Friday, May 1, 2009

कबिता











अझै माया सम्झेर बाँचे

-गुरु केदार बराल
दुनियाँको उपहास भएर बाँचे
पागलको उपमा पाएर बाँचे
तिमीले मलाई छोडे देखि
म यस्तै धेरै हालतमा बाँचे
आँखाको आँशु रित्ताएर बाँचे
मुटुको घाउलाई सहेर बाँचे
हासो सबै सहेर बाँचे
एकान्तलाई साथी बनाएर बाँचे
सुनसान तिम्रो यादमा कल्पेर बाँचे
तिम्रो तस्वीर छातीमा च्यापेर बाँचे
आफूलाई आफैबाट हराएर बाँचे
म यस्तै धेरै हालतमा बाँचे।

तिमीलाई अरुसंगै हिंडेको हेरेर बाँचे
दुनियाँमा तिम्रो चर्चा सुनेर बाँचे
त्यो हाम्रो अतीत सम्झेर बाँचे
म यस्तै धेरै हालतमा बाँचे
खाली अस्थिपञ्जर लिएर बाँचे
मुटु बिनाको ढुकढुकी लिएर बाँचे
तिम्रो लागि हजारौ अपहेलना सहेर बाँचे
लाखौं पटक मरेर बाँचे
तिमीले मलाई छोडे देखि
म यस्ता हजारौ हालतमा बाँचे
आफ्नै मुटु चुडेर बाँचे
लाखौ पटक रोएर बाँचे।

भन तिमी-म कसरी बाँचे ?
तिम्रै यादमा बाँचे
तिम्रै नाम जपेर बाँचे
न म सक्छु भुल्न तिमीलाई
न सक्छु यादमा बिर्सन तिमीलाई
धोका नै धोकाको जीबनमा
जिन्दगी नै धोका सम्झेर बाँचे
अझै माया सम्झेर बाँचे।

-अमेरिका

1 comment:

Anonymous said...

tysto halat m ani kina bachnu ta mare va vai gyo ni........