Monday, January 5, 2009

कबिता













यस्तो नयाँ बर्षलाई के गर्नु स्वागत !

-अनिता वाग्ले
स्वागत भन्न तिमीलाई ओठहरु खुलेनन्
शुभकामना पठाउ भने फाटहरु झुलेनन्
बत्तीहरुले स्वागत गर्न लोड सेडिङ छ जताततै
हृदयमा सजाउ भने पोहोरकै पिडा ब्यथा उस्तै ।

कुरिरह्यौ रातभर ननिदाई तिमीलाई
बर्षै भरी सुख काट्ने मन भरी आश जगाई
घामको झुल्का सङ्गै आयौ पोहरकै पिडा बोकी
खै ! के गर्नु स्वागत तिमीलाई दुख्ने घाऊ देखी-देखी
कस्तो खुशी ल्यायौ कुन्नी स्तब्ध यो सुनसान यो रातमा
खै ! कस्तो आगमन हो ? अन्धकार यो अट्टहासमा ।

उस्तै छ यो गाउ बस्ती पुरानै छ धारापानी
त्यही कुहेको कोशेली हो के रमाउनु जानी-जानी
बर्षै भरी हास्न भनी खुबै हास्यौ त्यो रातमा
पटुकीको भाग पर्‍यो नयाँ सालको पहिलो गासमा
भोको पेटमा पटुकीको उही पुरानो सहारा छ
हामी हिंड्ने गोरेटोमा त्यही चट्टान र पहरा छ ।

गाउ बस्तीमा नयाँ बर्षा तिमीलाई आउन गार्हो होला
आउने भए साथै ल्याउनु बिकासको झोला
बिकास गर्न गएकाहरु तिमीलाई कुरेका छन्
सिन्चाईका नहर भरी गन्धे ताप्रे फुलेका छन्
हैरान छौ फाटेको यो मनको छानो छाउदा-छाउदा
खै! के गर्नु र? स्वागत तिमीलाई आफ्नो काल नजिक आउँदा ।

-सिङ्गापुर

1 comment:

Collection from world said...

KABITAA RAAMRO CHHA, KHUSI LAGYO FERI FERI KORDAI GARNU HOLA