Saturday, February 7, 2009

गजल










-नेपोलियन मरहट्टा
हराएको मेरो मान्छे देख्नु भयो भने कतै,
मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।

खोज्नु होला शहरको भिडहरु छिचोलेर,
नेपालबन्द गरी बाटो छेक्नु भयो भने कतै ।

साहित्यको अनुरागी, शायद उनी आउन सक्छिन,
सारँगीको तारहरु रेट्नु भयो भने कतै ।

जसरी'नि उन्को घरमा यो खबर दिनुहोला,
काठमाडौं भन्ने ठाउँमा पाइला टेक्नु भयो भने कतै ।

शहरिया स्वाभावकी, 'घमन्डी' हो भन्नु होला,
रेडियोमा बिज्ञापन लेख्नु भयो भने कतै ।

मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै ।
हराएको मेरो मान्छे देख्नु भयो भने कतै ।


-चितवन

No comments: