Friday, July 24, 2009

कथा

जगेडा

-रोशन थापा 'नीरव'
घरबाट निस्कनुअघि उसले खल्ती छामेको थियो । खल्तीमा केही थिएन । यो उसलाई थाहा थियो । राखिएको भए पो केही हुन्थ्यो । संयोग कस्तो भने खल्ती खाली भएभै पेट पनि चाँडै नै खाली भएर बज्ने गथ्र्यो । पानी वा पाँच रुपैयाँको चनाले दिन कटाउन त कठिनै हो तर उसले कटाउने गथ्र्यो ।
घरबाट निस्केपछि ऊ सहिदमञ्च पुग्थ्यो । त्यहाँ थरथिरकिा मान्छेहरू भेला हुन्थे । कोही सरकारलाई सराप्थे । कोही आफैंलाई धिक्कार्थे । कोही सडकलाई अवरुद्घ पार्थे । कोही शारीरकि भोगका लागि सडककर्मी युवतीका पछिपछि दौडन्थे । ऊ मौन यी सबै क्रिया हेरेर समय कटाउँथ्यो र साँझ घर र्फकन्थ्यो ।

ऊ एक्कासि यस्तरी बेरोजगार भइदिएको थियो, देख्ता पत्यारै लाग्दैनथ्यो । पढेलेखेको शिक्षित व्यक्ति हो । कतै काम पनि गथ्र्यो । बीचमा के भयो कुन्नि, एकदमले बेकारी बनिदियो । अनि त के, त्यस्तो मान्छे न घरमा उपयुक्त हुन्थ्यो, न राष्ट्रमा, न समाजमा ठीक हुन्थ्यो, न मित्रमण्डलीमा । कतै पनि उचित पात्र बन्न सक्तैन । यो सत्य भनूँ वा कठोर यथार्थ, उसले भोग्दै थियो । एउटा जगेडा वस्तु वा पात्रजस्तो भएको थियो । ऊ परविारकै मात्र होइन, राष्ट्रमै पनि जगेडाका रूपमा बाँच्तै थियो, जसका परििचत त धेरै थिए, तर आफ्नै जस्तो कोही थिएनन् ।

यता देशभित्र देश चलाउने ठेकेदारहरू भने ज्वलन्त बनेर देखापरेका थिए । बडो गर्व र दर्पमा राष्ट्रियता र राष्ट्रको बखान जादुमय यथार्थमा गर्दथे । ऊ छक्क होइन, थक्क पथ्र्यो । कारण ऊ कुनै पनि राजनीतिक पीठपोकेमा घुसि्रएको व्यक्ति थिएन । एक निरीह, निहत्था, निमुखा नागरकि थियो । यसैले बेरोजगार थियो । देशमा त्यसो त कामैकाम थियो तर उसका लागि कतै ठाउँ थिएन । आश्वासन थियो, कार्यान्वयन थिएन । बस्, ऊ थियो, उसका बेरोजगारी दिनहरू थिए । समय जसोतसो कट्तै थियो । कुनै निवृत्त बूढाको उमेर कटेजस्तै दिन कट्तै थियो ।
भोक लाग्यो । पेट छाम्यो । पानी खान एउटा होटलमा छिर्‍यो । भोक लागेर होइन, तिर्खा लागेर छिर्ने यात्रीसरह छिर्‍यो, किनभने भोक लागेर छिर्नेले रकम तिर्नुपथ्र्यो । तिर्खा लाग्नेलाई होइन । इनार, पम्प वा धाराको शुद्घ, अशुद्घ पानी पिउनलाई के पैसा ? अनि प्लास्टिकको जगबाट पानी कलकल पिउन थाल्यो ।
पानी पिएपछि आफ्नो मुख पुछ्यो । यसो चारैतिर दृष्टि घुमायो । दृष्टिहेराइ एक्कासि त्यहाँ गएर टक्क अड्यो, जहाँ एउटा मान्छे उसलाई हेरेर मुस्कुराउँदै थियो । कतै यसले थाहा त पाएन ।
ऊ बस्यो । त्यस मान्छेले चुरोट सल्कायो र साहुनीतिर हेरेर खाजा र चिया दुई ठाउँमा मगायो । ऊ मौन भएरै बस्यो ।
-अनि भाइ, अचेल के गर्दै छौ ?
-केही छैन दाइ ।
त्यसले सुस्केरा चुरोटको धुवाँसँगै फाल्यो । यो मान्छे को हो ? ऊ सोच्तै थियो । चिनिएको आफ्नो शब्दकोशको कुनै पनि पातोमा उपस्थित हुने नाम, सर्वनाम वा विशेषणयुक्त पात्र यो परेन ।
-अनि भाइ, कता छौ त ?
-म बेपत्ता छु दाइ ।
उसले दिन लागेको उत्तर थियो, सङ्घीय गणतान्त्रिक अवधारणाअनुरूप यसो हुन लागेको हुँ तर दिएन, किनभने खाजा टेबुलमा आइपुगेको थियो र त्यस मान्छेले खाजा सार्दै खान भन्यो र आफू पनि खान थाल्यो । खाजा खाँदासम्मको अवधि तिनीहरूबीच मौनताको रेखा कोरियो ।
खाजा धमाधम खाइयो । खाँदाखाँदै उसलाई लाग्यो, कतै यसले मलाई मूर्ख बनाएर खाजाको प्रकरण गरी फसाउने त होइन ? उसले खाजाको अन्तिम भाग खाएर त्यो मान्छेको अनुहार पुलुक्क हेर्‍यो । अनुहारमा त्यसो त कुनै कपट र धुत्र्याइँ थिएन । केही मत्थर सान्त्वना उसले प्राप्त गर्‍यो । त्यो मान्छे अन्ततः को हो ? यो भने अझै थाहा भएन ।
-बुझ्यौ भाइ, म पनि यस लोकतन्त्रको युद्घमा गोली खाने मान्छे हुँ नि ।
-हो र दाइ ?
-हो त नि । इ, हेर त मेरो कुममा...गोलीले छोएर गएको । यहाँ
यस्तो खत नभएकाहरू भटाभट खत पार्दै हुन्डी र मन्डी राज्यबाट प्राप्त गर्दै छन् । म भने राष्ट्रलाई ठग्न र छल्न सकिनँ । म क्रान्तिका लागि गोली खाने मान्छे हुँ, भ्रान्तिका लागि लड्ने व्यक्ति होइन । यस मुलुकका लागि दिन्छु रगत म । नठान्नू मलाई यो सबै फगत । क्रान्तिको पातपातमा युद्घको शुद्घ लक्ष्य हुनुपर्छ । रगतले राष्ट्रमाताको आँसु धुनुपर्छ...।
त्यस मान्छेको मुहारमा कुनै विक्षिप्तता देखिँदैन । कुरामा पनि त्यस्तो कुनै नकारात्मक टोन थिएन तर यो खाजा, यो कुरा...मान्छेको कस्तोकस्तो स्वभाव हुन्छ, कसैलाई थाहा हुँदैन तर भेट भने हुन सकिन्छ, जस्तो आज भयो । उसलाई आजको दिन सप्रेजस्तो लाग्यो, किनभने आज भोकै घर र्फकन परेन । त्यो मान्छे केके कुरा गर्दै थियो, जति पनि कुरा गथ्र्यो, पूर्णतः सन्तुलन अवस्थाकै थियो । कुनै विग्रहको कुरा थिएन । भए पनि के र ? आजको उसको व्यर्थको दिन त एउटा प्राप्तिमा नै बित्यो ।

त्यस मान्छेले इतिहास, दर्शन, साहित्य, धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता आदिको व्याख्यान यस्तरी दियो, त्यो सुनेर उसको भोको पेट खाजाले भरिए झैं “ दिमाख पनि टनाटन भएर टनटन गर्न लाग्यो । ऊ रन्थनियो । अब खाजाको पैसा कसले तिर्ने ? रात परेपछि ऊ घर फर्कियो र र्फकंदा पेट र दिमाख दुवै टनाटन भरएिको थियो । उसको एक पैसा पनि खर्च भएन तर भोको हुनुभन्दा बेकारी हुनुको ग्लानि भने अझै उसभित्र जिउँदोजाग्दै थियो ।

1 comment:

Unknown said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।