Saturday, July 4, 2009

गीत












हावा बनी ...

-दिलिप योन्जन
हावा बनी छोउँ की तिम्लाई
झरी बनी भिजाउँ
तिमी बस्यौ मुटु माँझ
मन कसरी बुझाउँ ।


लुकुँ-लुकुँ जस्तो लाग्छ
फर्फराउने केशमा
चुमुँ-चुमुँ जस्तो भा'छ
गुलाबी त्यो ओठमा ।
घाम बनी छोउँ की तिम्लाई
जुन बनी लुकाउँ
तिमी बस्यौ मुटु माँझ
मन कसरी बुझाउँ ।


गाजालु ती आँखा भित्र
बास बस्नु पाए हुन्थ्यो
सुख शान्ति सधै दिन्थें
जन्म२ साथ दिए पुग्थ्यो ।
फूल बनी सजाउँ की तिम्लाई
बास्ना सम्झी सुघौँ
तिमी बस्यौ मुटु माँझ
मन कसरी बुझाउँ ।


-अस्टिन, अमेरिका

No comments: