Monday, June 1, 2009

गजल

- शरु चाम्लिग़
तिम्रै वरिपरि सधै भुल्न मन लाग्छ मलाई
प्रकृतिको बहार संगै फुल्न मन लाग्छ मलाई

झुक्याउने नजर कस्तो आखाको त्यों हेराईमा,
सम्झिएर कताकता डुल्न मन लाग्छ मलाई

यति धेरै बस्तीहरुमा खोजी-निति गर्दा पनि,
नपाउदा त्यही हुलमा घुल्न मन लाग्छ मलाई

देख्दो रहेछु सपनीमा पनि पछ्याउदै तिमीलाई,
सुनौलो त्यों आकाश झै खुल्न मन लाग्छ मलाई


-हंगकंग

1 comment:

Collection from world said...

हुँदोरहेछ मायामा कहिलेकाही यस्तो पनि
मायालुलाई कतै भुल्नुभयोकी माया गर्छु भन्न पनि
मौका सधैं पानामा कोरेर ताँती नराख्नुहोला
समयको मागसँगै चाहना पुराहुन्न पनि

धेरै राम्रो गजल शरु जी अरुपनि आश छ पढन पाईने छ।