Wednesday, April 15, 2009

गजल











-नेपोलियन मरहट्टा
जिन्दगीमा नयाँ काम थाल्छु अलिकति ,
धोका खाई च्यातेको मन टाल्छु अलिकति ।

एकै चोटि नसके'नी भुल्छु दिन-दिन,
आज पनि तिम्रो याद फाल्छु अलिकति ।

पिरतीमा कठ्यांग्रिएको मुटु सेकाउन,
त्यही तिम्रो प्रेम-पत्र बाल्छु अलिकति ।

तिम्रो पत्र जलाउँदा मुटु जल्यो भने,
आसुँ झिकी त्यै मुटुमा हाल्छु अलिकति ।

अन्धकार भए जिबन देखिदैन केही,
नदेखे'नी पाईलाहरु चाल्छु अलिकति ।


-चितवन
ईमेल: nepoleon_b@yahoo.com

No comments: