याएको खर्च सकियो, मलाई काठमाडौँ जान सहयोग गर्नुस् Û'' महाकविको इच्छानुसार पिताजीले पाँच सय भा.रु दिनुभएछ । सो रुपियाँ लिएबापत कागज लेख्न भाइ मधुसूदनलाई अराउन लाग्नुभएछ महाकविले । मेरा पिताले सो कुरा अूवीकार गर्दै भन्नुभएछ- ''तपाईंको व्यक्तित्वलाई पत्याएर मैले यो सहयोग गरेको हुँ, तमसुकलाई पत्याएर दिन खोजेको होइनÙ साहिँलाबाजे Û तमसुक लेखेर मलाई लज्जित नपार्नुस् Û'' तैपनि महाकविले आफू नजिक रहेका तीन/चार ओटा पुूतक पत्रिकाहरूमा-मैले पण्डित सोमनाथ घिमिरेसँग पाँच सय कं.रू. सापट लिएको छु भनेर लेख्तै पिताजीलाई भन्नुभएछ-''तपाईंले कागज लिन मान्नुभएन, त्यति भएपछि म नरहे पनि त्यो देखेर मेरा परिवारले तपाईंको पैसा तिरिदिनेछन् Û मलाई शान्ति मिल्नेछ ।''
यसपछि परिवारसहित महाकवि काठमाडौँ आउनुभसयो । केही दिनपछि पिताजी पनि काठमाडौँ आउनुभयो । आफूले सहयोग गरेपछि महाकविले तमसुक लेखेर दिन खोजेको र आफूले नमानेको सबै वृत्तान्त पिताजीले हामीलाई सुनाउनुभयो र भन्नुभयो- ''त्यो पैसा माग्न अथवा ताकेता गर्न तिमीहरू नजानु नि Û उहाँहरूले आफैं दिए मात्र लिनु ।''
यस घटनाको केहीपछि पिताजी फेरि कलकत्ता जानुभयो । महाकवि घरैमा आराम गरिरहनुभएको थियो । एकदिन दिउँसो मधुसूदन देवकोटा हाम्रो घरमा आउनुभो र मलाई भन्नुभो-भोलि बिहान दाजुकहाँ भेट्न आउनु, बोलाउनुभएको छ । मैले ठानेँ महाकविले त्यही सापटी फिर्ता गर्न बोलाउनुभएको होला । म भोलिपल्ट बिहान महाकविको मैतीदेवीूथित निवास कविकुञ्ज गएँ । काहिँलाभाइ मधुसूदन पनि त्यहीँ हुनुहुन्थ्यो । महाकवि ओछ्यानमा पल्टिरहनुभएको थियो । मलाई देखेपछि उठ्नुभो । भाइसँग कागज र कलम मागेर लेख्न थाल्नुभो महाकवि । मेरा हजुरबाको नाम सोध्नुभो । मेरो बोलाउने नाम 'आत्मा' मात्र थाहा थियो उहाँलाई, न्वारानको नाम सोध्नुभो । मैले बताएँ । कागज लेखिसकेपछि मलाई दिँदै महाकविले भन्नुभो- ''बाबु Û यो कागज राख्नु तर पण्डितजीलाई नभन्नु, नदेखाउनु, उहाँले कागज लिन मान्नुभएन, मलाई यो नलेखी शान्ति भएन, ब्रहृमूवमा परिएला भन्ने चिन्ताले सताइरहेछ मलाई Û परेको बेला मात्र यो कागज झिक्नु, नत्र कसैलाई नदेखाउनु है Û'' कागज बोकेर हिँडे म । बाटैमा हेरेँ- महाकविको हूताक्षरमा त्यो कागजमा यूतो लेखिएको थियो- ''श्रीकान्तको नाति, पण्डित सोमनाथको छोरा का.ई. टङ्गाल बूने वर्ष १७ को घनानाथ घिमिरेसँग आजका मितिमा कम्पनी रुपियाँ पाँच सय ऋण लिएको छु । म्यादभित्र यो तिर्न नसके लीलाशमशेर ज.ब.रा.ले मलाई बकसपत्र गरी दिएको का.ई. जमलको यति चार किल्लाभित्रको आधा रोपनी जग्गा तपाईं साहूले भोगचलन गरी लिए मलाई मञ्जुर छ ।'' यूतै बेहोरा भएको रीतपूर्वकको तमसुक थियो त्यो । साक्षीमा भाइ मधुसूदनलाई सही गराइएको थियो, दायाँबायाँ र पुछारमा महाकविले सहीछाप गर्नुभएको थियो । त्यूतो कागत पढिसकेपछि आˆना खुट्टाले भुइँ छोडेको अनुभव भयो मलाई । मेरो केटौले बुद्धिमा मात चढ्न लाग्यो । त्यत्रा ठूला कवि मेरा ऋणी भए, म उनको साहू भएँ भन्ने घमण्ड चढ्यो ममा । कसैलाई पनि नभन्नु भनेर वाचा बँधाएका हुँदा यो कुरा मैले आफूभित्रै सीमित राखेँ । पिताजी त कलकत्तामै हुनुहुन्थ्यो । यहाँ भएपनि उहाँलाई भनेको भए 'साहिँलाबाजेले कागज गर्छुभन्दा आफूले नमानेको, आˆनै छोराले चाहिँ यूतो तमसुक लिएछÙ भनेर रिसाउनुहुन्थ्यो र पक्कै त्यो कागज च्यातिदिनुहुन्थ्यो । पाँच सय भा.रु.मा जमल जूतो ठाउँको आधा रोपनी जग्गा पाउने सम्भावना भएको त्यो कागज त्यसै त महìवपूर्ण छँदैथियो, त्यसबाहेक नै पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको हूताक्षरको त्यो तमसुक मेरा निम्ति निकै ठूलो उपलब्धि थियो भन्ने कुरा बुझेको थिएँ मैले । पैसा अथवा जग्गा पाए पनि नपाए पनि त्यो महìवपूर्ण कागज आफूसँग सुरक्षित रहोस् भन्ने चाहेको थिएँ मैले । कागजबारे महाकवि, उहाँका भाइ मधुसूदन र मबाहेक कसैलाई थाहा थिएन ।
मलाई त्यूतो तमसुक लेखेर दिएको केही दिनपछि नै महाकवि निकै थलिएर शान्तभवन अूपताल भर्ना हुनुभयो । अूपतालमा उहाँलाई हेर्न म दुई पटक गएँ । त्यूतो अशक्त अवूथामा पनि मलाई देखेपछि महाकवि आˆनी पत्नी र भाई मधुसूदनलाई भन्नुहुन्थ्यो- ''पण्डितजीको रिन तिरिदेउ है Û मलाई ब्रहृमूव नलागोस् Û'' उहाँलाई भेट्न जाँदा त्यै रिनको कुरा सम्झनु हुँदोरहेछ, झन् पीडा दायक हुँदोरहेछ भन्ने मलाई लाग्यो र पछि म अूपताल गइँन । अन्तिम अवूथामा पुगेपछि महाकविलाई पशुपति आर्यघाट लगियो । साथी बाबुराम पौडेल र म वि.सं. २०१६ भदौ २९ गते बिहान उहाँलाई हेर्न गयौँ । निधारमा पशुपतिको चन्दन लगाइदिएर सुताइएका महाकवि हात जोडेर आगन्तुकहरूलाई नमूकार गरिरहनुभएको थियो । तारको पङ्खा र ग्लुकोजको बट्टा पनि त्यहीँ थिए । श्रीमती देवकोटा नजिकै हुनुहुन्थ्यो । त्यही बेला मदनमणि दीक्षितले महाकविको तूबिर खिच्नुभयो । त्यसै दिन साँझ ६ बजे तिर महाकविको निधन भएको खबर सुन्यौँ । अन्तिम अवूथामा खिचिएको मदनमणि दीक्षितको हूताक्षरसमेतको त्यो तूबिर मसँग सुरक्षित छँदैछ ।

म्ाहाकविको निधन भएपछि सरकारले उहाँलाई लागेको २२ हजार रिन तिरिदिने, अन्तिम संकारका निम्ति रु. तीन हजार दिने र महाकविका दुई जना छोरालाई वालिग नहुञ्जेल प्रत्येकलाई सय रुपियाँ भत्ता दिने निर्णय गर्‍यो ।
एकदिन बिहान मधुसूदन देवकोटा मकहाँ आउनुभयो र जेठादाजु लेखनाथ देवकोटाकहाँ भोलि दिउँसोतिर जानु भन्नुभयो । म निर्धारित समयमा डिल्लीबजार धोबीधाराूथित लेखनाथ देवकोटाको घरमा गएँ । भाइले लिएको रिन तिर्न डाक्नुभएको रहेछ । उहाँले भन्नुभयो- ''पण्डितजी त कलकत्तामै हुनुहुँदोरहेछ । भाइले पाँच सय भा.रु. उहाँसँग लिएको रहेछ Û लौ बाबु यो रकम लैजानुस् Û कुनै कागज भाइले लेखिदिएको छ भने त्यो फिर्ता दिनुस् Û'' लेखनाथ देवकोटाका यी कुरा सुनेपछि मेरो सपना भताभुङ्ग भयो । महाकविको त्यूतो कागज छैन भनौँ भने झुठा ठहरिने Û मधुसूदन देवकोटालाई समेत यो कुरा थाहै छ Û आउन लागेको रकम माया मारेर त्यो कागज राख्ने कुरा पनि भएन । पछि पिताजीलाई थाहा भयो भने झन् मेरो दुर्गति हुन्छ । यूतै सोचेर मैले भनेँ- ''कागज त छ तर घरमा नै छुट्यो म लिएर आउँछु Û'' घर आएर महाकविको त्यो तमसुक लिएर फेरि म पुगेँ लेखनाथ देवकोटाकहाँ । उहाँले त्यो कागज हेर्नुभो, मलाई पाँच सय भा.रु. दिनुभो र मेरै अगाडि ध्वार्र कागज च्यातेर फालिदिनुभो । मलाई कसैले आˆनै छाती करौँतीले चिरेर फालिदिएजूतो लाग्यो । अहिलेको जूतो त्यो बेला फोटोकपी गर्ने प्रविधि थिएन । कागजको तूबिर चाहिँ खिच्न सकिँदोरहेछ तर त्यो बेला त्यूतो बुद्धि आएन । यसरी महाकविको त्यूतो अत्यन्त महìवपूर्ण र मूल्यवान् कागज मेरो हातबाट गुम्यो । आˆनो जीवनको यो एउटा ज्यादै पीडादायी घटना ठानेको छु मैले । पहिले त त्यो कागजबाट ममा अहंमपना हुर्केको थियो तर पछि महाकविसँग आˆनो परिवारको निकटता देखाउने मूल्यवान् चिनोको रूपमा लिएको थिएँ मैले त्यस तमसुकलाई । त्यो महìवपूर्ण प्रसङ्गको अन्त्य त्यसरी विषादमय बनेको थियो । महाकविको त्यो तमसुकबारे मैले आˆना पिताजीलाई पनि उहाँको जीवनकालमा कहिल्यै बताइनँ । अरूलाई पनि थाहा दिइँन । कुरा थाहा पाउने मधुसूदन देवकोटा पनि उहिल्यै दिवङ्गत भइसक्नुभयो, सर्वप्रथम यहीँ उद्घाटित गरेको हुँ त्यो अनुद्घाटित तमसुक प्रसङ्ग ।
महाकविलाई लीलाशमशेरले बकस दिएको विश्वज्योति हलसँगैको जमलको त्यूतो मूल्यवान् ठाउँको जग्गा, जुन आज करोडौँको सम्पत्ति हुनेथियो, त्यो के भयो ? कवि परिवारले भोग गर्न पाए वा पाएनन् त्यो मलाई थाहा छैन । यो एउटा खोजीको विषय हुनसक्छ आजको पुूतालाई ।
म्ाहाकवि विषयको अन्तिम प्रसङ्ग उल्लेख गरेर यो संूमरण टुङ्ग्याउन चाहन्छु । वि.सं. २०२४ मा कवि क्षेत्रप्रताप अधिकारी 'रचना' को सम्पादक मण्डलमा हुनुहुन्थ्यो । साझा प्रकाशनका जी.एम. हुनुहुन्थ्यो त्यो बेला उहाँ । एकदिन अधिकारीले भन्नुभो- ''महाकविको एउटा महìवपूर्ण समालोचनात्मक लेख प्रज्ञा-प्रतिष्ठानमा थन्किएको रहेछ । त्यो प्रकाशमा नआई त्यत्तिकै हराउने सम्भावना देखियो, के गर्ने ?'' त्यो बेला बालकृष्ण सम प्रज्ञामा उपकुलपति हुनुहुन्थ्यो । समले लेखनाथ पौडेलको 'तरुण तपसी' मा लेखेको भूमिकासँग विमति जनाएर महाकविले लेखेको- 'तरुण तपसी प्रदक्षिणा' शीर्षकको लेख रहेछ त्यो । उपकुलपतिले अड्काएको त्यो लेख 'रचना' मा छाप्ने तारतम्य मिलायौँ हामीले । प्रज्ञाबाट त्यसको टाइप गराएर उपकुलपतिको जानकारीबिना नै हामीले हात पार्‍यौँ । स्रोतबारे प्रश्न उठ्ने सम्भावना देखेर आˆना पिताको पाण्डुलिपि रु.१००/- पारिश्रमिक लिएर 'रचना' मा प्रकाशनार्थ दिएको ूवीकृतिपत्र महाकविका छोरा पद्मप्रसाद देवकोटाबाट लियौँ । 'रचना' पूणर्ाङ्क १४ -२०२४) मा त्यो प्रकाशित भयो । समालोचनामा समेत महाकविको दक्षता प्रमाणित गर्ने सो लेख अत्यधिक चर्चित भयो । पछि साझा प्रकाशनले 'स्रष्टा देवकोटाÙ द्रष्टा परिवेश' शीर्षक पुूतकमा सो लेख समावेश गर्‍यो तर कसरी ? कहाँबाट प्राप्त भयो भन्ने स्रोतबारे कुनै जानकारी दिइएन । सम्पादकले पनि त्यसबारे केही खुलाएको देखिएन । 'काम गर्ने हनुमान जस पाउने ढेडु' उखान चरितार्थ भयो त्यस घटनाबाट ।
न्ोपाली साहित्याकाशका विराट् प्रतिभा महाकवि देवकोटासँग आˆनो परिवारको निकटता रहनु मेरो निम्ति निकै ठूलो गर्वको कुरा हो । आˆनो प्रातिभ ज्योतिले नेपाली वाङ्मयलाई आलोकित पारिरहेका महाकवि देवकोटाको ूमृति मात्रले पनि हाम्रो जीवनमा सदैव आलोक छरिरहने छ ।
विख्यात भारतीय साहित्यकार डा. शिवमङ्गल सिंह सुमनको महाकवि देवकोटाबारेको टिप्पणी अत्यन्त सारपूर्ण लाग्दछ मलाई । डा. सुमन लेख्छन्- ''नेपाली साहित्यमा देवकोटाको आविर्भाव एउटा घटना थियो भने उहाँको महाप्रयाण एउटा इतिहास बन्यो । निःसन्देह विश्वकविहरूका पङ्क्तिमा उहाँको पनि आसन छ । यूतो अभावको क्षतिपूर्ति सजिलै हुन सक्तैन । यूतो युगान्तकारी प्रतिभा पाउन राष्ट्रले फेरि उत्सर्गशील तपूयामा रत हुनुपर्छ । यिनै एउटा कविलाई पाएर नेपाली साहित्य सधैँका लागि विश्व साहित्यको समकक्षी भएर गौरवान्वित भएको छ ।''
यिनै भावनासँग सहमत हुँदै महाकविमा हार्दिक शब्द श्रद्धा अर्पण गर्दछु ।


-गहनापोखरी, टङ्गाल, काठमाडौँ
साभार : मधुपर्क

गजल

-दीपक जडित
कोही मान्छेले हिँड्ने पनि नियम् बनाउँ भन्छन् ।
कोही मान्छेले हिँड्ने बाटो नै कम् बनाउँ भन्छन् ।

लामा कसैका कद्काँठी कोही कदै होचा पुड्का ,
के आधारमा सब्को एकै कदम् बनाउँ भन्छन् ?

सड्दै गा'ति मार्फाका स्याउ रसै निकाले हुने ,
कोही तर त्यो स्याउ निचोरी 'रम्' बनाउँ भन्छन् ।

हुँदै नभएको शेर बाल्कृष्णले जस्तै झिकि ,
देखाउनैलाई किन कोही सम् बनाउँ भन्छन् ?

लेउ टेकी चिप्लिएर लड्दा पनि मान्छे यहाँ ,
'खडा छु' को ब्यर्थमा किन अहम् बनाउँ भन्छन् ?

न त बोलीचाली एकै न त ल्वाईख्वाई एकै ,
'दीपक' समावेशी हुँदै रम्झम् बनाउँ भन्छन् ।

-गौरादह - ३ , झापा

गजल

-ज्ञानुवाकर पौडेल
ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला
खेलाखेलैमा तिम्रो शिकार भयो होला ।

फुट्यो होला पहिले त संयमको बांध
सानो सियो अनि तरबार भयो होला ।

पारेर छियाछिया मेरो यो मुटुलाई
बाडिलिने कति तयार भयो होला ।

म त पुजारी केवल मोहक त्यो रूपको
कलुषित बरू तिम्रै विचार भयो होला ।

हुनै नपाइ सुरु आज उज्यालोको चर्चा
रातको कालिमा कहाँ फरार भयो होला ।

लुटिएपछि इज्जत दिउँसै चेलीको यहाँ
बदनाम किन नाहकमा अन्धकार भयो होला ।

गजल

-मनु ब्राजाकी
मिर्मिरेमै उज्यालो भो भन्ने नठान ।
अहिले नै आफूलाई धन्य नठान ।

फाल्नुपर्ने अझै धेरै थाङ्नाहरू छन्,
सजिएकी बूढीलाई कन्ने नठान ।

पहरोमा पजेरोले गुड्न जानेन,
गाउँ जाने बाटो आजै खन्ने नठान ।

सडकमै बित्नुपर्ने दिन अझै छन्,
आफ्नो लागि आजै घर बन्ने नठान ।

रविसँग खेल्ने कवि भएको छु म,
मध्यान्नका ताराहरू गन्ने नठान

गीत

-उमेश राई 'अकिञ्चन'
गोर्खा भर्ती जान भनी अरुण तर्दैछु
सानु तिम्रो आँखाबाट ओझेल पर्दैछु।

कहाँ जान मन थियो, फूलजस्ती तिमी छोडी
केही वर्ष पर्खिबस सम्झनाको घुम्टो ओढी,
एउटा सानो नयाँ संसार जोड्न हिँड्दैछु
गोर्खा भर्ती जान भनी अरुण तर्दैछु।।

साकेवामा एक्लै पर्दा दुःखी नहुनु
चिट्ठी/खबर पठाइरहन्छु तिमी नरुनु
तिम्रै मनको पछ्यौरीमा मुटु छोड्दैछु
सानु तिम्रो आँखाबाट ओझेल पर्दैछु।।

-बिराटनगर

कथा

संयोग

-कमला स्वरुप
उसले कपाल मिलाई । ओठको लाली मिलाई । कपडामा अत्तर छर्की गाजल लगाई र ऐना हेरेर फिस्स हाँसी । उमेरमा कति घमण्ड गर्थी आफ्नो रुपको । श्रृंगार पटार गरेर दाहिने पट्टिको कपालमा लाली गुराँसको थुम्को सिउरिएर हाटबजार मेलापात जहाँ जाँदा पनि प्रशंसा गर्नेको घुइँचो हुँन्थ्यो । यति ठाँट्टिएर बैंस देखाउँदै कता लागेकी हो ठाँट्टिएर हिँड्न त कसैले सिकाउँन पर्दैन नि भनेर आफ्नै साथीहरुले ईष्र्या गरेको पनि अहिले त जुग बितिसकेको छ । उसलाई रुन मनलाग्यो एतिखेर । 'चिया खानु पर्यो' उसले मनमनै चिया खाने निर्णय गरी र भान्छा भित्र पसी । स्टोभ बाली र कित्लीमा चिया उमाल्न थाली । उसको छाती पनि चियासँगै उम्लन थाल्यो । उसले उम्लिएको चिया र आफ्नो उम्लिएको छातीको तुलना गरी । उम्लिएको छातीले दिएको पीडालाई सहन नसकेर तुरुक्क आँसु झारी । यो कर्म पनि सँधैको अभागी रहेछ । कस्तो साइतमा जन्म भएको रहेछ । बरु जन्मेकै बेला साल नाल सहित आमाले तल खोल्सामा फ्यालिदिएको भए त हुन्थ्यो नि ! आखिर बाँचेर पनि के नै हुने हो र उसलाई वैराग्य लागेको छ । आँखाभरि आँसु भरिएर आएको छ ।
'तिमी निर्मला हैनौ निर्मला थापा ' आज बिहान अचानकै ग्वंगबु बसपार्कमा एउटा स्नेहसिक्त स्वरले उसलाई झस्काएको थियो । 'मलाई चिन्यौ म चिनाकुमार ! उही सिन्धुली बजारको चिनाकुमार ।'
'ए चिनाकुमार के गर्दर्छौ । कहाँ थियौ यत्तिका वर्षसम्म कुनै खोजखबर पनि गरेनौ ' उसले ग्वंगबु नजिक टिकट किन्ने काउन्टर भन्दा अलिक अगाडिको सानो बेन्चमा बस्दै प्रश्न गरी । चिनाकुमारलाई भेटेकोमा ऊ खुशी भई र हर्षको दुई थोपा आँसु झारी ।
उसको र चिनाकुमारको हिमचिम भएको ऊ सिन्धुली माडीमा सात कक्षामा पढ्दा देखि नै हो । त्यत्तिबेला चिनाकुमार आठमा पढ्थ्यो । घरबाट स्कूल पुग्न लगभग डेढ कोसको बाटो त्यो पनि उकालो ओरालो चढेर पुग्नुपथ्र्यो । बाटाभरि फलेका ऐँसेलु आरु र अम्बाहरु टिप्दै कसरी आठ नौ जनाको हूल एकैचोटि स्कुल जाने र आउँने गथ्र्यो । ऊ होचो कदकी भएकीले अम्बाको बोटमा पुग्न सक्दिनथी । त्यत्तिबेला कसरी चिनकुमारले अम्बा टिपेर उसको पोल्टामा हालिदिन्थ्यो । ऐँसेलुको काँडाले घोच्छन् भनेर कसरी ऊ आफै ऐंसुलु टिपेर उसलाई दिन्थ्यो । हात समातेर सबै इष्टमित्र र जोरीपारीका अगाडि कसरी दुबै जना ठाँट्टिएर हिँड्ने गर्थे । सालको पातमा साँधेको गुन्द्रुक भुटेको मकै र अघाउन्जेल मोही खाएर कसरी दुवैजना उत्तर पट्टीको सानो जंगलमा गाइबस्तु चराउँन जान्थे । 'वारि जमुना पारि जमुना जमुनाको तिरैमा मनकामना' भन्ने गीत गाउँदै गाउँका तन्नेरीहरुसित बनभोज खान्थे उनीहरु । एक साँझ घरका ठूलालाई छलेर रोधीघरमा गीत गाउँन गएका दिन कसरी चिनाकुमारले ुझुम्के फुली नाकैमा बुलाकी यसपालि त घरजमै होला कि ? भनेर दुनियाँको सामु उसलाई अंगालोमा कसेको थियो । उसले अर्थात् निर्मला थापाले यो भन्दा बढी विगत संम्झन सकिन र फेरि तुरुक्क आँसु झारी । 'मसँग बिहे गरेर काठमाडौं जाने है । काठमाडौंमै सानो तिनो डेरा गरी दुःख सुख बाँड्दै काम गर्नुपर्छ । कर्ममा छ भने सुख पनि पाइएला । राम्रो काम पनि पाइएला । सानो तिनो टिचिङको काम भएपनि गर्नुपर्छ । दसैँको टिकाको पाँचौ दिन पल्लाघरे नन्दकुमार खत्रीको घरनजिकको पीपलकोबोट मुनि चिनाकुमारले प्रस्ताव राखेको थियो ।
'बिहे मुखले भने जस्तो सजिलो कहाँ हुन्छ र बाउको विहे देखिन्छ । फेरि राम्रो कमाइ भएन भने त वित्यास पर्छ नि । पहिले त राम्रो नोकरी नै खोज्नुपर्छ । काठमाडौंमा पनि पैसा बुटामा फुल्दैनन् क्यारे । त्यहाँ त झन् यहाँको जस्तो मर्दा पर्दा हेर्ने पनि कोही हुँदैनन् ।' उसले यसरी चिनाकुमारलाई सम्झाएको पनि अस्ति जस्तो लागेको छ उसलाई ।
'तर बुझ्यौ मलाई त तिमी हवल्दार भइदिए हुन्थ्यो जस्तो लागिरहेछ । हवल्दार्नी भएर सबैलाई थर्काएर राख्ने थिएँ । आफ्ना जोरी पारीको सामू इज्जत पनि बढ्ने थियो ।' उसले यसरी मनको बह पोखेर चिनाकुमारलाई हसाउँन खोजेकी थिई ।
उम्लिरहेको चियालाई उसले कपमा खनाई र भित्र कोठामा पसी । कोठाको उत्तर पट्टि सानो थोत्रो ऐना झुण्डिएको छ । त्यतैतिर पाइला बढाई र मुखमा पाउडर गाजल थपी । सन्दुक खोलेर उहिल्यै देखि थुपारेका सबै चुरा र गहना लगाई । आपुूले लगाएको सारी उसलाई नसुहाएको जस्तो लाग्यो त्यसैले म्याक्सी लगाउँने विचार गरी र हिजो मात्र मधेसीले घुमाउँन ल्याउँदा पैसट्ठी रुपैयाँमा किनेको म्याक्सी लगाई । ऐना हेरेर आफ्ना गालाहरु छामी । उमेरमा तिनै गाला पोटिला र रसिला थिए अब विस्तारै ओइलाएका छन् । उमेरमा जस्तो शरीरमा पुूर्ति पनि अब छैन । जुनसुकै लोग्नेमान्छेलाई पनि मोहित बनाउँने आँखाहरु पनि शिथिल छन् । खै चिनाकुमारले मलाई मन पराउला र उसलाई यतिखेर ऐना अगाडि भक्कानिएर रुन मन लागेको छ । यिनै आँखा हेरेर चिनाकुमारले गीति कविता लेखेका कापीका पन्नाहरु सानी दिदीको कान्छो छोराको हातमा म भएका ठाउँमा पुर् याउन लगाउँथ्यो । दिनमा एक चोटि तिमीलाई देखिन भने नत भात खान मन लाग्छ नत रातभर निद्रा नै पर्छ भन्ने त्यो चिनाकुरमारले यो दुनियाँमा तिमीजस्ती राम्री कोही भए काशी जान्छु भनेर कसम खाने चिनाकुमारले अहिले पनि त्यसरी नै माया गर्ला त ?
उसले मनमनै प्रतिप्रश्न गरी । चियाको कप हातमा लिई र चिया पिउँन थाली । चिनाकुमार चार बजे आउँछु भन्थ्यो । अहिलेसम्म फोन पनि गरेको छैन । चार बज्न त दश मिनेट पनि छैन । उसले मनमनै चिनाकुमार आउँने बाटो कुर्न थाली । पहिले पहिले पनि चिनाकुमार उसको घर आउँछु भनेको दिन कसरी पसाचौं पटक कुदेर बरण्डामा चिनाकुमार आएको छ कि छैन भनेर हेर्न पुग्थी । छि अब त चालीस नाघिसकेको बुढेसकालमा पनि कस्तो बैंस जागेको भनेर चिनाकुमारले भन्ला मैले आपुूलाई सम्हाल्नु पर्छ । उसले झ्यालको पर्दा लगाई र ओछुनमा पल्टी । छाती छामी । ढुकढुकी सहन नसक्ने गरेर बढेको छ उसको ।
'निर्मलाको घर यही हो ' मुन्तिर आँगनमा चिनाकुमार बोलेको आवाज सुनी उसले । ऊ हत्तपत्त उठी । ऐना अगाडि पुगेर आँखाको गाजलको कोस ठिक पारी । छेउकै गमलामा भरखरै फक्रन लागेको गुराँसको थुम्को दाहिने कपालको मुन्तिर काँटाले सिउँरी । रातो टिका र गुलाबी लिपिस्टिक लगाई र दौडेर तल पुगी । अगाडि चिनाकुमार उभिरहेको थियो ।
यति धेरै बर्ष पछि हाम्रो भेट भयो । भगवान्ले हाम्रो मिलन भने जुराइदिए भन्ने सोची र श्वासै नफेरी बोली- 'माथि आउनु न । किन आउँन ढिलो गरेको' पहिलो वाक्य पूरा हुँदा नहुँदै उसले हतनपत्त फेरि सोधी हाली ।
'कहाँ ढिलो भएको छ र घडी हेर न पाँच मिनेट यता उता हुँदा त के फरक पर्छ र हैन त' उसले अर्थात् चिनाकुमारले यसो भन्दा ऊ झस्किई । 'आज पाँचै मिनट पनि तिम्रो लागि यत्रो कठिन भयो त यत्रो वर्षसम्म नभेट्दा त भएको थियो भने' चिनाकुमारले त पूरा वाक्य नबोलेर उसलाई छेड हान्यो । हुन त गाँउमा हुँदा पनि बातै पिच्छे छेड हान्ने गथ्र्यो चिनाकुमार ।
दुवैजना कोठाभित्र पसे । 'कोठा त राम्रो रहेछ । गमलामा लटरम्म फुलहरु फुलेका रहेछन् । आपुूलाई आवश्यक पर्ने सबै सामान जुटाएका रहिछ्यौ । कहाँ काम गर्छौ विहे गर् यौ कि गर्न बाँकी छ ' चिनाकुमारले यसरी व्यक्तिगत प्रश्न सोध्ला भन्ने उसले सोचेकै थिइन । 'मैले पनि बिहे गरेको छैन । तिमी जस्ती केटी पनि पाइएन न त खोजी नै गरियो ।' उसले अर्थात् चिनाकुमारले पुनः आफ्नो कुरा पनि खोल्यो ।
ऊ अवाक भई । उसका आँखा भरि आँसु भरिए । चिनाकुमारले किन विहे गरेन उसलाई झन् छटपटी बढेको जस्तो भयो र भित्र भान्सामा पसी । चिनाकुमारलाई भुटन मन पर्छ । त्यसैले बिहानै आधाकेजी भुटन लिएर आएकी थिई । त्यही भुटज भुट्न थाली । स्टोभ बाली र चिया बसाली । भुटन चिया र चिउरा चिनाकुमारको अगाडि राख्दै भनी ूतिमीले विहे गरेका छैनौ भन्ने कुराले दुःख लाग्यो । वास्तवमा तिमीले विहे गरेको भए यत्तिखेर वालबच्चा पनि भैसक्थे होलान् । तिम्रो आफ्नै दुःख सुखको संसार हुन्थ्यो होला । मैले यो भन्दा बढी अरु के नै भन्न सक्छु र ? यसो भन्दा निर्मलाको मुटु नराम्रोसँग काँमेको थियो । आँखाभरि आँसु टल्पलाएको थियो । उसलाई चिनाकुमारसँग अगालो हालेर रुन मनलागेकेा थियो ।
'किन रोएकी ?मलाई थाहा थियो । तिमीले पनि त मेरा लागि अरुसँग विहे गरिनौं । तीस वर्षसम्म नभेट्दा पनि हाम्रो तन र मन मात्र हैन शरीर पनि चोखो र निर्मल छ निर्मला । तिमीलाई संझेर कतिचोटि रोएको छु । तिमीलाई मैले लेखेको डायरीहरु पढ्यौ भने पनि थाहा हुनेछ । घरमा बुवा आमाले जति गर्दा पनि विहे गर्न मानिन । त्यही चिन्ताले आमा परार साल बित्नु भयो । बुवालाई मुटुको रोग लागी ओछ्यान पर्नु भएको तीन वर्ष पुरा भएर चार वर्ष लागेको छ । मैले त चिने जानेका सबैसँग तिम्रो बारेमा सोधेको सोद्दै तीस बर्ष बिताएकोछु ।' चिनाकुमार पनि निर्मलासँगै भक्कानियो । निर्मलाले विस्तारै चिनाकुमारको हात समाती र उसको आँसु पुछी । चिया चिसो हुनलागि सक्यो । भुटन पनि चिसो भयो पहिला खानु- भोक लागेको होला । अनि त्यस पछि कुरा गराँैला । कुरालाई अन्त मोड्दै उसले चिनाकुमारलाई खाजा खान अनुरोध गरी ।
'मैले पनि धेरै दुःख कष्ट गरेर आइ। ए। पास गरेँ । अहिले मालपोतमा स्थायी जागिर खाइरहेको छु । कति मान्छेले विहेको प्रस्ताव देखि मायाको प्रस्तावसम्म राखेर हैरान पारेका छन् । तर कसैको आँखामा पनि तिमीमा देखिने अपनत्व महसुस हुन सकेन । कुरा र बनावटी शब्दहरुमा यो मायाको स्पर्श र उच्चता कसरी महसुस हुनसक्छ र ?' निर्मलाले चिनाकुमारको हात समाती । दुबै जनाले तीस वर्ष लामो विछोडको पीडा आँसुसँगै बगाउँन थाले ।