
-राज लम्साल 'यात्री'
मनलाई तरलतामा ढाल्न नसकिदो रै'छ
पत्थर बनि सके पछि गाल्न नसकिदो रै'छ
हेर्न खोज्छु छैनन् फाट्या तर भित्र छिया-छिया
सङ्गालेर फेरि उस्तै टाल्न नसकिदो रै'छ
चोट त्यति आलो हैन बल्झि रहन्छ पल-पल
दुखेको घाउ मनै मनमा पाल्न नसकिदो रै'छ
अन्धकारले छ्याप्पै छोप्यो मनका चारै कुनाकानी
निभि गाको दियो फेरि बाल्न नसकिदो रै'छ
हिउचुली झै उचालिए पीर ब्यथाका खाटाहरु
जति भारी भए पनि फाल्न नसकिदो रै'छ
-महारानी झोरा-३,झापा
ईमेल: anjal_raj2003@yahoo.com
हाल: अबुदाबी,यूएई
फोन्: ०९७१-५५-७०१३६२६
No comments:
Post a Comment