Saturday, July 4, 2009

कबिता













भाँचिएको बोट, भक्कानिदो मन
(ख्याति श्रेष्ठका परिवारहरु प्रति समर्पित)

-देव राज आचार्य
अनायास हिंड्दै गर्दा एउटा माली ले सोध्यो
थाहा छ तंलाई बटुवा मेरो हातमा छ के यो ?
यसो हेरें नियालेर नजिकमा, देखें गुलाफको सानो बोट
राम्रो लाग्यो अनि पैसा तिर्छु भनी छामेँ कमीज र कोट ।

रहेछ माली दयावान अनि कृपालु, सित्तैमा दियो त्यो उपहार
'एक मूल्य हो यसको' भन्दै गयो माली 'नगर्नु कहिल्यै तिरस्कार'
समीपमा राख्नु , हेरचाह गर्नु संभार यसको गर्नु
नफुलुन्जेल नफक्रिउन्जेल नछोड़नु कहिल्यै, अरुको भर नपर्नु ।

घाम र असिनाको अंजुली भर्दै, छहारी यसलाई ओढाईरहें
जोगाइराखें छेकीनै राखेँ ,चैतको आँधी बर्षाको भेल आँफैले सहें
एक्कासी मेरा आँखामा धुलो छ्यापी एक दिन, उर्लेर आयो आँधी
लौन के भो ! भन्दै थिए, सकिन बोटलाइ राखना अंगालोमा बाँधी ।

आँखा मिची बल्ल तल्ल फर्की हेर्छु, खोज्छु मेरो मायाको टुक्रालाई
उखेलिएका ज़रा अनि भांचिएका ढाड़ मात्रै रहेछ, पात लगेछ सबै उडाई
कहिल्यै नजोगिने अनि नब्युतिने गरी आज मालीको उपहार सकियो
के भनौ मालीलाई के भनौ आफुलाई, सम्झेर आज यो मन भक्कियो ।


-एबरडीन, बेलायत

2 comments:

Unknown said...

Impressed...Keep it up.

Pramod, Aberdeen

light said...

very nice work,really touchy.the whole peom touched my heart esp.the part
आँखा मिची बल्ल तल्ल फर्की हेर्छु, खोज्छु मेरो मायाको टुक्रालाई
उखेलिएका ज़रा अनि भांचिएका ढाड़ मात्रै रहेछ,पात लगेछ सबै उडाई

prakash,USA