Sunday, February 8, 2009

गजल













-अनिता वाग्ले
खुल्ला किताब भए पनि लिपि बुझ्न गाह्रो तिमीलाई
हेर्दा हेर्दै वाल्ल पर्यौ मेरै रुपले मार्यो तिमीलाई

गास्ने मेलो थाहा थिएन निभाउने त परै जाओस्
एक तर्फी माया गर्यौ बुझ्नै पनि सारो तिमीलाई

बैश पनि थाहा भएछ तिमीलाई आज भोलि
कहाबाट चढ्न थाल्यो मदहोसीको पारो तिमीलाई

साहासले मात्र साथी चढिदैन सगरमाथा
ताप्लेजुङका पाखाबाट अन्नपुर्ण टारो तिमीलाई

किन होला अहिले सम्म कोही केटीले नटेरेका
कि ! सगरमाथा चढ्न जादा बेसी तिर झार्यो तिमीलाई

-सिंगापुर

No comments: