Sunday, February 8, 2009

कबिता












मेरो मुटु

-केदार श्रेष्ठ "गगन"
फूल उनी,
जून उनी,
खुन मेरो उनी
देखिन आज मैले
भेट्न किन आइनन् ?
किन मेरो आँखाबाट ओझेल परिन् ?
प्रिय
कुनै परिबन्धमा त परेनौं ?
कतै समय पापीले त बाधेन ?
कति आतुर थिए मेरा ओठ
तिम्रो नाममा लेखेको मनको वह,
तिम्रै यादमा कल्पेका कल्पनाहरु
तिमीलाई सुनाउन
तर
अहिले ब्याकुल भा’को छु म
तिमीलाई नदेख्दा ,
तिमीलाई नाभेत्दा ,
रोइरहेछन् आँखा,
विरह र वेदनाको आँधी चलिरहेछ मनमा ।

ज्वारभाटाहरु उर्लिरहैछ,
सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा
कतै हिजो भेटेको क्षण नै
अन्तिम त होइन ?
हिजो बोलेको आइ.लभ.यू.
र त्रि्रो त्यो कोमल हातले मुसारेर
गालामा च्वाप्प खाएको म्वाई
अन्तिम हुने त होइन ?
कतै दैबले अन्तर्घात गर्ने हौइन ?
त्यसैले म भगवानसँग विन्ति गर्छु

हे ! भगवान
कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गर्राई देऊ न
फूलपाती चढाउँला
त्यतिले नपुगे
के माग्छौ घुस भन
म दिन तयार छु
रागो, बोका, कुखुरा,परेवा……..जे माग्छौ,
म चाहान्छु-
उसको मायामा
मेरो यो शरीर समाधिस्थ गराउन,
उसको मायाको रापमा
यो ज्यान खाग बनाउन ।

उनी टाढा छिन्
मेरो कुपोषणयुक्त
इच्छा,आकांक्षा र सपनाहरु
मनसँगै बतासिएर
कहिले बतासमा,
कहिले बर्षातमा ,
समाहित हुँदै उसको प्यारमा
उसको माया
आँखाको डिलबाट
बग्न थाल्छ अवीरल,
म सम्झिन्छु उसले भनेको कुरा
तपाईले भनेको हैन ?
तिमी मेरो मुटु हौ भनेर
हो म तपाईँकौ मुटु भए
तपाईँ मेरो शरीर
शरीर र मुटु कहिले अलग हुन सक्छ ?
त्यसैले अब हामी एउटै भएनौ त !


-भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू ए ई

No comments: