Sunday, February 8, 2009

गजल











-नेपोलियन मरहट्टा
स्वस्थानीकै भए पनि काहानी त हो नि आखिर,
जिबन बग्छ साहित्यमा,त्यै पानी त हो नि आखिर ।

यादराख,बेमौसमी फूलको माला लाउँदिन म,
माली जस्तो भए पनि,बाग्बानी त हो नि आखिर ।

हाम्रो तिर फूल फुल्न एकदिन ढिलो होला,
भोलि आए पनि उही जवानी त हो नि आखिर ।

शास्त्र-अस्त्र सबै आउँछन्,केबल धैर्य गर तिमी,
हतारिन्छौ किन ? पाउने खरानी त हो नि आखिर ।

खाल्टो भित्र बसी तिम्ले, जति डाली फुलाए'नि,
फूल चुँडी काँढा रोप्ने, राजधानी त हो नि आखिर ।


-चितवन
ईमेल: nepoleon_b@yahoo.com

No comments: