छोटो छ जीवन
-घायलश्री
छोटो छ जीवन कसैलाई यहाँ
लामो भो जीवन मलाई यहाँ ।
लामो भो जीवन मलाई यहाँ ।
जोड्छन् कोही झरेका फूल
जिउने आश लिई गर्छन् भुल
म भाच्छु फूल हाँगाबाट जहाँ
लामो भो जीवन मलाई यहाँ ।
देख्ने भन्छन् मलाई यो पागल हो
सोच्ने भन्छन मलाई यो घायल हो
आफ्नैबाट छुटी एक्लै हिंड्नु कहाँ
लामो भो जीवन मलाई यहाँ ।
-पर्वत
No comments:
Post a Comment