Friday, June 5, 2009

कबिता













बिदाइमा उठेका हातहरु

-दिलिप योन्जन
बसपार्कमा उभिएर बिदाइमा
तिमीले आँखाभरि मोती सजाएको
भाबना छल्किन्दा आँसुले गाला भिजेको
रातभरि सुकसुकाउदै गरेको बाचाहरु
तिम्रो आँसुले मेरो निद्रा उडाएको
त्यो रात बर्सौ बितेपनि
मेरो मस्तिस्कको आकाशमा
मेरो आँखाको सागरमा
तिम्रा शब्दहरु हृदय भित्र गुन्जिरहन्छन्
म डुबिरहन्छु, हराइरहन्छु
झिनो आशाको लामो गन्तब्य लिएर
भाबबिहवल भएर एक्लै छटपटिन्छु
वारि पारि क्षितिज भरि खोजिरहन्छु
जब गोधुली गल्दै जान्छ
नयनभरि तिमी घुमिरहन्छौ, उडिरहन्छौ
चाहनाहरु छताछुल्ल पोखिन्छ
कोमल आत्मा पोल्छ, ट्टाउँछ
ढुकढुकी खोज्न थाल्छ रक्तिम किरणसरी
जब जब साँझ अन्धकार रात बन्छ

तिम्रो मीठो निद्राले ब्युँझाई रहन्छ
रातभरि छटपटाएर घायल बन्छु
सपनीभरि स्वर्गमा उडिहिडे नि
तिम्रो अगालोमा बाँधिएर हराउन सक्दिन
म आफू आफैमा हराउन सक्दिन
ओल्टिन्छु, कोल्टिन्छु, थकित मेरा यादहरु
त्यसैले त हर रात अनि दिन
पल पल पलभरिको लागि भए पनि
मुटुभरि सजाएर
परेलीभरि टिल्पिलाएर
ह्रदयभित्र तस्बिर साचेकोछु
मेरो सम्झना गरी सधै सधै तिनी
हाँसोका पलहरु सँगै खुशीका खित्काहरु
बाचा बन्धनका अमर आधारहरु
कल्पनामा कोरिएका सुन्दर महलहरु
आज पनि मेरो सामु जीबित छन्
तिम्रो आस्थामा डुबेका भावनाहरू
आँखाभरि छल्किएका चाहनाहरु
सँगसगै बिदाइमा उठेका कोमल हत्केलाहरु ।


-अस्टिन, अमेरिका

No comments: