Wednesday, July 8, 2009

गीत












मेरो बिन्ती
-सञ्जय राई 'छुच्चा'
एउटा फूल झरिगयो
ओईलाई मेरो बिन्ती
एउटा जुन डुबिगयो
टोलाई मेरो बिन्ती

भुल्नेहरुलाई भुल्न झन गाह्रो
सम्झनाको संसारमा जिउन झन साह्रो

एउटा माया मरिगयो
लुटाई मेरो बिन्ती
एउटा जुन डुबिगयो
टोलाई मेरो बिन्ती

आउछु भनी जानेलाई भेटन झन गाह्रो
एक्लो आत्मा सम्हाली जिउन झन साह्रो

एउटा मन भाची गयो
टुटाई मेरो बिन्ती
एउटा जुन डुबीगयो
टोलाई मेरो बिन्ती

-दावा, भोजपुर
हाल: धरान, सुनसरी

No comments: