Monday, January 5, 2009

गीत









मेरो जस्तै ....

-गणेश पौडेल
मेरो जस्तै मनमा तिम्रो माया छ कि छैन ?
यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

भेट हुन्न तर तिम्रो माया मैंले मार्‍या छैन,
बास तिम्रो मनबाट अन्त कतै सार्‍या छैन।
मैं छु तिम्रो छातीभित्र छाम्या छ कि छैन ?
यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

खेल हैन हाम्रो माया खडेरीको भेल हैन,
कल्पनामा हराउने किनाराको मेल हैन।
बिर्सिए नि सपनीमा देख्या छ कि छैन ?
यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।

नसम्झे नि बाडुल्की आ’को छ कि छैन ?
यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।


-नयाँबजार, इलाम

No comments: