Saturday, July 4, 2009

गजल










- नेपोलियन मरहट्टा
घुम्टो खोली देखायो की ? चाँदनीले रातभरी,
हेर्‍यो होला टोलाएर आँगनीले रातभरी ।

म त कोठा भित्र थिएँ, बाहिर जून टहटह,
बोलायो की ? झ्यालबाट रोशनीले रातभरी ।

तर मैले केही सुनिन, सुने पनि को उठ्थ्यो र ?
आफूलाई त गाँजेकोथ्यो सपनीले रातभरी ।

कतिखेर आयो जून ? अत्तो पत्तो छैन मलाई,
मेरो आँखा खोल्दिएन मोहनीले रातभरी ।

अबेला पो ब्युँझिएछु, अनि हेरेँ झ्यालबाट,
पर्खिएको रैछ मलाई बिहानीले रातभरी ।


-चितवन

No comments: