Saturday, July 4, 2009

गजल












-अर्जुन दुङमेन् राई
छुट्नु थियो छुट्यो अजम्बरी साथ अब
टुट्नु थियो टुट्यो पिरतीका बात अब

घाइते भई चर्क्यो छाती दुख्यो मुटु
बल्झिन्छन् चोट पल्टी घाउका खात अब

डढेलो गयो यो जीवन जंगलमा
ओइलिएर झर्न थाले पात अब

सोझो जीवन जगतमा जन्म लिंदा
भोग्नै पर्‍यो हार प्रहारका लात अब

सयौपत्र परी बसेका त्यान्द्रो-त्यान्द्रो
केलाउनै गाह्रो प्रेमका जात अब



-बगदाद, ईराक

No comments: