जगेडा
-रोशन थापा 'नीरव'
घरबाट निस्कनुअघि उसले खल्ती छामेको थियो । खल्तीमा केही थिएन । यो उसलाई थाहा थियो । राखिएको भए पो केही हुन्थ्यो । संयोग कस्तो भने खल्ती खाली भएभै पेट पनि चाँडै नै खाली भएर बज्ने गथ्र्यो । पानी वा पाँच रुपैयाँको चनाले दिन कटाउन त कठिनै हो तर उसले कटाउने गथ्र्यो ।
घरबाट निस्केपछि ऊ सहिदमञ्च पुग्थ्यो । त्यहाँ थरथिरकिा मान्छेहरू भेला हुन्थे । कोही सरकारलाई सराप्थे । कोही आफैंलाई धिक्कार्थे । कोही सडकलाई अवरुद्घ पार्थे । कोही शारीरकि भोगका लागि सडककर्मी युवतीका पछिपछि दौडन्थे । ऊ मौन यी सबै क्रिया हेरेर समय कटाउँथ्यो र साँझ घर र्फकन्थ्यो ।
ऊ एक्कासि यस्तरी बेरोजगार भइदिएको थियो, देख्ता पत्यारै लाग्दैनथ्यो । पढेलेखेको शिक्षित व्यक्ति हो । कतै काम पनि गथ्र्यो । बीचमा के भयो कुन्नि, एकदमले बेकारी बनिदियो । अनि त के, त्यस्तो मान्छे न घरमा उपयुक्त हुन्थ्यो, न राष्ट्रमा, न समाजमा ठीक हुन्थ्यो, न मित्रमण्डलीमा । कतै पनि उचित पात्र बन्न सक्तैन । यो सत्य भनूँ वा कठोर यथार्थ, उसले भोग्दै थियो । एउटा जगेडा वस्तु वा पात्रजस्तो भएको थियो । ऊ परविारकै मात्र होइन, राष्ट्रमै पनि जगेडाका रूपमा बाँच्तै थियो, जसका परििचत त धेरै थिए, तर आफ्नै जस्तो कोही थिएनन् ।
यता देशभित्र देश चलाउने ठेकेदारहरू भने ज्वलन्त बनेर देखापरेका थिए । बडो गर्व र दर्पमा राष्ट्रियता र राष्ट्रको बखान जादुमय यथार्थमा गर्दथे । ऊ छक्क होइन, थक्क पथ्र्यो । कारण ऊ कुनै पनि राजनीतिक पीठपोकेमा घुसि्रएको व्यक्ति थिएन । एक निरीह, निहत्था, निमुखा नागरकि थियो । यसैले बेरोजगार थियो । देशमा त्यसो त कामैकाम थियो तर उसका लागि कतै ठाउँ थिएन । आश्वासन थियो, कार्यान्वयन थिएन । बस्, ऊ थियो, उसका बेरोजगारी दिनहरू थिए । समय जसोतसो कट्तै थियो । कुनै निवृत्त बूढाको उमेर कटेजस्तै दिन कट्तै थियो ।
भोक लाग्यो । पेट छाम्यो । पानी खान एउटा होटलमा छिर्यो । भोक लागेर होइन, तिर्खा लागेर छिर्ने यात्रीसरह छिर्यो, किनभने भोक लागेर छिर्नेले रकम तिर्नुपथ्र्यो । तिर्खा लाग्नेलाई होइन । इनार, पम्प वा धाराको शुद्घ, अशुद्घ पानी पिउनलाई के पैसा ? अनि प्लास्टिकको जगबाट पानी कलकल पिउन थाल्यो ।
पानी पिएपछि आफ्नो मुख पुछ्यो । यसो चारैतिर दृष्टि घुमायो । दृष्टिहेराइ एक्कासि त्यहाँ गएर टक्क अड्यो, जहाँ एउटा मान्छे उसलाई हेरेर मुस्कुराउँदै थियो । कतै यसले थाहा त पाएन ।
ऊ बस्यो । त्यस मान्छेले चुरोट सल्कायो र साहुनीतिर हेरेर खाजा र चिया दुई ठाउँमा मगायो । ऊ मौन भएरै बस्यो ।
-अनि भाइ, अचेल के गर्दै छौ ?
-केही छैन दाइ ।
त्यसले सुस्केरा चुरोटको धुवाँसँगै फाल्यो । यो मान्छे को हो ? ऊ सोच्तै थियो । चिनिएको आफ्नो शब्दकोशको कुनै पनि पातोमा उपस्थित हुने नाम, सर्वनाम वा विशेषणयुक्त पात्र यो परेन ।
-अनि भाइ, कता छौ त ?
-म बेपत्ता छु दाइ ।
उसले दिन लागेको उत्तर थियो, सङ्घीय गणतान्त्रिक अवधारणाअनुरूप यसो हुन लागेको हुँ तर दिएन, किनभने खाजा टेबुलमा आइपुगेको थियो र त्यस मान्छेले खाजा सार्दै खान भन्यो र आफू पनि खान थाल्यो । खाजा खाँदासम्मको अवधि तिनीहरूबीच मौनताको रेखा कोरियो ।
खाजा धमाधम खाइयो । खाँदाखाँदै उसलाई लाग्यो, कतै यसले मलाई मूर्ख बनाएर खाजाको प्रकरण गरी फसाउने त होइन ? उसले खाजाको अन्तिम भाग खाएर त्यो मान्छेको अनुहार पुलुक्क हेर्यो । अनुहारमा त्यसो त कुनै कपट र धुत्र्याइँ थिएन । केही मत्थर सान्त्वना उसले प्राप्त गर्यो । त्यो मान्छे अन्ततः को हो ? यो भने अझै थाहा भएन ।
-बुझ्यौ भाइ, म पनि यस लोकतन्त्रको युद्घमा गोली खाने मान्छे हुँ नि ।
-हो र दाइ ?
-हो त नि । इ, हेर त मेरो कुममा...गोलीले छोएर गएको । यहाँ
यस्तो खत नभएकाहरू भटाभट खत पार्दै हुन्डी र मन्डी राज्यबाट प्राप्त गर्दै छन् । म भने राष्ट्रलाई ठग्न र छल्न सकिनँ । म क्रान्तिका लागि गोली खाने मान्छे हुँ, भ्रान्तिका लागि लड्ने व्यक्ति होइन । यस मुलुकका लागि दिन्छु रगत म । नठान्नू मलाई यो सबै फगत । क्रान्तिको पातपातमा युद्घको शुद्घ लक्ष्य हुनुपर्छ । रगतले राष्ट्रमाताको आँसु धुनुपर्छ...।
त्यस मान्छेको मुहारमा कुनै विक्षिप्तता देखिँदैन । कुरामा पनि त्यस्तो कुनै नकारात्मक टोन थिएन तर यो खाजा, यो कुरा...मान्छेको कस्तोकस्तो स्वभाव हुन्छ, कसैलाई थाहा हुँदैन तर भेट भने हुन सकिन्छ, जस्तो आज भयो । उसलाई आजको दिन सप्रेजस्तो लाग्यो, किनभने आज भोकै घर र्फकन परेन । त्यो मान्छे केके कुरा गर्दै थियो, जति पनि कुरा गथ्र्यो, पूर्णतः सन्तुलन अवस्थाकै थियो । कुनै विग्रहको कुरा थिएन । भए पनि के र ? आजको उसको व्यर्थको दिन त एउटा प्राप्तिमा नै बित्यो ।
त्यस मान्छेले इतिहास, दर्शन, साहित्य, धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता आदिको व्याख्यान यस्तरी दियो, त्यो सुनेर उसको भोको पेट खाजाले भरिए झैं “ दिमाख पनि टनाटन भएर टनटन गर्न लाग्यो । ऊ रन्थनियो । अब खाजाको पैसा कसले तिर्ने ? रात परेपछि ऊ घर फर्कियो र र्फकंदा पेट र दिमाख दुवै टनाटन भरएिको थियो । उसको एक पैसा पनि खर्च भएन तर भोको हुनुभन्दा बेकारी हुनुको ग्लानि भने अझै उसभित्र जिउँदोजाग्दै थियो ।
Friday, July 24, 2009
Thursday, July 23, 2009
कबिता
अक्करको त्यो यात्रा
-ईन्द्र जिजीबिषा
अक्करको त्यो यात्रा
हेर्दै दिक्क लाग्ने
कतै नाक ठोक्किने उकालो
कतै हेर्दै खुट्टा काम्ने ओरालो
कतै पच्याङ्हरु
पाइला पाइला गनेर
छिचोल्नु पर्ने
त्यो अक्करे यात्रा
गर्मिमा घाम्ले पोल्दा , न सितल छहारी
आत्मा तिर्खाले आत्मा ब्यकुल बन्दा
प्यास मेट्ने न कुवा
उजाड मानब बस्ती बिहिन
अक्करे यात्रा
ढाकरहरु बोकेर हिंड्नै नमिल्ने
सघुरो गल्लिहरु
टेकुवा टेकाउनै नमिल्ल्ने घुम्तिहरु
यस्लाई अब अली कती फराक बनाउनै पर्छ
दोहोरो ढाक्रेहरु हिंड्न मिल्ने
टेकुवा टेकाउन मिल्ने
त्यही गल्लीलाई छेउकुना खोस्रियर
मात्रा पुगिहाल्छनी
ढुङ्गाहरु पन्छायर फाले भाई हाल्छ नि
कहाँ मैले बाटो नै परिवर्तन गरौ भनेको हुँ र ?
सिउडिको रुखहरु फालेर
सितल दिने वर पिपलहरु रोपौ मात्रा भनेको हुँ
सिउडिले न सितल्तानै दिन्छ
न कुनै कन्दमुल
प्यास लाग्दा तिर्खा मेट्ने कुवाहरु खनौ
अनी थकाई लाग्दा थकाई मेट्ने फलैचाहरु बनाउ
मात्र भनेको हुँ,
त्यो अक्करे यात्राहरुमा बास , गास र कपास
नमिल्न पनि सक्छ
कठाङ्रिने ठन्डी या प्रचन्ड गर्मिहरुमा
तर हतोत्साही नभै
लक्षेलाई पछ्याउदै
अगाडि बढोउ मात्र भनेको हुँ
आमको दुध नसुके सम्म यो छातीमा
आदम्म्य साहस् अनी द्रिढ सन्कल्प
हुनेछ पुरा गर्ने अक्करे यात्राहरुलाई
चोइटिन्दैना खिइन्दैना पाइतलाहरु
बरु धुलिनेछन गल्ली र गोरेटोको धुलोहरु
यस्तै बाटोहरु निर्माण गर्नु पर्छ
जहाँ बिबेक हिन र निमुखा प्रानीहरु पनि
स्वोतन्त्र अनी शान्तिले हिंड्न सकुन
बाघ भलु नलागोस
अनी ठाउँ ठाउमा कुवाहरुहोस्
अनी सितल दिने वर छायाहरु
जहाँ हरेक आमाहरुले तिर्खा लाग्दा
धित मरुन्जेल पानी पिउन
जहाँ हरेक बाबुहरुले
थकाई लाग्दा छहारिमा सुस्केरा हालुन
हिमालको चिरैतो , यार्सगूम्बा , पाखान्बेद अनी
हाड्जोर्नि र माझितो कुरिलोहरु
तरै पुगुन र
तराइको नुन चामलहरु हिमाल पुगुन
अनी त हरेक यायावरहरु आफ्नै देश फर्किने छन
मुक्ती कामी हातहरु
अक्करे यात्राको गोरेटो निर्माणमा जुट्नेछन्
मात्रै त भन्न खोजेको हुँ मैले ।
-खोटांग
हाल: मलेसिया

गजल

-राज लम्साल 'यात्री'
तिमी कस्ती भयौ होला सिन्दूर पोते लाउदा खेरी
एकै पटक हेर्ने मन थियो तिम्रो तिर आउँदा खेरी
मन राम्रो रुप राम्रो तिमी त्यसै चन्द्र जस्ती
मन राम्रो रुप राम्रो तिमी त्यसै चन्द्र जस्ती
कति खुशी भए होलान् उनले तिमीलाई पाउदा खेरी
तिम्रो वरिपरि सधैं जाही जुही फुल्छन् भने
तिम्रो वरिपरि सधैं जाही जुही फुल्छन् भने
हरेक बिहान तिम्रै नाममा मैले मन्दिर धाउदा खेरी
यती ठूलो संसारमा एउटै तिमी मिल्ने मान्छे
यती ठूलो संसारमा एउटै तिमी मिल्ने मान्छे
अझै पनि सुन्ने गर्छौ मैले गजल गाउदा खेरी
-झापा
हाल: युएई
गजल

-राजेन्द्र थापा
आँसु पुछेपछि रुमालमा, आँसु अड्केको हो जिन्दगी,
चैते खरबारीमा ठूटोले, आगो भड्केको हो जिन्दगी ।
के गर्ने, कसरी गर्ने, नजान्दा'नि गरिए जस्तो,
पैलो मायाको कलेजो झैँ, बेताल धड्केको हो जिन्दगी ।
दोधारे तरबार हो माया, उल्टिने प्रहार हो माया,
बुझ्दै नबुझी आफैँतिर, गोली छड्केको हो जिन्दगी ।
मायाले दिएन मलाई मर्नै, न त दियो जिउन नै,
सुकेको खोलीको थोरै पानीमा, माछी तड्पेको हो जिन्दगी ।
सके सम्म सहेपछि मात्रै, सहनै नसकेपछि मात्रै,
आत्मघाती मानव बम झैँ, आफैँ पड्केको हो जिन्दगी ।
-लोकन्थली
गजल
-डा. घनश्याम परिश्रमी
हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब ।
अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब ।
पीर होस् कि हर्ष सँगै भोग्नुपर्दछ
तराई, पहाड र हिमालले अब ।
सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नुपर्छ नयाँ सुर-तालले अब ।
हामी लक्ष्य भेट्न हिँड्यौँ वेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब ।
-भैरहवा
( साभार: मधुपर्क )
हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब ।
अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब ।
पीर होस् कि हर्ष सँगै भोग्नुपर्दछ
तराई, पहाड र हिमालले अब ।
सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नुपर्छ नयाँ सुर-तालले अब ।
हामी लक्ष्य भेट्न हिँड्यौँ वेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब ।
-भैरहवा
( साभार: मधुपर्क )
गीत

बरै भन्ने कस्ले
-दिलिप योन्जन
तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।
कसम यियो सात जन्मको,धोका दिइस् भन्छे
तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले
मलाई दुख्दा रुन्थी पैले,हाँसी हिड्छे अहिले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।
तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले
मलाई दुख्दा रुन्थी पैले,हाँसी हिड्छे अहिले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।
तिमी मर्दा म नि मर्छु, गर्थी रोई बाचा
एक्लो भए साथ माग्दा, हा..हा हाँस्छे आज
दु:ख पिडा बाड्छु भन्नेले,कॉँडामा उनी अहिले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।
एक्लो भए साथ माग्दा, हा..हा हाँस्छे आज
दु:ख पिडा बाड्छु भन्नेले,कॉँडामा उनी अहिले
एउटै मुटु दुइटा हुँदा, बरै भन्ने कस्ले ।
-अस्टिन, अमेरिका
लेख
लेखकको जन्म पाठकको गर्भबाट
-नन्दलाल आचार्य
हामीहरु उज्यालोका उपासक हौँ । रात नवितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ । समाजमा रातलाई दिन र दिनलाई रातका रुपमा हेर्ने र आफ्नो स्वार्थको घैलो टन्न भर्ने व्यक्तिहरुको कमि छैन । यस्ता रातका उपासकहरुबाट राष्ट्रलाई नबचाए राणाशासकले पंचायती निरंकुस व्यवस्थाले र जनआन्दोलन-१ पछिका शासकहरुको कुर्सीमोह एवं हानथापले पछि पारिएका हामी कहिल्यै अघि सर्न सक्दैनौँ । हृदयदेखि नै मन वचन र कर्मले राष्ट्रप्रति प्रेम दर्शाउनेहरुको ताँती पनि हामीकहाँ लामै छ । "अनुभव गरेका कुरा लेख्न नसक्नेहरु र लेखेको कुरा पाठकको अनुभुतिमा प्रवेश गराउन नसक्नेहरु साहित्यका लेखक होइनन् । कुनै पनि लेखबाट लेखकको हृदय र मस्तिष्क देखिदैन भने पाठकले त्यसलाई पढन् छोडिदिन्छन् । साहित्यले पाठकको मनमा घाउ पार्दैन पारेको घाउ निको पार्छ । घाउ बोक्नेहरुलाई पनि आनन्दमा पुर्याएर छोड्नु साहित्यमा कलाको आफ्नो विषय हो । गल्ती गर्नेहरु र सृष्टि गर्न नसक्नेहरु लेखक बन्न सक्दैनन् । पाठकलाई भ्रममा पुर्याएर छोड्न अन्योलमा र अस्पष्टतामा पुर्याएर छोड्नेहरु लेखक होइनन् ??हल्लाको बजार जसले लिए पनि समयलाई शान्त ठाउँमा राखेर लेखकलाई प्रतीक्षा गरिरहेको पाठक यो संसारले दिन नसकेको सृष्टिको आनन्द र परिवर्तन लिन पर्खन्छ ?।लेखकलाई लेखक बनाउने पाठक र स्वयम् लेखक हुन् ?। कुनै तरिकाबाट परिवर्तन मुक्ति र भविष्य पाठकलाई नदिने साहित्य साहित्य होइन । यस्तो साहित्यको जन्म भए पनि पुनर्जन्म छैन ।" -गोपाल पराजुली गरिमा पू.३०८ । नेपालमा च्छो-रोल्पा जस्ता हिमताल सगरमाथा कंचनजंघा जस्ता हिमटाकुरा लामटाङ्ग खम्बु जस्ता हिमनदी भएको अपार प्राकृतिक सम्पदा छ ।
प्राकृतिक सम्पदाले नै हामी धनी छौँ । हामी भौतिक सुखभन्दा आध्यात्मिक सुखलाई उत्तम ठान्छौँ । अतिथिलाई देवतुल्य ठानी व्यवहार गर्ने हाम्रो सनातन परम्परा छ संस्कार छ । त्यसैले हामीले नेपाल भ्रमण वर्ष-१९९८ मनायौँ । त्यस वेला हाम्रो आतिथ्यलाई स्वीकारेर मनग्यै पर्यटकहरुको ओइरो लागेको थियो । देशले विदेशी मुद्रा आर्जन गर्ने र बेरोजगारले रोजगार भेट्ने अवस्था सिर्जना भएको थियो । हर्षको वर्षको रुपमा हामीले सन् १९९८ लाई धुमधामका साथ मनाएकै हौँ । तसर्थ जो नेपाली हो त्यसले नेपाललाई पढेको हुनुपर्छ । मुटुमा मुलुकलाई राख्न सक्ने र पवित्र कर्मद्वारा जगत्लाई धन्य पार्न सक्नेका करोडौं दुःखहरु मुलुकले नै निस्तेज पार्दिन्छ । हिमालको काचन जल पहाडका उपयोगी जडिबुटी-कन्तमूलहरु र मधेसको तातो जाउलो दिएर नेपाल आमाले हामीलाई धन्य बनाएकी छिन् भन्ने कुरा स्मरण गर्दै कवि विक्रम सुब्बाको कलम बोल्छ-
दूधले भरिएका आमाका स्तनहरु
जसले मभित्र सिंचित गरे
काचन हिमाली जल र मधेसको तातो जाउलो
पहाडी जडिबुटीका सुगन्ध र कन्दमुलको स्वाद
मेची र कर्णलीको लयदार लोरीका धुनहरु
र त मेरा हरेक अङ्गहरु पुलकित देखिन्छन्
लाग्छजसका नसामा आपनो देशको हावापानी दौडिँदैन
सायद ऊ नै सबैभन्दा रोगी मानिस हो ।
पाठक : पृष्ठ-५ गरिमा पू.३०८
सम्पूर्ण नागरिकको मनको जुहार र मुहार स्वदेश प्रेम हो । रसिलो विहानी बनाउन मात्र हैन जीवनको सार नै स्वदेशको माटोसँग गाँसिएको हुन्छ । स्वदेशको माटो नै हरेक नागरिकको मुटु हो । यहीँ माटोमा आफ्नो जाँगर र पौरख देखाए मात्र माम पाइन्छ जीवन धन्य बन्दछ । माटोलाई माया गर्नु नागरिक धर्म हो । माटोप्रति ममता दसा्रएर अघि बढ्नेहरुको जीवनमा सदाबहार रुपमा वसन्त भित्र्न्छ । मानव जीवन एक नदी हो । असल कर्मले जीवनलाई श्रृङ्गार गर्ने जीवन पवित्र जल लिएर निरन्तर प्रवाहित हुने नदी हो भने समाजको अनिष्ट सोच्ने खालको जीवन गन्धे कुवाको गन्हाउने पानी हो । यस अर्थमा मानव जीवन नदी हो भने मानिस त्यस नदीमा बग्ने पानी हो । चैत्रको खडेरीमा पानीको ठूलो महत्व हुन्छ तर भदौरे भेलको बखतमा त्यस्तो महत्व हुन्न । एक दिन नदी अथाह सागरमा विलुप्त भएझैं मानव चोला पनि अस्त हुन्छ भन्ने शाश्वत कुरालाई अघि सार्दै कवि विनोद अश्रुमाली वशीभूत भएर सम्बोधन गर्दछन्-
एक दिन समाप्त हुने मेरो जीवन यात्रा
एउटा अथाह सागरमा विलुप्त हुनेछ
मलाई शरण दिने
मेरो सागरको कुनै वेला
म कल्पना गर्छु
अनि आत्मविभोर हुन्छु
यात्रा कायम छ
पहाडपर्वत भीरपहरा हुँदै
दौडिरहेछु आठै पहर अविछिन्न ।
म एक नदी :पृष्ठ -७ गरिमा पू.३०८
एउटै हत्केलाका औंलाहरु त समान हुँदैनन् एकै आमा-बुवाका सन्तान त समान स्वरुप र स्वभावका हुँदैनन् भने एक देशका अनेकन जनतामा समान विचार समान आकांक्षा र समान कार्यशैली भेट्नु आकाशको फल आँखा तरी मर भने सरह हुन्छ । नेपालले १०४ वर्षे राणाकालीन कालरात्री पार गर्यो ३० वर्षे निरंकुश पाचायती व्यवस्थाको महारोग खेप्यो र हरतरहले मुक्त भयो तर मुक्तिको हर्ष मनाउन सकेन । नेताहरुको कुर्सीको भागबण्डा र लुछाचुडीले उही राणाकालीन युगको गन्धले दुर्गन्धित पार्यो । मानवीय मूल्य-मान्यता र सिर्जना कुहिरोको काग बन्यो । देश अधोगतितर्फ घचेटियो । यसरी देश विरामी पर्यो । असल डाक्टर र बैद्यको खोजीमा देशले घनचक्कड लगाइरह्यो । ठाउँ र समयमा असन्तुष्टिको बोली नबोली र निस्वार्थ कार्य नगरीकन देशको हित हुन्न । देशले अग्रगति नभेटे देश बिरामी हुन्छ । बिरामी देशलाई निको पार्ने डाक्टर र बैद्य भनेका असल नागरिक हुन् । असल विचार र कार्य गरेर स्वदेशप्रेम झल्काउनु हरेक नागरिकको कर्तव्य र दायित्व दुबै हो । जे भए पनि हामी शान्ति प्रकि्रयामा धेरै अघि बढ्यौं । शान्तिको खोजीमा लालायित नेपालले प्रगतिका विविध रोचक र घोचक जंघारहरु तरिसकेको छ । प्रतिष्ठाका विभिन्न भ-याङ्गहरु उक्लिसकेको छ । आज गाउँशहर केही शान्त भए पनि िसंहदरबार अशान्तिको थलो भएको छ । सानो निर्णय लिन पनि लामो समय लिने र अविश्वासको लामो लहरो बनाउने काम हुने गरेको छ । यदि गाउँशहरमा शान्तिको श्वास फेर्न पाइन्छ भने सिंहदरवार अशान्त नै भइरहोस् भन्ने आकांक्षा सार्वजनिक गदै कवि पुरुषोत्तम दाहालको कलम वर्तमानको अव्यवस्थित रवैयाप्रति आक्रोशयुक्त स्वर सुसेल्दछ -
उड्दै गरेका चराहरुका पखेटा अब नकाटिऊन्
जङ्गलमा बारुदको विस्फोट अब सुन्न नपरोस्
खोलामा अब रगतको साटो
निर्मल पानीको कलकल सुन्न पाइयोस्
हामी सबै त्यसै भन्छौँ
गाउँ त्यसै भन्छ
सहर त्यसै भन्छ
शान्ति घरमा पसोस्
अशान्ति अब सिंहदरवारमा नै
आराम फरमाएर आनन्दसँग बसोस् ।
अशान्ति सिंहदरवारको बगैंचामा पुगेको छ : पृष्ठ -१० गरिमा पू.३०८
आफैले गरेको कर्म आफ्नै भविष्यका लागि कत्तिको हितकारी छ त्यसको लेखाजोखा गर्न सकिएन भने केही गर्नु भनेको अँध्यारोमा बन्दुक हानेजस्तो हुन्छ । लेखक कविहरुको त्यो जीवन आफ्ना लागि हैन पाठकका लागि हो । किनभने उनीहरुको सिर्जना पाठकहरुको पेवा धन हो । सचेत पाठकको मनलाई जित्ने रचना वा कृति कालजयी हुन्छ । कालजयी रचना सिर्जना गर्न नसक्ने लेखक कवि दीर्घकालसम्म अस्तित्व राख्न सक्दैन । पुरानै कुराहरु दोह-याउने सर्जकलाई पाठकहरु साहित्यिक सर्जक हैन ढोंगी ठान्दछन् । यही सत्य प्रक्षेपणका निम्ति कवि टेक बी.कार्कीको कलम अघि सर्छ-
भन्दाभन्दा लेख्दालेख्दा
बोधो भइसकेका बिम्बहरुलाई
कत्ति म ठुँगिरहूँ ।
कविताको घर :पृष्ठ -११ गरिमा पू.३०८
पसिना बगाउनेहरु पसिना बगाउँदा छन् । पसिना चाटेर मोटाउनेहरु मोटाउँदा छन् । मानवमुक्तिको संग्राममा लागिपर्नेहरु संसारलाई चिनेर र बुझेर लागेका छन् । मुक्ति संग्रामलाई नै ज्ञानको विश्वविद्यालय ठान्दछन् । उदयपुरे स्रष्टा पुण्य कार्की "मध्यरातमा कथासंग्रह-२०६३" मा संग्रहित "स्वलापू शीर्षकको कथामा लेख्दछन्-"आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै होला । मलाई क्याम्पस विश्वविद्यालयमा पढ्न नपाएकोमा कुनै पछुतो छैन । मनको एक कुनामा पनि त्यसको दुःख छैन । मैले जुन कुरो रोजेँ अत्यन्तै ठीक रोजेँ आमा । हामी दाजुभाइ नै यस मानेमा प्रफुल्ल छौँ गौरवान्वित छौँ । क्रान्तिको महाअभियानमा पस्नु यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरु रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ ।
यहाँ यस्तो पनि देखियो आमा युगौयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरु छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरु बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरु कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी क नजान्ने हातहरु -हामी निरंकुशताका कैदी हैनौँ स्वतन्त्रता समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गनमा त यस्तो लाग्छ -हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनी मिसिएर आएजस्तो गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरु मकैकोदोसँगै पिसिएर आएजस्तो । चराहरुको चिरविराहट भित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरुको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ नयाँ छ ? युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरु सिक्दै जादैछौँ । ?क्रान्ति सरल हुँदैन आमा ! यो जटिल हुन्छ बाङ्गोटिङ्गो हुन्छ अनगिन्ती मोड कुइनेटाबाट अगाडि बढेको हुन्छ । त्यस्तै जनताको स्वतन्त्रता र मुक्तिको महायज्ञमा होमिएर भौतिक स्वरुप अर्पण गर्ने सहिदहरुको आकांक्षा ओझेलमा परेको छ । धेरै गरे उनीहरुको पत्थरको शालिक बनाइन्छ र प्रत्येक सहिद दिवसमा वर्षको एक पटक स्मरण गरिन्छ । यही प्रथालाई खेदो गर्दै कवि नर पल्लवको कविता अघि सर्दै कुर्लन्छ-
अभावपूर्ण पूर्णिमाझैं उद्भासित
स्वतन्त्र जनस्वरलहरीको
त्यो क्रान्तदर्शी क्रन्दन
प्रत्येक पल
पत्थरसँग मानवमुक्तिको शिलालेख कुँद्ने गर्दछ
कठै ! ओजस्वीशून्य निस्तेज रातले
तर पराजित गर्न सक्तैन ।
शून्य निस्तेज रातले ? पृष्ठ -१२ गरिमा पू.३०८
मुलुकको चौतर्फी पक्षको समुन्नतिमा देशका हर्ताकर्ता नलागीकन पूरातनवादी यथास्थितिलाई नै मलजल गर्दै हिडे भने विद्रोहका हातहरु उठ्नेछन् । परिवर्तनको गीत गाउँने गायकहरु थपिनेछन् । चट्टानझैं शक्तिशाली छाती पारेर युगौंदेखिको पुरानो पर्दा च्यातचुत पार्नेछन् । यस महाअभियानको बाटामा तगारो बन्नेहरुले प्रायश्चित गर्ने शब्द र भाग्ने बाटाहरु पाउनेछैनन् भनेर हाँक दिने काममा कवि गण्डकीपुत्रको कविता अग्रसर हुँदै भन्छ-
यो आवाजलाई
पर्खालभित्र कैद गर्ने
सपनामा ननिदाओस् कोही पिन
आवाजलाई रोकियो भने
त्यो सुनामीको महाप्रलयका
हात समातेर पस्नेछ वैभवको महलमा
त्यत्तिबेला
आवाज रोक्न खोज्नेले
प्रायश्चित्त गर्ने शब्द भेट्टाउने छैन
र भाग्नका लागि
बाँकी रहने छैनन् कुनै बाटाहरु ।
विद्रोह हुन थालेपछि : पृष्ठ -१४ गरिमा पू.३०८
जीवन गतिशिल हुनुपर्छ । प्रत्येक जंघारहरु तर्दै गन्तव्यतर्फ बढ्नुपर्छ । स्वार्थको घैला भर्नेहरु धेरै छन् समाजमा । तिनीहरुको मुखमा बुझो लगाउन पनि हार स्वीकार्नु हुन्न । समाजमा त्यस्ता विकृत स्वरुपको मुखमा कालोमोसो दलेर विजयोत्सव मनाउने कार्यतर्फ अग्रसर हुनु जरुरी छ भन्ने भावना ओकल्दै कवि मुरारि अधिकारीको कविता बोल्छ-
मलाई खेलचारी लाग्छ तिम्रो भव्यता
त्यस्ौलाई मेरो हार भने मानेको हैन
तिम्रो सन्तोषको धसा्र बटुलेर
यसैको अभावलाई मेरो कमजोरी ठानेको होइन ।
मृत्युलाई स्वीकार गर्न सकिन :पृष्ठ -१५ गरिमा पू.३०८
प्राकृतिक सौन्दर्यताको सर्वोत्कृट नमुना भेडेटारको सौन्दर्यतामा दिनानुदिन भौतिक रङ्ग चढिरहेको छ । त्यहाँको भौगोलिक बनावटलाई आधुनिकताको तुवाँलोले ढाकिरहेको छ । विकास हुनुपर्छ तर विवेकले । आधुनिकता भित्रनुपर्छ तर प्राकृतिकतालाई ओझेलमा पारेर हैन भन्ने भाव साचार गर्दै कवि अच्युत वाग्ले लेख्छन्-
उही कुहिरो उही डोको
उही पीडा उही भ्यूटावर
उही भूमिकामा
केही नयाँ पात्रहरु
र थपिएका केही नयाँ महलहरुसँगै
द्रुत द्रुत आधुनिक हुँदै छ
भेडेटार ।
भेडेटार : पृष्ठ -१८ गरिमा पू.३०८
चाकरी-चाप्लुसी धाक-धम्की र घुसले सम्मानको पगरी गुथ्नेहरुप्रति रोष व्यक्त गर्दै सम्मानीय कर्म गर्नेहरुले सम्मान भेट्नुपर्छ भन्ने आवाज धन्काउँदै र दरिलो विश्वास प्रकट गर्दै कवि आयुष्मान शाक्य भन्छन्-
मेरो कविताको शब्दशब्दमा
बचाइराख्नेछु-मेरो सम्मानलाई
मेरो रचनाको हरेक पंक्तिमा
जोगाइराख्नेछु-मेरो सम्मानलाई
मेरो सिर्जनाको छाँया बनाई
सजाइराख्नेछु-मेरो सम्मानलाई
सम्मान ! सम्मान !! सम्मान !!!
पुनर्जन्मप्राप्त
मेरो प्यारो सम्मान
सम्मानको खोजी : पृष्ठ -२० गरिमा पू.३०८
अन्तमा आजका कविहरुले अग्रज साहित्यिक स्रष्टाप्रति श्रद्धाले शिर निहुर्याउँनु जरुरी छ । सर्वस्व देशप्रेमलाई ठान्दै देशभक्तिको गीत गाउँन अग्रसर हुनु आवश्यक छ । प्रेम-प्रणयका सम्बन्धमा कलम चलाउनेहरुले यसैको माध्यमबाट जीवनको रहस्य खोतल्न सक्नुपर्छ । भोकले दाबिएको पेट देख्दा र नाङ्गो आँङ भेट्दा असमानताको झाँको नझारी हुन्न । आजकल यता पीडा उता अभाव र सर्वत्र भताभुङ्ग छ । यो अवस्थामा जीवनको सार पहिल्याउन सर्जकले कुनै कसर बाँकी राख्नुहुन्न । प्राकृतिक रमणीयताको श्रेष्ठ मुलुकका बासिन्दा भएका नाताले पनि प्रकृतिले मोहित पार्दा त्यसैको भजन गाउँनैपर्छ । जहाँजहाँ अन्याय अत्याचारले सीमा नाघेको र थिचोमिचोको लेखाजोखा नभएको भेट्टाइन्छ त्यहाँ त्यहाँ खबरदारी गर्न विद्रोहको स्वर सुसेल्नैपर्छ । काम गरिखानेका हातगोडा जंजिरले बाँधेर दासत्वको पाठ पढाइएको बखतमा स्वतन्त्रता र स्वअस्तित्वको गाथा रच्नु आवश्यक हुन्छ ।
नेपाल गाउँ नै गाउँको देश अल्प शिक्षित र अधिकांश अशिक्षित नागरिक बसेको देश भएकाले रचना कृतिमा सरल भाषालाई सलल बग्न दिई सरलता भित्रैबाट मीठास पैदा गर्नुपर्छ । जीवन र जगत्का बहुल यथार्थका पाटाहरुलाई जीवन्त रुपमा उतार्न सक्ने विषय विम्ब र प्रतीकहरुको छनौट गर्नुपर्छ । कविहरुले लयात्मक गेयात्मक र माझिएको भाषाशैलीको प्रयोगबाट काव्यात्मक भाव व्यक्त गर्ने गर्नु जरुरी छ । सरल सम्प्रेष्य ग्राह्य एवं प्राजल भाषाशैलीमा भाव सम्प्रेषण गर्ने गरेमा मात्र त्यो स्रष्टा पाठकको मनमन्दिरमा एक कुशल सर्जकको रुपमा वास गर्नसक्छ ।
-तपेश्वरी-१गल्फडिया, उदयपुर
हालः- लिटिल फ्लावर सेकेण्डरी स्कूल
राजविराज-९, सप्तरी

Sunday, July 19, 2009
गजल
राष्ट्रिय गीत

स्वर्ग झैं लाग्छ
-दिलिप योन्जन
स्वर्ग झै लाग्छ, यो देश मेरो, देशकै माया छ
विश्वमै अग्लो, यो शीर मेरो, विश्वमै नाम छ ।
पहाड़ र पर्बत, झरना र खोला, सुन्दर शान्त बन
पहाड़ र पर्बत, झरना र खोला, सुन्दर शान्त बन
विश्वमा शान्तिको, उपदेश दिने, बुद्धको आफ्नो घर
खेले र हुर्के, भिर र पाखा, त्यै देशको माया छ
विश्वमै अग्लो, यो शीर मेरो, विश्वमै नाम छ ।
बिरको सन्तान,विश्वलाई जित्ने, बिश्वास हाम्रो छ
बिरको सन्तान,विश्वलाई जित्ने, बिश्वास हाम्रो छ
देशको लागि, रगत दिन, नेपाली तयार छ
डाँफे र मुनाल,दौरा र सुरुवाल, देशकै पहिचान छ
विश्वमै अग्लो, यो शीर मेरो, विश्व मै नाम छ ।
-अस्टिन, अमेरिका
कबिता

'नाङ्गी’ द्रौपति
-दिपा एवाई राई
नाङ्गी द्रौपदी
आलिशान त्यस महलको
भव्य कुर्सीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रौपदीको प्रणाम ।
जंगल र तालहरूमा
गोपीनी नङ्ग्याउने
कृष्णले भारी सभामा मेरो
वस्त्र हरण हुन दिएन
आज आफै
अस्तित्वको लागि
अधिकारको लागि
न्यायको लागि
कृष्णवादको विरुद्धमा
दुस्साहसनवादको विरुद्धमा
मनुवादको विरुद्धमा
सुलीमा चढेर
नाङ्गिन चाहान्छु
र भारी सभालाई चुनौती दिँदै
नाङ्गिदै सडकमा
प्रदर्शित हुन चाहान्छु ।
दुस्सासनले मलाई नङ्ग्याएन
यो सय गजको धोती र पेटीकोटले
मलाई पुराणदेखि
आजसम्म बटारिरहेको छ
स्वतन्त्रता
अस्तित्व
अधिकार
समानता
मेरा सबै-सबै
जीवनका मूल्यवान समय
त्यसैले स्वयँ
यस महामानवहरूको सभामा
उपस्थित भएर
विद्रोह गर्न चाहान्छु ।
योद्धा
राजनीतिज्ञ
समाजसेवी
साहित्यकार
दार्शनिक
पत्रकार
आम जनता
सबै-सबैको बीचमा
म द्रौपदी तुरुन्तै
मेरो स्वच्छन्दताको
सीमारेखासम्म नाङ्गिन चाहान्छु ।
मेरो वस्त्र हरणको समयमा
युधिष्ठिरको सत्यवादी आत्मा
विदुरको मौन नीति
धृतराष्ट्रको पुत्र मोह
भीष्मको प्रतिज्ञा
द्रोणको गुरुचरित्र
गान्धारीको पति प्रतिज्ञा
दुर्योधनको अभिमान
र सकुनी मामाको षडयन्त्र
रसपादनको अट्टाहास
सबै सबैलाई
हृदयदेखि धन्यवाद छ ।
मेरो अस्तित्वको कवज
मेरा पाण्डव पतिहरु
मलाई नै दाउमा राखेर
आफ्नो पुरुषार्थ
सिद्ध गरिरहेको बेला
स्वयँ म महाभारतको
यस सभामा खडा भई
नाङ्गिएर ढुक्क हुन
र बनाउन चाहान्छु
कौरवहरुको प्यासी
लोभ र स्वाभिमानको अगाडि
कहिले नखोलिएको
मेरो नग्नताको पर्दा खोल्न चाहान्छु ।
अपुरो वस्त्र हरणले
म निसास्सिएकी थिएँ
र वस्त्रले बेह्रेर मलाई
बलात्कार गरिएको थियो
योनीछेद गरिएको थियो
जताततैबाट लैङ्गिक आक्रमण गरिएको थियो
म वस्त्रभित्र कुँञ्जिएकी
निरीहताले जलेर राख भएकी
अपमानबोधले ‘सती’
यतिखेर आगोमा दनदनी बलिरहेकी छु ।
ओ….गान्धारीहरू !
आँखा खोलेर हेर,
म कसरी ‘दक्षप्रजापति’को अघि
जलिरहेकी छु !
आँखामा कहिलेसम्म
धृतराष्ट्र बोकेर हिँड्छौ ?
कहिलेसम्म विवेकमा
ठेडी कोचेर बस्छौ ?
मेरो विप्लव सुन्यौ होला,
यहाँ उपस्थित सबै-सबैलाई
म नाङ्गिएर प्रणाम गर्दछु !!
नाङ्गी द्रौपदी ।
-हङकङ
गजल

-राज लम्साल 'यात्री'
सपनी नराम्रो देखेँ तिमी रोयौ कि कतै
मध्यरातमा मैले जस्तै गरी फोटो छोयौ कि कतै
अन्धकार छ निल गगन दिनमै पनि आज,
परेलिको गाजल आँशुले धोयौ कि कतै
सन्देश बोकी आउने पवन मौन मन्द देख्छु,
परिस्थितिको पिजडामा तिमी पर्यौ कि कतै
परिस्थितिको पिजडामा तिमी पर्यौ कि कतै
अन्योलमा अन्तरआत्मा तड्पिएको छ अति,
मलाई एक फेरा नसम्झी आत्माहत्या गर्यौ कि कतै
मलाई एक फेरा नसम्झी आत्माहत्या गर्यौ कि कतै
Wednesday, July 8, 2009
कबिता
हामी
-मौलश्री लिम्बु
जे जस्तो छौं
कर्मानुसार जो बन्दैछौ
त्यसमा चित्त नबुझाउने
दोश्रोको देखासिखिमा आफूलाई
उस्तै बनाउन असफल प्रयास गर्ने
बन्न नसकेको झोंकमा
दोश्रोलाई पनि
आफ्नै हविगतमा पुर्याउन
तरकीव सोच्ने / व्यवधान निम्त्याईदिने
स्वार्थमा हमेशा लत्पतिएर
आफ्नो पहिचान हराएको पत्तै नपाउने
स्वाभिमानलाई बन्धकी राखेर
कसैको मुलाहिजा गर्नमा
कसर नराख्ने
दिए जति फुर्किएर थाप्ने
पाए जति गुट्मुटाउने
दिनु पर्दा
बहानाको छेक थुन गरी
अल्याङ्ग-टल्याङ्ग गर्दै
आफ्नो सर्वस्व सुम्पिनु परे जस्तै गर्ने
बेतालमा पनि ताल खोज्ने
खै! कहाँ केही नमिलेको
हामी ।
जहाँ जता रहे पनि
स्वार्थ र हठको पोको बोकेर
सम्बन्ध जोडे जस्तो गर्ने
सम्बन्ध तोडे जस्तो गर्ने
कुनै पनि नौटंकीको पात्र बन्न खपिस
विडम्बना
आफै बकम्फुस भएको
ईशारामा नबुझ्ने
कसैले ठह्र्याई दिनुपर्ने
कहिले लाज पचाउने
कहिले आत्मा सम्मान गुमाउने
अकड,बुद्धुको पहिचानमा रुमलिने
रै पनि
केही नभएको जस्तो इमान्दारी
स्वाभाविक बने जस्तो आडम्बरी
दुनियाँलाई बेवकुफ बनाउनलाई
आफ्नो तारिफ आफै गर्दै
आफूलाई महान कहलाउन चाहने
चर्चा-परिचर्चामा आउन
विवादै-विवादमा मुछिएर पनि
जे गर्न नि नहिच्काउने
थोरै फाईदामा बेफिक्री
आफ्नो लीलाम आफै गर्ने
साह्रै उल्टो बुद्धिमानी
आफ्नो असफलताको दोष लाञ्छना
दोश्रोलाई थोपारेर
धमिलो पानी भन्दा शुद्ध हुन खोज्ने
झण्डै र अलिकति वहाँनामा
आफूलाई सर्वोत्तम ठान्ने
जताततै जो कोही सदैव चुकिरहने
थाहा छैन कहिलेसम्मलाई
खै! के किन नमिलेको
हामी ।
-झापा
E-mail:-maulshri_limbu@yahoo.com
-मौलश्री लिम्बु
जे जस्तो छौं
कर्मानुसार जो बन्दैछौ
त्यसमा चित्त नबुझाउने
दोश्रोको देखासिखिमा आफूलाई
उस्तै बनाउन असफल प्रयास गर्ने
बन्न नसकेको झोंकमा
दोश्रोलाई पनि
आफ्नै हविगतमा पुर्याउन
तरकीव सोच्ने / व्यवधान निम्त्याईदिने
स्वार्थमा हमेशा लत्पतिएर
आफ्नो पहिचान हराएको पत्तै नपाउने
स्वाभिमानलाई बन्धकी राखेर
कसैको मुलाहिजा गर्नमा
कसर नराख्ने
दिए जति फुर्किएर थाप्ने
पाए जति गुट्मुटाउने
दिनु पर्दा
बहानाको छेक थुन गरी
अल्याङ्ग-टल्याङ्ग गर्दै
आफ्नो सर्वस्व सुम्पिनु परे जस्तै गर्ने
बेतालमा पनि ताल खोज्ने
खै! कहाँ केही नमिलेको
हामी ।
जहाँ जता रहे पनि
स्वार्थ र हठको पोको बोकेर
सम्बन्ध जोडे जस्तो गर्ने
सम्बन्ध तोडे जस्तो गर्ने
कुनै पनि नौटंकीको पात्र बन्न खपिस
विडम्बना
आफै बकम्फुस भएको
ईशारामा नबुझ्ने
कसैले ठह्र्याई दिनुपर्ने
कहिले लाज पचाउने
कहिले आत्मा सम्मान गुमाउने
अकड,बुद्धुको पहिचानमा रुमलिने
रै पनि
केही नभएको जस्तो इमान्दारी
स्वाभाविक बने जस्तो आडम्बरी
दुनियाँलाई बेवकुफ बनाउनलाई
आफ्नो तारिफ आफै गर्दै
आफूलाई महान कहलाउन चाहने
चर्चा-परिचर्चामा आउन
विवादै-विवादमा मुछिएर पनि
जे गर्न नि नहिच्काउने
थोरै फाईदामा बेफिक्री
आफ्नो लीलाम आफै गर्ने
साह्रै उल्टो बुद्धिमानी
आफ्नो असफलताको दोष लाञ्छना
दोश्रोलाई थोपारेर
धमिलो पानी भन्दा शुद्ध हुन खोज्ने
झण्डै र अलिकति वहाँनामा
आफूलाई सर्वोत्तम ठान्ने
जताततै जो कोही सदैव चुकिरहने
थाहा छैन कहिलेसम्मलाई
खै! के किन नमिलेको
हामी ।
-झापा
E-mail:-maulshri_limbu@yahoo.com
गीत

मेरो बिन्ती
-सञ्जय राई 'छुच्चा'
एउटा फूल झरिगयो
ओईलाई मेरो बिन्ती
एउटा जुन डुबिगयो
टोलाई मेरो बिन्ती
भुल्नेहरुलाई भुल्न झन गाह्रो
सम्झनाको संसारमा जिउन झन साह्रो
एउटा माया मरिगयो
लुटाई मेरो बिन्ती
एउटा जुन डुबिगयो
टोलाई मेरो बिन्ती
आउछु भनी जानेलाई भेटन झन गाह्रो
एक्लो आत्मा सम्हाली जिउन झन साह्रो
एउटा मन भाची गयो
टुटाई मेरो बिन्ती
एउटा जुन डुबीगयो
टोलाई मेरो बिन्ती
-दावा, भोजपुर
हाल: धरान, सुनसरी
एउटा फूल झरिगयो
ओईलाई मेरो बिन्ती
एउटा जुन डुबिगयो
टोलाई मेरो बिन्ती
भुल्नेहरुलाई भुल्न झन गाह्रो
सम्झनाको संसारमा जिउन झन साह्रो
एउटा माया मरिगयो
लुटाई मेरो बिन्ती
एउटा जुन डुबिगयो
टोलाई मेरो बिन्ती
आउछु भनी जानेलाई भेटन झन गाह्रो
एक्लो आत्मा सम्हाली जिउन झन साह्रो
एउटा मन भाची गयो
टुटाई मेरो बिन्ती
एउटा जुन डुबीगयो
टोलाई मेरो बिन्ती
-दावा, भोजपुर
हाल: धरान, सुनसरी
कबिता

तिमी आउछौ भनेर
-दिलिप योन्जन
मुसुमुसु हाँसी दिन्य्थौ
देउराली अनि चौतारीमा भेट्दा
पहिलो भेटको मुस्कान
अझै अमर छ
सपनी अनि बिपनीले
सोधिरहन्छ ...... खोजिरहन्छ ......
पागल झै भए
धेरै वर्ष तिमी नआउँदा
स्वर्ग जस्तो मेरो बस्ती
उराठ उराठ लाग्छ
दिन दिन भरी सगै गएको गीत
जन्म जन्मको प्रित झुटो झै भा छ
सँगै जिउने सँगै मर्ने बाचा
कथा झै भा छ
कतै फर्की आउँछौ कि भन्ने आशमा
बाटो भरि सप्तरङीफुल सजाएँ
हामी लुकामारी खेल्ने चौतारीको वरिपरि
आज लहलह साकुरा फुलेर पर्खिरहेछ
म त्यही ओइलिएर झरेको फुल तिपेर माला गाँसिरहेछु
तिम्रो आगमनले मभित्र ल्याएको हाँसो र खुशी
अलि अलि गर्दै तिम्रो सुगन्धसँगै टाढिन थालेको छ
दिनहरु तिमी हिड्सदक र गोरेटो हेरेरै बिते
तिमीलाइ हृदय भरि तस्बिर कोरेर सजाएँ
म सपनीमा कैयौ पल्ट झस्के तिमीलाई भेटेर
रातहरु छट्पटिएर पीडामा परिणत भए
हृदयको हरेक ढोका खुल्ला छ स्वागतको लागि
धेरै पल्ट खुल्यो .........सम्झनाले ढुखेर
तिम्रो यादले कति पोले कति आँसु बगे
न त बिर्सिएर बिर्सिन सक्ने भएँ
न सम्झिएर मनै बुझ्ने भयो
सम्झनाले सताइरहन्छ ..... जलाइरहन्छ ..... !

मिरमिरे देखि झपक्क साँझसम्म
तिमी हिंड्ने बाटोहरुमा
ओहोर दोहोर गरिरहन्छु
धेरै वर्ष साकुरा फुले, झरे
नयाँ पलाए फेरि फुले झरे
ह्र्दय दुख्छ ह्जारौ पटक
रक्ताम्य भएर फुटे, टुटे
छताछुल्ल पोखिन्दा आफुले आफैलै सम्हाले
अस्ति तिमी जस्तै हु बहु चन्चल, लजालु देखे
पातलो ओठ, तिलको कोठी, स्याउ जस्तो गाला
हावाको झोक्कामा फर-फरिएको कालो लामो केस
इन्द्रेनीको मुस्कान, गुलाबी मीठा ओठ
आशा र बिस्वासमा कैयौ बर्ष आँखा बिच्छ्याएर पर्खे
रातहरु पिडामा छट्पटिन्दै मडारिन्दा सम्झनमा बिते
तिम्रो अनुपस्थितीले मेरो गन्तब्य टुक्रिन थालेको छ
म सहाराबिहीन जिउदो लास झै जिएको छु
मैले दिन अनि रात पर्खि बसे
न रात भर एक झलक निन्द्रा नै आयो
न तिमी नै आयौ
अन्धकारको छ्ट्पटिले तडपाईरहयो........ जलाइरहयो ।

खुशीले मुस्काएर बोलेको त्यो दिन
पहिलो भेटमा उपहार गुलदानी दिएको त्यो पल
हेरन सदा झै साकुरा फुले ओइलिएर झरे
वर्षमा खहरेहरु पनि उर्लिए सुसाए केही पल
नयाँ दुलही झै वारिपाखा पारिपाखा फुले झुले
तिमी हिड्ने बाटोहरु सप्तरङी फूलले सजाई राखे
जाने बेलामा जान्छु नभनी गयौ मलाई के थाहा?
अचम्म मानेर हेर्यौ
आँखा रसाएक थिए, मुटु ढुखे जस्तै
यता उता हेरी अनकनाइरहयौ
केही भुलेकी जस्तै गरेर
त्यो दिन तिनीले माला छाडेको भए, पत्र कोरेको भए
ऐनामा हेरेको भए, भित्ताभरि तस्बिर कोरेको भए
अबस्य तिमी फर्किएर आउने थियौ
तर केही छुटेनछ ?
एक्लै एकान्तमा बाटोभरी आउँचौ भनेर पर्खिरहे
पागल झै छट्पटिन्दै
आश्थाको दियो बालिरहे
बर्षौ बर्ष म तिमीलाई पर्खिरहेछु
बिश्वास अमर छ अझै
दिन अनि रात सम्झिरह्न्छु
याद अझै आलै छ
सपनीमा बिउझाउछ्यौ कि भनी
म ननिदाई - ननिदाई पर्खिरहेछु
कल्पनामा छल्किन्दै पोखिन्दा कति आँसु बगे
मेरो जिन्दगी दिनप्रति दिन यसरी नै बितिरहेछ
न तिमी नै आयौ
मुटुमा बाण लागे झै धुखिरहन्छ पोलिरहन्छ
न तिमी नै आयौ न त सपनीमा बोलायौ
तिम्रो सम्झनाले सताइरहन्छ जलाइरहन्छ
तिमी आउँछ्यौ भनेर ।

सूत्र-कथा

भिटामिन
-देव राज आचार्य
''कहाँ जाँदै छस् ए राम भरोष ?''
''आँप बेच्न गैरहेको छु हजूर। आज बजारको दिन हो।''
मध्य तराईको एउटा भित्री गाउँ, धुलाम्मे सड़क। असारको चिलचिलाउदो घाम र लुकामारी खेल्दो बादल, त्यसकै छाता ओढी टाउकोमा एक ढाकी आँप बोकी ऊ बजार जाँदो छ । चप्पलबिहीन घामले डढेका उसका गोडा, च्यातिएको गन्जीबाट बाहिर हेर्न खोजिरहेका पिठ्यू र निधारभरी असरल्ल पसिना बोक्दै ऊ हिडिरहेको छ । गम्छाको बिडिया माथि ढाकी अडीरहदा बेला-बेलामा ऊ दुई हातले खैनी मोल्न भ्याउछ ।
साँझको बेला। उसकी श्रीमती रोटी पकाऊँदै छे। केटाकेटीहरु आँगनमा खेल्दैछन् ।
''राम्रो भाउमा बेच्नु भो?''
''अँ बेचें ।''
''दबाई ल्याउनु भो त ?''
''ल्याएँ । यी भिटामिनको शीशी । डाक्टरले भनेको यसले तागत दिन्छ रे।''
श्रीमतीको अनुहार एक्कासी उज्यालो भयो । खाना खाईसके पछि उसले आँफै भिटामिनको शीशी खोली र उसलाई ख्वाइदी ।
-एबरडीन, बेलायत
कबिता
मेरो मनको रोशनी
-बीरेन्द्र राई
प्रेमको दियो बाले त्यहाँ
निभेर जाने डर भयो
मन्द-मन्द हावा चल्यो
अशान्तिको राँको बल्ला
भन्ने डर भयो ।
सकिदै गयो प्यालामा तेल
कमजोर हुदै गयो रोशनीको
अध्याँरोमा मेल ।
सकिदै गएछ कपासको सलेदो
निभ्न लागेछ दियो
तेल थप्ने प्रयास गरेँ अत्तालिदै
थोरै समय हावा रोकियो
मनमा केही शान्ति मिल्यो
उज्यालो सन्सार पाउनेलाई ।
तर ...तर...
मनमा तुफान चल्यो
तेल थप्न पाएकोमा
थोरै आशा पलायो
सोच्थेँ-स्वर्गद्वारीको
दियो झै बाल्न
तर यो परेछ कृतिम्
त्यसैले सकिन बचाउन
चारै तिरको कुदृष्टि पर्यो
चुम्न चाह्यो साराले
लाग्यो मनमनै कसैलाई
मन परेन उज्यालो
हानिरह्यो बारम्बार
हावाको बेगमा
लुकीचोरी
आखिरी म हारेरै छाडेँ
हराएर गयो मेरो मनको रोशनी ।
सारा सन्सार चिहाएर हेरेँ
पुन: दियो जलाउने
आशामा
निरासको घण्टी
बज्यो सकिएछ समय
यतिक्कैमा मन बुझाएँ
चाहिन पुन: जलाउन
मेरो मनको रोशनी ।
-लेखगाउँ -४, उदयपुर
-बीरेन्द्र राई
प्रेमको दियो बाले त्यहाँ
निभेर जाने डर भयो
मन्द-मन्द हावा चल्यो
अशान्तिको राँको बल्ला
भन्ने डर भयो ।
सकिदै गयो प्यालामा तेल
कमजोर हुदै गयो रोशनीको
अध्याँरोमा मेल ।
सकिदै गएछ कपासको सलेदो
निभ्न लागेछ दियो
तेल थप्ने प्रयास गरेँ अत्तालिदै
थोरै समय हावा रोकियो
मनमा केही शान्ति मिल्यो
उज्यालो सन्सार पाउनेलाई ।
तर ...तर...
मनमा तुफान चल्यो
तेल थप्न पाएकोमा
थोरै आशा पलायो
सोच्थेँ-स्वर्गद्वारीको
दियो झै बाल्न
तर यो परेछ कृतिम्
त्यसैले सकिन बचाउन
चारै तिरको कुदृष्टि पर्यो
चुम्न चाह्यो साराले
लाग्यो मनमनै कसैलाई
मन परेन उज्यालो
हानिरह्यो बारम्बार
हावाको बेगमा
लुकीचोरी
आखिरी म हारेरै छाडेँ
हराएर गयो मेरो मनको रोशनी ।
सारा सन्सार चिहाएर हेरेँ
पुन: दियो जलाउने
आशामा
निरासको घण्टी
बज्यो सकिएछ समय
यतिक्कैमा मन बुझाएँ
चाहिन पुन: जलाउन
मेरो मनको रोशनी ।
-लेखगाउँ -४, उदयपुर
कबिता

तिमीलाई बधाई छ
-राज रोबर्ट अजनबी सुब्बा
फूलमाया !
सन्तान प्राप्तीको कोटी कोटी
बधाई छ तिमीलाई,
हकहरु कैदी हुदा
मान्छे भित्रको मानबता खोज्न
कफन बाधेर मोर्चाहरुमा
तिमीले जसरी जल्लादहरुलाई पछारेर
नौलो बिहानी ल्यायौ
त्यसरी नै तिम्रो कोखबाट
अर्को सूर्य उदाएको छ ।
सन्तान प्राप्तीको कोटी कोटी
बधाई छ तिमीलाई,
हकहरु कैदी हुदा
मान्छे भित्रको मानबता खोज्न
कफन बाधेर मोर्चाहरुमा
तिमीले जसरी जल्लादहरुलाई पछारेर
नौलो बिहानी ल्यायौ
त्यसरी नै तिम्रो कोखबाट
अर्को सूर्य उदाएको छ ।
फूलमाया !
तिम्रो काखको त्यो सूर्य
मदन भण्डारी बनेर चम्कोस् भोलि
त्यो सूर्य
बिपि बनी उज्यालियोस् मनहरुमा
अझ !
तिम्रो काखको त्यो सूर्य
नेल्सन मन्डेला बनी छाओस् ब्रम्हाण्डमा ।
तिम्रो काखको त्यो सूर्य
मदन भण्डारी बनेर चम्कोस् भोलि
त्यो सूर्य
बिपि बनी उज्यालियोस् मनहरुमा
अझ !
तिम्रो काखको त्यो सूर्य
नेल्सन मन्डेला बनी छाओस् ब्रम्हाण्डमा ।
तर फूलमाया !
तिमी र म
जिसस सङ्ग प्रार्थना गरौ
तिम्रो काखको त्यो सूर्य
हुन नपरोस्
बेथितिको साढे नार्ने प्रचन्ड जस्तो
हुन नपरोस्
परिबर्तनको बाटो छेक्ने माधब जस्तो
अनि
हुन नपरोस्
यथास्थितिको पाउ चाट्ने गिरिजा जस्तो ।
बरु फूलमाया !
तिम्रो काखको त्यो सूर्य
अक्करमा ढाकर बिसाएर
टोक्माको टेको लगाउदै
पसिनाको तृष्णा मेट्ने
पौरखी भरिया बनोस्
मानो रोपेर मुरी फलाउने
श्रमजिबी किसान बनोस्
फूलमाया!
साच्चै नै तिमी र म
जिसस सङ्ग प्रार्थना गरौ
तिम्रो काखको त्यो सूर्य
माधब र प्रचण्ड हुन नपरोस्
अनि
हुन नपरोस् गिरिजा प्रसाद पनि
तिमी र म
जिसस सङ्ग प्रार्थना गरौ
तिम्रो काखको त्यो सूर्य
हुन नपरोस्
बेथितिको साढे नार्ने प्रचन्ड जस्तो
हुन नपरोस्
परिबर्तनको बाटो छेक्ने माधब जस्तो
अनि
हुन नपरोस्
यथास्थितिको पाउ चाट्ने गिरिजा जस्तो ।
बरु फूलमाया !
तिम्रो काखको त्यो सूर्य
अक्करमा ढाकर बिसाएर
टोक्माको टेको लगाउदै
पसिनाको तृष्णा मेट्ने
पौरखी भरिया बनोस्
मानो रोपेर मुरी फलाउने
श्रमजिबी किसान बनोस्
फूलमाया!
साच्चै नै तिमी र म
जिसस सङ्ग प्रार्थना गरौ
तिम्रो काखको त्यो सूर्य
माधब र प्रचण्ड हुन नपरोस्
अनि
हुन नपरोस् गिरिजा प्रसाद पनि
फूलमाया !
फेरि पनि तिमीलाई
सन्तान सुखको कोटी कोटी बधाई छ ।
फेरि पनि तिमीलाई
सन्तान सुखको कोटी कोटी बधाई छ ।
-मामाखे, ताप्लेजुंग
गजल

-केदार श्रेष्ठ 'गगन'
दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि
चुपचाप सधैं बस्नु हुन्न जंगे पिलर ढाले पछि
गर्दा गर्दै अलिअलि सबै 'मेरै' भन्न बेर छैन
गर्दा गर्दै अलिअलि सबै 'मेरै' भन्न बेर छैन
सिमानाको ढुंगो सारी त्यही कुकुर पाले पछि
मन्त्री,प्रधानमन्त्री सबै रमिते भो खै किन आज
मन्त्री,प्रधानमन्त्री सबै रमिते भो खै किन आज
अठारौ शताब्दीको नारी झै शीरमा सिन्दुर हाले पछि
लुतेलाम्रे भनी हेपेका हौला 'गगन' लाई ए सधियार !
लुतेलाम्रे भनी हेपेका हौला 'गगन' लाई ए सधियार !
बलभद्र, भक्तीको याद आउँला दिउसै बत्ती बाले पछि
-भीमस्थान-५, सिन्धुली
हाल: युएई
Saturday, July 4, 2009
कबिता

सपना
(ख्याती श्रेष्ठको सम्झनामा)
-नाकिमा
बलात्कृत भएर
खोलामा बग्यो सपना ।
पहिरोले छाती लग्यो
र आँसु झार्यो पहाडले
मन डढेर खरानी भयो
र समुन्द्रमा खस्यो घाम
तार चुँडियो सारङ्गीको
र बन्द भयो जीवनगीत
बलात्कृत भएर
खोलामा बग्यो सपना ।
जुवाडेहरुले राम्ररी बुझून्-
जुवाघरमा बिक्री हुने मुस्कान जस्तो
सस्तो हुँदैन सपना
मेचमाथिका मान्छेहरुले पनि बुझून्-
सांसद खरिद जस्तो
सस्तो हुँदैन सपना ।
-खोटांग
हाल: काठमान्डौ
Subscribe to:
Posts (Atom)