Wednesday, April 15, 2009

कबिता

भौतिक अस्तित्व

-राम बिक्रम थापा
बिश्वको मानचित्रमा
नेपालको नक्शा नभेट्दा
आफ्नो देश हराएको शोकमा
ऊ
अस्ति भक्कानिएर रोयो ,

नेपालको मानचित्रमा
खोटांग नदेख्दा
आफ्नो जिल्ला हराएको शोकमा
ऊ
हिजो कोक्किएर रोयो ,

खोटांगको मानचित्रमा
सिमान्तित फाक्टांग नदेख्दा
आफ्नो गाउँ हराएको शोकमा
ऊ
आज झोक्किएर रोयो
हेर्नुस् त
ऊ अझै रोई रहेछ ।


-फाक्टांग, खोटांग

No comments: