Wednesday, June 10, 2009

गजल










-नेपोलियन मरहट्टा
पिउन नजानेमा अमृत जहर बन्छ कहिलेकाँही,
त्यै जहरमा जिबन कालो प्रहर बन्छ कहिलेकाँही

कस्लाई राम्रो देखिन्छ र ? मनमा शान्ति नभएमा,
शान्त ठाउँ कोलाहलको शहर बन्छ कहिलेकाँही

माया गल्ती हैन हजुर, समिप खोज्नु गल्ती हो कि ?
मान्छे भित्र अचम्मको रहर बन्छ कहिलेकाँही

भूगोल टाढा भए पनि मन त टाढा कहाँ हुन्छ ?
झुक्कियो कि मन कतै ? गल्ती ठहर बन्छ कहिलेकाँही

उतार चढाब आइरख्छ,जिन्दगी हो जिन्दगी यो,
समुन्द्रको पानीमा'नि लहर बन्छ कहिलेकाँही


-चितवन

No comments: