Monday, June 8, 2009

कबिता












प्रकाश

-सविता गौतम दाहाल
सहनु सहेँ
दुख्‍नु दुखेँ
आफ्नाहरूको झुन्डबाट
चोइटिएर उछिट्टिएँ
टुक्रिएँ
धुलोधुलो भएँ
क्रमशः
कणकणमा परिवर्तित हुन पुगेँ
हो !
अचेल प्रकाशमा मात्र
देखिन्छु म
उज्यालामा मात्र
टल्किन्छु म
अब त तिमीले बुझ्नुपर्छ
मेरो प्रकाश
केवल तिमी हौ।



No comments: