Friday, June 5, 2009

कबिता








स्यान्डविज र पिज्जा

-नेपोलियन मरहट्टा
बिदेशको ठुलो ठुलो तारे होटेलहरुमा
तिमीले जति सुकै
सेमिनार,गोष्ठी र अन्तर्क्रियाहरु गरेपनि
स्वतन्त्रता,हक,हित
र महिला जगरणको कुराहरु उठाएपनि
जाजरकोटलाई कहिल्यै हेरेन
तिम्रो कार्यक्रमले ।
न त रुकुम रोल्पा नै छोयो
तिम्रो गोष्ठीहरुले ।
अँह,कहिँ कतै,कुनै गरीबको
एक छाक पेट भरेन
तिम्रो तारे होटेलको सेमिनारले ।
शहरबाट हिंडेर बिकट गाउँ र
बस्तिहरुमा कहिल्यै नपुग्ने
तिम्रो हरेक कार्यक्रमहरुलाई
प्यारालाइसिस भएको छ ।
तिमी त मात्र एउटा बैशाखी हौ,
तिम्रो आफ्नै कार्यक्रमको ।
तिमी सिँगारिएर
जतिसुकै टल्किएर हिंडे पनि
तिमीलाई कालो र मैलो देख्छु म,
धोएर कहिल्यै नजाने ।
छ्या…………
मलाई त घिन लाग्छ
गरीब,असाहय,दीन दु:खी
टुहुरा र बिधवाहरुको बहना पारेर
तारे होटेलमा बसी दाँत उद्याएर
स्यान्डविच र पिज्जामा
दाँत गाड्नेहरु देखी ।
हरेक पटकको पिज्जामा
तिम्रो दाँत गडाई सँगै
शुरु हुन्छ
बस्तीहरुमा दुखीहरुको रुवाइ ।
छ्या………
मलाई त लाज लाग्छ
तिमीले स्यान्डविच र पिज्जा
कोपरेको देख्दा ।
कत्ति पनि नसुहाएको,
बाँदरले मकै कोपरेको जस्तै ।
बाँदरले मकै कोपरेको जस्तै ।


-चितवन

No comments: