Saturday, July 4, 2009

गजल












- अर्जुन दुङमेन् राई
नबोलेनी हुन्छ तिमी तर्किएर गए पछि
नसम्झेनी हुन्छ अर्कैलाई माया दिए पछि

झुट माधुर्यतामा ब्यर्थै मलाई रोगी बनायौ
मेरै बलेशीबाट चाल गर्दै हिडी गए पछि

सुनपानीले पखाले'नि अब के गर्नु र सानु ?
निश्चल तिम्रो माया अरुसंगै जुठो परे पछि

बहुमूल्य धातु मान्थ्यौ मायाको नाटक रै'छ
ऊ त पापी भन्छ्यौ तिम्रो अभिनय सकिए पछि


-बगदाद, ईराक

No comments: