Friday, June 5, 2009

गजल

-पर्शुराम पराजुली 'पराशर'
उनी भित्र रैछिन् म आएँ डराई
सरक्कै तगारो लगाएँ डराई

भइन् फूल झैं रक्त लाली समेटी
सबै प्रेम पासा बिछ्याएँ डराई

बढ्यो ढुकढुकी चित्त चंचल गरायो
अधर फर्फराए मिलाएँ डराई

कुरा प्रेमका थे गरेँ अंकमाल
उषाकाल सम्म बिताएँ डराई

तिमी मत्स्यगन्धा 'पराशर' म भन्दै
उठे आङ तानी फकाएँ डराई ।

-झापा

1 comment:

डिआर निश्छल said...

Parashar g,
Mitho gajalko laagi yahaalai hardik dhanyabaad! rachanaa nirantarataako laagi anurodh chha.