Wednesday, April 1, 2009

गजल

-सुरेश ज्योतिपुञ्ज
शिरमा लाग्दा कालो बादल छाना भरिभरी।
देशको कथा लेख्ने को छ पाना भरिभरी।

पराइकै भरमा खाने ठुलै दाउ छ हजुरको,
ल्याउनु भो कति पोल्टामा दाना भरिभरि।

सोचेर हुन्छ कहा फुर्सद अझै उनीहरुलाई,
बुन्न षडयन्त्रको नयाँ ताना-बाना भरिभरि।

झिल्काझिल्का मिली बन्छ राँको आखिरीमा,
आकाशमा हेर जुन- तारा साना भरिभरी।

कसले सुन्ने आवाज सोझो 'ज्योतिपुण्ज' को
बेईमानीकै हुन्छ रे भाउ जमाना छ पाना भरिभरी।


-नुवाकोट
हाल: तामिलनाडु, भारत

No comments: