Saturday, October 25, 2008

कबिता








मेरो प्रेम

-राज रोबर्ट अजनबी सुब्बा
अबिछिन्न मनहरुको परागमा
अभिसप्त सपनाहरु फुल्दै

त्यो अस्तितवको बस्तीमा
हाम्रो बिश्वासले
सङ्कट्काल घोषणा गरेको बेला
त्यही कतै हरायो मेरो प्रेम

मैले कहाँ कहाँ खोजिन र प्रेम?
तिम्रो सौन्दर्यको बाली भित्र खोजे
तिम्रो ओठको लाली भित्र खोजे
तिम्रो वान्की नितम्बमा खोजे
तिम्रो प्रतेक यौबनहरुमा खोजे
अह! कही पनि भेटिन मेरो प्रेम

कथित समर्पणमा मैले
पाएका भर्भराउदो तिम्रो जवानी भित्र
अतित कल्पदै बेहोशीमा

ताप र राप सँग खोजे मेरो
प्रेम
प्रेमले सत्य बाली झुल्याएको
खेतको आली-आली खोजे
मनको बगैचामा
फुलेको फूलको डाली-डाली खोजे
त्यहाँ पनि भेटिन मेरो प्रेम

बिश्वासको सङ्कट लागे पछि
समय पनि रोकिदो रहेछ
नदी उकालो लाग्दो रहेछ
सबै बिपरित हुदो रहेछ
अरथात सत्यको ठीक उल्टो
दिन पनि रात हुदो रहेछ

मायामा बात लागेको बेला
समय निरन्तर चल्नुको के अर्थ?
स्वार्थले स्नेह्ता मारेको बेला
नदी ओरालो बग्नुको के अर्थ?
अहमताले मानबतालाई बसाइ सारेको बेला
घाम झुल्किनुको के अर्थ?
यसरी बेअर्थ नै बेअर्थमा
मेरो प्रेम पनि हरायो बे-अर्थ

आखिरीमा मैले भेटे मेरो प्रेम
माघमा फुल्ने चापहरुमा
बैशाखमा फुल्ने गुरासहरुमा
अशाढ्मा फुल्ने आरुहरुमा
मङ्सिरमा फुल्ने सुनगाभाहरुमा
बिस्थापित भएछ मेरो प्रेम त
फुलै फूलको संसारहरुमा

मिथकको कारागार तोडेर
बिश्वासमा सरेको मेरो प्रेम
अब कसो नफुल्ला त बाह्रै मास् !
फूलहरुमा बिस्थापित मेरो प्रेम

-मामाखे,ताप्लेजुङ

2 comments:

Anonymous said...

kavita hridayasparshi chha je hos. Keep it up!

Anonymous said...

kati ramro chha yo kabita


seema