Monday, June 1, 2009

गीत









कहाँ जिउन सक्छु

-आचार्य प्रभा
कहाँ जिउन सक्छु म, तिमी बिना एक्लै
तिम्रो साथ पाए जीवन हुन्थ्यो बेग्लै ....

हर चाहनाभित्र तिम्रै मुस्कानको अभाव छ
यो मन भित्र सधैं तिम्रै मायाको दबाव छ ...

कहाँ पिउन सक्छु म आसुँ सधैं सधैं
तिम्रो माया पाए यो मन हुन्थ्यो आफ्नै ...

हर भावना भित्र तिम्रै मीठो कथा छ
तिमी टाढा भएर नै मनभरी ब्यथा छ ...


-अमेरिका

2 comments:

Gobind Prasad Upadhyay said...

dherai bichod bha ko ho ki kya ho.just joking
ramro chha
keep it up.

Anonymous said...

dhoka ko poka hoki, furtiko shurti ho bujhana garo paryo, je hosa ramrai cha.