Friday, June 5, 2009

कबिता












देशको माया

-दिलिप योन्जन
आफ्नै देशमा बस्न पाए, बाच्थेँ हासी खुशी
बिदेसमा बसेको छु हरदिन,लाजले आँखा छोपी ।

आफ्नो माटो घरगाउँ, सम्झी मन रुन्छ
बुढिआमा रोई हाँस्दा, मरेको झैं लाग्छ ।

दशाग्रह देशलाई लाग्यो, रगत भयो पानी
जनता मारी शासन गर्ने, नेता कती भाग्यमानी ।

जहा खायो त्यही छेर्ने,देशको नेता कस्तो ?
देउताको नाममा राक्षस पुज्ने, हामी जनता कस्तो ?

हरा भरा सुन्दर शान्त, देश थियो पाहिले
कुर्सीको खेलमा जताततै, रगत बग्याछ अहिले ।

शान्ति क्षेत्र बुद्दको देश, भनि चिन्थे सबले
मान्छे देख्दा मान्छे भाग्ने, बनायो नेताले अहिले ।

हाँसीहाँसी रुन्थ्यौ खुशीले, सबै मिलीजुली
पालै पालो मारे मरे, आँसुमा डुब्यो खुसी।

फुलमाला हेरी रुन्छन्, आमा दिदीबहिनी
सिउँदो खाली कोख रितो, देशको नेता जाली।

आमालाई दुख्दा आँशु पुछ्ने, छैन छोराछोरी
कस्ले देला जन्म भगवान, जानु पर्दा मलामी ।

बाबु छोरा पालै मारे, छोरीले गोरु जोत्छ
सहिदको सन्तान भोकै नांगै, देशमा नेताको मोज छ ।

जाती-धर्म,तराई-पहाड, खेल्नु खेले राजनीति
देश टुक्राई राज्य गर्नेले, नबगाऊ रगतको खोली ।

खानेले खा'छ उडाउनेले उड़ा'छ, मेरो देशै डुबाएर
भोका-नांगा गरीब-दु:खी, बाच्याछन् मन रुवाएर।

कहिले भेलमा सधै भूँइमा, सुत्याछन् आकास ओडेर
भोक चपाउदै हावा खानेलाई, कस्ले दिने साहारा ?

दु:ख थियो सुख थियो, बस्यौ मिलीजुली
कहिले फुल्ला शान्तिको फूल, अनि बाच्ने हासीखुसी ।

जो मरे जस्लाई मारेनी, आखिर देशकै निम्ति
धर्ती एउटै आमा एउटै, नमारी देउन बिन्ती ।

हिरा,मोती,सुनचादी, जती भए पनि
मेरै नेपाल प्यारो लाग्छ, जहाँ बसे पनि ।

आफ्नै माटो फलाऔ फुलाऔ, बनाई स्वर्गभूमि
हाँसी खुसी सबले भनौं, हामी 'नेपाली नेपाली' ।


-अस्टिन, अमेरिका

No comments: