
आजको देश
-अबिरल अधिकारी 'ब्याकुलमाइला'
हरियाली र शितलताले छाएको देश
आज उजाड र मरुभूमि बन्दै गएको छ
स्वच्छ सफा र स्वर्गिय आनन्द पाउने देश
आज दुषित बन्दै गएको छ ।
सिता भृकुटी र बुद्ध जस्ता बिभुतिले जन्म लिएको देश
आज घुस्याहाहरुको क्रिडास्थल भएको छ
भाषण ठोकेर जनप्रतिनिधि हुनेहरुबाट नै
आज देश खाडलतिर धकेलिएको छ ।
देशको लागि गोली खेली सहिद हुनेहरुको नाम
देशको लागि गोली खेली सहिद हुनेहरुको नाम
ईतिहासको कुनामा थन्किएको छ
गरीबको पसिना चुस्दै उड्ने र गुड्नेहरुको नाम
आज मानबताको प्रतिकको रुपमा चम्किएको छ ।
देश बिकासको लक्ष्य जति सबै
देश बिकासको लक्ष्य जति सबै
नेताहरुको खल्तीमा अड्किएको छ
देशको योजनाको बजेटले
पाँचतारे होटेलमा नास्ता गर्ने सोख बढेको छ ।
बेरोजगारी हटाउने लक्ष्यहरु
बेरोजगारी हटाउने लक्ष्यहरु
नाता कुटुम्बमा सिमित भएको छ
शिक्षाको उज्यालो घामबाट बन्चित नबनाउनेको लक्ष्य
आज मोटरकार चल्ने ठाउमा मात्र रहेको छ ।
नेपाली धर्म संस्कृति र परम्पराहरु
बिदेशी संस्कृतिको प्रभाबले मर्दै गएको छ
नेपाली युवा युबतीको जोश र जागरहरु
बिदेश जने धुनतिर बढ्दै गएको छ ।
1 comment:
kabita raamro chha,smaya sandharwik
chha lekhna nachhadnu hai?byalu maila?
Post a Comment