Monday, April 20, 2009

कबिता










तिम्रो अभाब
-केदार श्रेष्ठ 'गगन'
जीबन जिउने मेरो चाहना
जिउन आवश्यक
मन र मुटु मिल्ने साथी,

पूर्णिमाको जून जस्तो यौबन
टाढैबाट म गर्थेँ स्पर्शानुभूति
दु:खमा पनि देखिने
हसिलो मुहार
म रुँदा रुने आँखाहरु
मेरो आशु पुछिदिने हातहरु छन् तिमीसङ्ग,

मन र मुटु मिलेर बन्दछ
एउटा सजीब शरीर
तिमी मेरी मुटु
त्यसकारण
तिमी र म एउटै थियौ हिजो सम्म
आज छाडेर गयौ
आफू सङ्गै मेरो मुटु लिएर
अहिले म अपाङ्ग भएको छु
मुटुबिहिन भएको छु
अर्थात् ,
म निर्जिब भएको छु
म सङ्ग अब बाँकी छ
केबल तिम्रो सम्झना
तिम्रै सम्झनामा बर्षे नदी झैं
बगिरहने आँशुको भेल ,

सम्झन्थें -
मेरो माया सदाबहार हो
कहिले ओइलिदैन
कहिले झर्दैन
तर
रहेछ मेरो माया
ओइलिएको पात जस्तो
भएको छु
शिशिरको ऋतुको बन,

नियाल्छु -
तिम्रो निर्जिब तस्बीर
जुन तिमीले मलाई
अस्ती नै दिएकी थियौ
तर
यो बोल्दैन मैले बोलाउदा
हास्दैन म हाँस्दा
रुदैन म रुँदा
पुछि दिदैन
मेरो आँखाबाट आँशु बग्दा,
थाहा थिएन मलाई
सपना देख्नु रहेछ पाप
तिमीलाई आफ्नो बनाउने
देखेँ मैले सपना
गरेँ मैले
माफ गर्न नसकिने भुल
अबिराम चलिरहने समय
समयको गति सङ्गै
बनाएँ एउटा जीबन चित्र
जुन अधुरै रह्यो
तिम्रो अभाबमा ।


-भीमस्थान-५,सिन्धुली

No comments: