Wednesday, July 8, 2009

कबिता

मेरो मनको रोशनी

-बीरेन्द्र राई
प्रेमको दियो बाले त्यहाँ
निभेर जाने डर भयो
मन्द-मन्द हावा चल्यो
अशान्तिको राँको बल्ला
भन्ने डर भयो ।

सकिदै गयो प्यालामा तेल
कमजोर हुदै गयो रोशनीको
अध्याँरोमा मेल ।

सकिदै गएछ कपासको सलेदो
निभ्न लागेछ दियो
तेल थप्ने प्रयास गरेँ अत्तालिदै
थोरै समय हावा रोकियो
मनमा केही शान्ति मिल्यो
उज्यालो सन्सार पाउनेलाई ।

तर ...तर...
मनमा तुफान चल्यो
तेल थप्न पाएकोमा
थोरै आशा पलायो
सोच्थेँ-स्वर्गद्वारीको
दियो झै बाल्न
तर यो परेछ कृतिम्
त्यसैले सकिन बचाउन
चारै तिरको कुदृष्टि पर्‍यो
चुम्न चाह्यो साराले
लाग्यो मनमनै कसैलाई
मन परेन उज्यालो
हानिरह्यो बारम्बार
हावाको बेगमा
लुकीचोरी
आखिरी म हारेरै छाडेँ
हराएर गयो मेरो मनको रोशनी ।

सारा सन्सार चिहाएर हेरेँ
पुन: दियो जलाउने
आशामा
निरासको घण्टी
बज्यो सकिएछ समय
यतिक्कैमा मन बुझाएँ
चाहिन पुन: जलाउन
मेरो मनको रोशनी ।


-लेखगाउँ -४, उदयपुर

No comments: