भिटामिन
-देव राज आचार्य
''कहाँ जाँदै छस् ए राम भरोष ?''
''आँप बेच्न गैरहेको छु हजूर। आज बजारको दिन हो।''
मध्य तराईको एउटा भित्री गाउँ, धुलाम्मे सड़क। असारको चिलचिलाउदो घाम र लुकामारी खेल्दो बादल, त्यसकै छाता ओढी टाउकोमा एक ढाकी आँप बोकी ऊ बजार जाँदो छ । चप्पलबिहीन घामले डढेका उसका गोडा, च्यातिएको गन्जीबाट बाहिर हेर्न खोजिरहेका पिठ्यू र निधारभरी असरल्ल पसिना बोक्दै ऊ हिडिरहेको छ । गम्छाको बिडिया माथि ढाकी अडीरहदा बेला-बेलामा ऊ दुई हातले खैनी मोल्न भ्याउछ ।
साँझको बेला। उसकी श्रीमती रोटी पकाऊँदै छे। केटाकेटीहरु आँगनमा खेल्दैछन् ।
''राम्रो भाउमा बेच्नु भो?''
''अँ बेचें ।''
''दबाई ल्याउनु भो त ?''
''ल्याएँ । यी भिटामिनको शीशी । डाक्टरले भनेको यसले तागत दिन्छ रे।''
श्रीमतीको अनुहार एक्कासी उज्यालो भयो । खाना खाईसके पछि उसले आँफै भिटामिनको शीशी खोली र उसलाई ख्वाइदी ।
-एबरडीन, बेलायत
1 comment:
DEar dada!! short and sweet story!! it is glad to read that uyou are serving Neplese litereture somehow even you aredar away from such types of society and culture. Really it is a positivie sign and a live effort.
Kepp in writing
Post a Comment