-नेपोलियन मरहट्टा
जब तिम्रो जवानीमा परे मेरा आँखा,
तब तिमी तिरै बसाइँ सरे मेरा आँखा ।
फक्रिएको फूलतिम्रो कुनाकाप्चा तिर खोज्दै,
शिर देखी पाऊ सम्म झरे मेर आँखा ।
दुईटै आँखा लोभी मेरा,तर तिम्रो अंग एउटा,
भाग नपुगेर लडाईं गरे मेरा आँखा ।
यस्तो गर्नुहुन्न भनी सम्झाउन खोज्दाखेरी,
उल्टै मलाई पो आँखा तरे मेरा आँखा ।
यौबनको छाल तिम्रो नानीभित्र छल्किदिँदा,
पक्कै पनि निदाउँदैनन् भरे मेरा आँखा ।
-चितवन
No comments:
Post a Comment