Wednesday, July 8, 2009

गजल









-केदार श्रेष्ठ 'गगन'
दिनदहाडै छिमेकीले साध मिच्न थाले पछि
चुपचाप सधैं बस्नु हुन्न जंगे पिलर ढाले पछि

गर्दा गर्दै अलिअलि सबै 'मेरै' भन्न बेर छैन
सिमानाको ढुंगो सारी त्यही कुकुर पाले पछि

मन्त्री,प्रधानमन्त्री सबै रमिते भो खै किन आज
अठारौ शताब्दीको नारी झै शीरमा सिन्दुर हाले पछि

लुतेलाम्रे भनी हेपेका हौला 'गगन' लाई ए सधियार !
बलभद्र, भक्तीको याद आउँला दिउसै बत्ती बाले पछि



-भीमस्थान-५, सिन्धुली
हाल: युएई

No comments: