Friday, April 17, 2009

कबिता













सिमाना हराएको देश
-दिलिप योन्जन
टनकपुर हरायो सम्झौतामा
महाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गाडाको त के कुरा
मेरो देशको राष्ट्रियता
बीर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पशु नेताहरुले
राष्ट्र र राष्ट्रियतामाथि खेलबाड गरेका छन्
पूर्बमा गएर पश्चिमको बिकास र रोजगारी
पश्चिममा गएर पूर्बको बिकास सुनाएका छन्
जनतालाई झुकाउनसम्म- झुकाएको छन् ।

बिरोध नभएको हैन,बारुद गनाए पनि,
मातृभूमिको माया नगरेको हैन नेपालीहरुले पनि
आस्वासन र बिश्वास नदिएको हैन
कहिले नयाँ दिल्ली...... कहिले काठमान्डौ........
मन्त्री र सचिबको मिटिङले माटो र सिमाना हराए पनि।

देशको नक्सा फेर्दैछ, नँया डोबमा पुरानो किल्ला
मातृभूमि रोएको छ , स्वयम्भूको आखाँ रसाएको छ
ढुंगा गुडाएर, घुएत्रो हानेर जोगाएको देशको सिमाना
पैसा र बैशमा राष्ट्र नेताहरुले माटो र पानी बेचेका छन्
योद्दाहरुको रगतले कोरेको रेखा र देशको अस्तित्व
मान्छेका रुपमा यी ब्वासाहरुले बेचेका छन् , मेटेका छन्
५ तारे होटेलमा हुस्की र इस्कुवाचमा रमाएका छन् , नाचेका छन्
राष्ट्रको सिमाना हराएको खुसीयालीमा
देशको माटो बेचेको खुसीयालीमा ।।


-अस्टिन, अमेरिका
ईमेल: hyounjon111@gmail.com

No comments: