Monday, April 20, 2009

गीत









कस्तो दैब लाग्यो

-दिलिप योन्जन
कस्तो दैब लाग्यो दाजै,यो दुखिया माथि
हेर्दा हेर्दै डाँडा काटी, दिनै पारी राती
बाचुँ भन्दा भेटिएन हजुर,जुनी काट्ने साथी।

माया गरेँ मुटुमा राखी, आफै भएँ पराई
हासी खुसी बाचेकै छे ,चितामा मलाई जलाई
हेर्दा हेर्दै मलाई छाडी, अर्कै माया रोजी
बाचुँ भन्दा भेटिएन हजुर,जुनी काट्ने साथी ।

जिबन दिएँ बाचा गरी, आफै बने स्वार्थी
ब्यर्थै किन मुटु साटे, बाच्नु पर्यो तड्पी
हेर्दा हेर्दै निस्ठुरीको माया,भयो आकास धर्ती
बाचुँ भन्दा भेटिएन हजुर,जुनी काट्ने साथी ।


-अस्टिन, अमेरिका

No comments: