Monday, June 1, 2009

गजल










-टंक चन्द
त्यो जवानी देखे पछि जुन रोयो सानु
सडकमा बगेको त्यो खुन रोयो सानु

उराठ लाग्दो तिम्रो पहिरन देखेर नै होला,
बिरह र बेदनाले धुन रोयो सानु

सङ्गै मर्ने बाच्ने कसम खाए जीवनको,
बैसाकी नै भाचिदिने, कुन रोयो सानु ?

गाला भरि झुन्डिएको बेदनाको पोको,
सन्दुसमै लट्किएको सुन रोयो सानु

बिधवाको दिनचर्या हरेक दिनको सास्ती,
छर्पस्टिएको भित्ता भरि चुन रोयो सानु


-तुलसीपुर -९ बेलुवा, दाङ
अध्यक्ष अनेसास, मलेसिया शाखा


No comments: