Thursday, April 16, 2009

गीत











शुन्य छ गाउ ..

-घायलश्री
शुन्य छ गाउँ शुन्य छ ठाउँ शुन्य छ बस्ती यो
नहुँदा तिमी झन शुन्य मन सहन अती भो ।

संसार हाक्ने त्यो चन्द्र आट्ने लक्ष्य भो बिरानो
लाग्दो हो तिमीलाई यो हाम्रो कथा बर्षौ झै पुरानो
नभन जोखौ हाम्रो मायामा कस्को के क्षति भो
नहुँदा तिमी झन शुन्य मन सहन अती भो ।

हुलेर गयौ हावा र हुरी दिलको झ्याल खोलेर
क्षण भरमै जीवन खरानी भयो बिछोडले पोलेर
डाडाको जून झै यो मेरो जीवन हरे के गती भो
नहुँदा तिमी झन शुन्य मन सहन अती भो ।


-पर्वत
ईमेल: ghayalsri@yahoo.com

No comments: