Friday, October 24, 2008

संस्मरण










पत्रमित्र चेलीको सम्झनामा

-ईन्द्र नारथुङ्गे
२०५५ सालको तिहार पर्बले बिदा लिए पनि धङ्धङ्गीले राम्ररी छोडिसकेको थिएन । अघिल्लो बर्षहरु झै पार्टीगत देउसी भैलोमा हिंड्न नपरेको ती बर्ष हरुको तिहार अलिक् निरास भएको थियो।पार्टीबाट बाहिर रहेपछि फुलटीका लगाइदिने चेलीहरुको सङ्ख्या पनि घटेको थियो। फोश्रीएको सुन्तलाको केस्रा चपाए जस्तै बिरसिलो २०५५ को तिहार चपाए ।
तिहार सकिएको दोस्रो वा तेस्रो दिन हुनुपर्छ म आफ्नो चिट्ठी खोज्दै हुलाकमा पुग्छु।तिहार अघि देखि थन्किएर् बसेका एक खात् चिट्ठी हुलाकीले मेरो हातमा थम्याईदिन्छ । गाउले राजनितीबाट बाहिर रहेपछि समय काटने मेलोको रुपमा मैले पत्रमित्रतालाई रोजेको थिए । रेडियो नेपालको "साईनो" कार्यक्रम हुदै अन्जान् साथिहरुको माझमा छरिएको थिए।मेरो आव्हानलाई स्वीकार्दै धेरै जना साथीहरुले पत्रचार गर्नु भएको थियो ।पत्र आदान प्रदानको क्रम मा कतिपय सँग साथीकै साईनो थियो,त कतिपय सँग चेली माइतीको सम्बन्ध स्थापना भैसकेको थियो ।सम्बन्ध गहिराईमा भन्दा पनि मनोरन्जनकै रुपमा मैले पत्रमित्रतालाई ग्रहण गरेको थिए । तिहारको रमझम सकिएपनि वाता व र ण उदास थिएन । शरदीय हावा सँग वेएली खेलीरहेको पहेलपुर धान्को बाला हेर्दैमा पनि सारा उदाशी गायब हुन्थ्यो ।टाट्नेको लेकमा ओझेल पर्दै गएको घामको डल्लोलाई पछाडि धकेल्दै म घर आइपुग्छु ।अधिर मनले पत्रहरु फुकाउन थाल्छु ।पहिलो पत्र भावनाको फुकाए । परेवादिन ९ धन कुटाकी सबै साथीहरु भन्दा प्री य थिईन ।कारण -हामीले पत्र बा टै एक आपसमा प्रेम गरिरहेका थियौ ।सदा झै एक फूलको चित्र र कबिताको केही टुक्रा सङै प्रेमामा काउकुती लग्ने शब्दहरु थियो उनको पत्रमा ।लगत्तै अर्को पत्र समिक्षाको फुकाए ।फुङ्लिङ बजार ताप्लेजुङ्की समिक्षा सँग साथीको साईनो थियो । उनको पत्रहरुमा ब्यक्त शब्दहरु साह्रै स लि ल लाग्थ्यो र उनले कोरेर पठा एको चित्रहरुमा कही क तै आफ्नै प्रतिबिम्ब देख्थे ।समिक्षाको पत्र पढिसके पछि मैले निच्छा दिदिको पत्र खोजे तर थिएन ।भोजपुर बास्तिम की निच्छ कोयू म भन्दा दुई बर्ष जेठी रहिछिन र हामीले दिदी भाइको साईनो कोर्यौ ।धेरै साथीहरुमा निच्छा दिदी बिशेष लाग्नुमा एउटा कारण छ-उहा त्यती बेला भूमिगत राजनीतिमा संलग्न हुनुहुन्थ्यो । शायद माओवादी सँग खम्बुवान मुक्ती मोर्चाको कार्यगत एकता भएपछि हुनुपर्छ -उहा खम्बुवानमा आबद्द हुनुहुन्थ्यो ।एकपटक पुलिसबाट गिरफ्तार हुँदा पाएको यातना पत्रमा लेखिपठाउनु भएको थियो ।त्यो पत्र पढ्दा मैले आशु बगाएको थिए ।निच्छा दिदिको पत्र नहुँदा मन क तै अमिलो भयो । तर पत्र पढ्ने क्रम रोकिन मैले ।तेस्रो पत्र नानुलक्ष्मीको उठाए ।भोजपुर लेखगाउकी नानुलक्ष्मी पत्रमा सधैं दाइ सम्बोधन ग र्थिन ।मैले पनि बहिनी सम्बोधन गरेर पत्र पठाउ थे ।शायद त्यसबेला उनि दस् कक्षामा पढ्दै थिईन । उनको अक्षर सा च्चै राम्रो थियो, वाक्य गठन र शब्द छनौट पनि अब्बल नै लाग्थ्यो ।

अध्यारोले सर्लक्क कोठा निले पछि मैले टुकी सल्काए ।मट्टितेलले भिजेको सलेदो बाल्दा फैलिएको घुर्मैलो रोशनीमा नानुलक्ष्मीले लिफामा कोरेका शब्दहरु चम्किरहेका थिए ।चिट्ठीलाई बाहिरबाट सुम्सुम्याए ।बीच भागमा केही बस्तुले पत्रको सतहलाई उचालेको थियो।त्यो बस्तु के हो भन्ने टुङ्गोमा नपुग्दै पत्रको एक छेउ च्यातिसकेको हुन्छ।सेतो पानामा निलो मसीले कोरेका शब्दहरु आली लगाएको खेतको गरा जस्तै देखिन्थ्यो।पत्र भित्रको शब्द भन्दा पनि पोकिएको बस्तुमा पहिला नजर् पुग्यो।कागाअजको सानो टुक्रामा पोका पारेको त्यो बस्तुलाइ जब म ठम्याउछु-एकै पल्त हासो र आशु ओइरिन्छ।ममताले छाती निचोरिद आशु झर्छ, हर्सले फुलेल् हुदा हासो खुस्किन्छ।त्यो बस्तु मेरो लागि हीर भन्दा अ्ऊल्य थियो।त्यहा नानुलक्ष्मीले तिहारको सप्तरङ्गी टिका र सयपत्री पोको बनाएर पठाएँकी थिई ।तिहार गैसके पनि भाइटीका लाईकाखैमा पए मैले ।साघुरो कोठाको आयतन फैलिएर धेरै टाढा अनुभू ति हुन्छ ।नानुलक्ष्मीले तेलको चघेरा हाली बिस्तारै मलाई सुरक्षित बनाउन थाल्छिन्, ढोकाको सङ्घारमा ओखर राखेर मेरो दुश्मनहरुलाई टुक्रा टुक्रा बनाउछिन ।सयपत्रीका पत्रहरु म माथि बर्षएर निधारमा सप्तरङ्गी टिकाअको धर्सो कोर्न थाल्छिन ।म बिस्तारै उनको अनुहारमा आँखा पुर्याउछु ।उनी हर्सले सयपत्री भन्दा बढी सुन्दर बनेकी छिन ।एकै चाइनामा मेरो गलामा सयपत्रीको हार पहिर्याएर मेरो समुन्ने उभिन्छिन ।म शिर निहुर्याएर उनको पाउमा आफुलाइ समर्पण गर्न खोज्छु ।परन्तु त्यहाँ उनको पाउ होइन,उनले लेखेको पत्र थियो ।पत्रलाइ नै नानुको पाउ ठानेर शीर त्यसमा राखिदिन्छु ।पत्र फुकाएर पढे,तिहारमा निम्तो गर्न नसकेकोमा क्षमा माग्दै पत्र जहिले पाए पनिटिकाअ र सयपत्रीलाई ग्रहण गर्नु है भनेर लेखेकी थिईन ।उनको अनुरोधलाइ मैले पुरा गरिसकेको थिए ।साझ गहिरिन्दै थियो । धेरै पर कुकुरले एकोहोरो ह्वाङ्-ह्वाङ बाहेक सारा धर्ती निशब्द पल्टिरहेझै लाग्थ्यो ।छ रपस्ट भएका पत्रहरुलाईसङ्गाल्दै म ओछ्यानमा पल्टेर नानुलक्ष्मीलाइ सम्झनथाल्छु ।भावनामा बह किन्दै जा दा मन तेसै तेसै खुशीमा नाच्न थाल्छ ।भर्खरै बितेको निरस् तिहार बल्ल रसिलो भएको महशुस् गर्छु म ।



समयले कहाँ पर्खिन्थ्यो र? तिहार बितेको केही हप्ता पछि नै रमाईलो मङ्सिर र बनभोजको मौसमले छोडेर गयो ।तुवालोले बक्लो खास्टो ओढेर पल्टीरहेको पौष र माघलाई पार गरे । र शिशिरको सिरेटोमा बग्दै पश्चिम हानिए ।पोखराको मोहिनी जादुमा अल्झिएपछि मैले धेरै कुरा बि र्सिएछु ।पुन्: अर्को तिहार आइपुग्नै लाग्द पो थाहा भयो नानुलक्ष्मी सँग पत्रचार नभ एको पनि कारीब नौ महिना भैसकेछ ।२०५६ को दसैंमा गाउ फर्केर नानुको पुरानो पत्रहरुलाइ पढे ।पत्रहरुमा एउटी चेलीले लेख्नु पर्ने सबै लेखिएको थियो ।धेरै उदाहरण दिएर पत्रमित्रताको मह त व लाई बुझाएकी थिई नानुले । पत्रमित्रताको माध्यम बाट माइती चेली बनेर एक आपसलाई गरेको सहयोगको कथाहरु पनि थियो उनको पत्रमा ।र त्यही कथाहरुको पात्र ब न्ने सङ्कल्प गरेकी थिईन उनीले ।परन्तु बर्तमा नमा हामी बेखबर थियौ ।एक मनले उनलाई पुन्: पत्र पठाउन खोजे तर अर्को मनले तिहार पछिको भाका सार्यो ।२०५५ को जस्तै त्यो तिहार पनि निरास् नै थियो ।गाउले मायासँगको चक्करले मन तिहारतिर फिटिक्कै तानिएन ।देउसी भैलोमा हद भन्दा बढी झ्यामिने मान्छे म, त्यसबर्ष साथीहरुले कर गर्दा पनि डेग चलाईन ।फिल्मा शैलीको विवाहले भाइटिकाको दिन उदयपुरको बसा हा पुर्यायो ।ठुलि फुपु सँग पहिलो पटक त्यो पनि सहयात्राीको साथमा फुल्टिका लगाउदा मन हर्सले हरक्कै भएको थियो ।त्यसबेला मैले नानुलाइ वीरसिए नै ।बसा हाबाट सिधै हामी पोखरा पुग्यौ ।फेवातालको कन्चन पानीमा माछापुछ्रे सँगै डुबुल्की खेलिरहेको आफ्नै प्र ति बिम्ब बर्ष बितेको पत्तै भएन ।कसो कसो २०५७ को दसैं र तिहारले तान्यो गाउतिर ।जब गाउ आइपुगे र नानुको पुरानो पत्रहरुमा एकपटक नजर घुमाए, तब बिस्मृत स्मृतिले मानसपट कोपर्न थाल्यो । त्यो बेला मैले नानुले पठा एको सप्तरङ्गी टिका र सयपत्रीलाइ धेरै सम्झिए ।परन्तु दुई वटा शरदले आँखाइ अ घि बिदा लिईसकेको बेला पुन्:पत्रचार गर्ने सा हा स गर्न सकिन ।


नानुलक्ष्मी सँग पत्रचार बन्द भएको दस् बर्ष बितिसकेछ ।यो दस् बर्षमा जिन्दगीले धेरै घामपानीहरु झेलिसक्यो,जोडीएका धेरै साईनोहरु टुटेर गैसके, आफ्नै भन्नेहरु पनि पराइको लाममा उभिन पुगिसके ।दस् बर्ष भित्र घटेका धेरै घट्नाहरु स्मृतिपटमा खोजे पनि भेटिदैन । अपितु मैले भावना ,समिक्षा र निच्छालाई झै नानुलक्ष्मीलाई भुल्न सकेको छुइन । उनका सुन्दर अक्षरहरु, पत्रमित्रताको महतव दर्शाउदै कथिएका कथाहरु र त्यो पत्र भित्र सानो कागजमा जतनले पोकिएको टिका र सयपत्रीको पत्रहरु मेरो स्मृतिमा ताजै छ ।जब जब तिहार नजिकै आईपुग्छ, त्यो बेला म नानुलक्ष्मीलाई धेरै सम्झिरहेको हुन्छु ।


रात अध्यारो छ मन जस्तै


न मारुनी आगनीमा


न देउसे भैलेनी


दिन उदास छ मन जस्तै


साच्चै आज त भाईटीका


-ईन्द्रेणी पोखरी-८,खोटाङ

1 comment:

Anonymous said...

tapaiko sasmaran padhna jydai majja aauchha.Ramro lekhnu vayachha.