Friday, December 12, 2008

गजल

-बिमला तुम्खेवा
बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो
बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो ।

धेरै भयो हाँस्न छोडे गोरेटोका चापहरू
होइन होइन जीवन पनि कस्तो बिना नून जस्तो ।

उदास उदास गल्लीहरू चौबाटोमा कति कुर्नु
कसो कसो नबिर्सिने पिरतीको धुन जस्तो ।

त्यसै त्यसै त्रि्रो खातिर बिना अर्थ कति दुख्नु
दया गरी लगाएको म माथिको गुन जस्तो ।

No comments: