Friday, June 5, 2009

गजल








-नेपोलियन मरहट्टा
पुर्णिमाको रातमा पनि जून किन नदेखेकी ?
हजार गल्ती भित्र एउटा गुन किन नदेखेकी ?

पल-पल तड्पिएर आँखाबाट प्रयाश्चितको,
रक्तधारा बगाउँदा नि खुन किन नदेखेकी ?

फूलजस्तो मुटु मेरो खस्रो खस्रो करौंतिले,
सारंगी झैं रेट्दा पनि धुन किन नदेखेकी ?

मुटु एक भए पनि अनेक थियो मेरो माया,
पञ्चरत्न भित्र अझै सुन किन नदेखेकी ?


-चितवन

No comments: