
पाजी भ्यागुतोहरु
-इन्द्र नारथुङ्गे
रातभरि
भ्यागुतोहरुलाई जुटाउन
जुनकिरी आस्थाहरु
सडकमा उत्रिए पनि
पानी एकथोपो परेको छैन
यस्तो लाग्छ
यो बर्ष पनि
अधुरै रहने भो सपना
धर्तिपुत्रहरुको ।
बदमास भ्यागुतोहरु
जीउभरि काला कत्ला बोकेर
फट्याङ्ग्राको सिकारमै मस्तराम
बाह्र बर्षमा खोलो फर्किए पनि
फर्किएन बुद्धी
ढुङ्ग्रामा राखिएको कुकुरको पुच्छर
बाङ्गाको बाङ्गै ।
सर्महारा भ्यागुतोहरु
दिउँसै यौनकि्रयामा लिप्त बनेर
खेतका गह्राभिर
घिनलाग्दो फुल पार्छन्
र
टुसाउँदै गरेको धानको गाभालाई
जेली दिन्छन्
र्यालै र्याललेहो यहिबेला
एउटा सम्भावनाले
मृत्युवरण गर्नुपर्छ ।
पाजी भ्यागुतोहरु
सत्ताको लुछाचुँडीमा अल्झेर
गीत गाउँदैनन् भने परिवर्तनको
जुनकिरी आस्थाहरु
स्वयं जून बनेर आकाशमा उदाउनेछन्
र
भत्काउनेछन् निरन्तरताहरुलाई
साचै त्योबेला
पानी पर्न
भ्यागुतोहरु कराईरहनु पर्दैन ।
-इन्द्राणीपोखरी,खोटांग
1 comment:
Indraji ramro kabita 6. dhanyebad! Nepal ka bhyagutaharu wastabma testai 6n. sudharne prayas garne hamro kartabya.
Post a Comment