Wednesday, April 15, 2009

लघुकथा

कुलत र एड्स

-एकलब्य राज
आज अनिल बिरामी परेर बिछ्यौनामा पल्टिरहेको छ। उसले बिगतमा गरेका गल्तीहरुको सपना सरी झल्झली उस्को दिमागमा आईरहेको छ। ऊ गाउ देखि पढ्न भनी शहर गएको हुन्छ। यता गाउको इमान्दार अनि असल केटो शहर बजारको हावापानीमा बिस्तारै बिस्तारै भिज्दै गई रहको हुन्छ। उसका शहरिया साथीहरु पनि उसलाई उकास्दै खाने नखाने चिजहरु ख्वाईरहेका हुन्छन्। हिजो उसका लागि चुरोटको गन्ध पनि मन नपर्ने आज ऊ गाजा, चरेस, ब्राउन सुगर र टिटी उसका लागि नभै नहुने बस्तुहरु भैसकेका हुन्छन्। साथीहरुको लहैलहैले गर्दा आज प्रत्येक दिन २-३ पल्ट सिरिन्जको नसामा मधुहोस बन्दै गई रहेको हुन्छ। उसका सबै साथीहरुको हालत पनि उसको जस्तै हुन्छ। उनीहरु एक किसिमले नसाको एडिक्ट भैइसकेका हुन्छन्। दिनमा एक चोटी भए पनि नसा लिनु नै पर्ने भैसकेको हुन्छ। त्यो क्रम बढ्दै गई रहेको हुन्छ।

ऊ यता बिस्तारै सुक्दै अनि बिरामी हुदै पनि गैइरहेको हुन्छ।ऊ बिरामी भएको थाहा पाएर गाउबाट उसका बाबा आमा उसलाई भेट्न आउछन् तर छोराको सुकेको ज्यान अनि बिरामी परेको हुदा उहाहरुलाई पर्नु सम्म चिन्ता पर्छ र छोरालाई अस्पतालमा भर्ना गराउछन् । अस्पतालको वार्डमा लगे पछि डक्टरले एक्स-रे र ब्लड् जाच गर्छ।ब्लडको रिपोर्ट अनुसार उसलाई एडस् लागेको भनेर लेखिएको हुन्छ किनकी उसले धेरै जनाले प्रयोग गरेको टिटी सिरिन्ज प्रयोग गरेको हुनाले उसलाई एड्स भन्ने खतरानाक रोग लागेको रहेछ। ऊ झन्-झन् सुक्दै ग ई रहेको छ भने उसका बाबा आमा चाहि चिन्तामा सधै डुबिरहेका छन्। 'हाम्रो छोरालाई कुन् जन्मको पाप बोक्नु पर्‍यो' भनेर भगवान सङ्ग प्रार्थना गरि रहेका छन्। तर के थाहा सोझा सिधा बाबा आमालाई छोराको कर्तुत...... छोरा झन् सिकिस्त बन्दै आज उसले यो सन्सार बाट बिदा लि ई सकेको छ यता आमा बाबा भने धिक्कारी रहेका छन् बिधाता सङ्ग कुन् जन्मको पाप भनी........... ।

-बयरबन -३, हरकपुर (मोरङ)
आबद्द: नबोदित साहित्यिक बाचनालय,दोहा

No comments: